नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे हुनुहुन्थ्यो भने अध्यक्षता डा. मञ्जु मिश्रले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख आयोजक पत्रकार डब्बु क्षेत्रीले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, डा. मञ्जु मिश्र, अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल, नेपाल फिल्म सोसाइटिका अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, श्रीलँकाका लागि नेपाली राजदुत पूर्ण नेपाली, अग्रज कलाकारहरु सरोज खनाल, रबिन्द्र खड्का लगायतका बिशिस्ट ब्यक्तिहरुले बिभिन्न कलाकारहरुलाई पुरस्कार बितरण गर्नुभएको कार्यक्रममा कैयौँ अग्रज देखी अनुज कलाकारहरू सम्मको जमघट थियो । कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा आयोजकहरुलाई हार्दिक बधाई पनि ।
कार्यक्रम पछि नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल आयोजकले जारी गरेको प्रेस बिज्ञप्ती मा भनिएको छ:
३१ विधामा अवार्ड प्रदान गर्दै १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
काठमाडौँ / कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ आईतबार बेलुका सम्पन्न भएको छ । शुक्रवारबाट काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डमा सुरु भएको यो महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिन् । जसमा दुई चलचित्र अप्रतिस्पर्धी र बाँकी ४७ चलचित्र प्रतिस्पर्धी रूपमा थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्य एवम् श्रीलँकाको लागि नेपाली राजदूत डा. पूर्ण नेपाली, राष्ट्रिय सभाका सदस्यद्धय जगप्रसाद शर्मा, सिता बौडेल, अन्तर्राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष रामप्रसाद खनाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष कृष्ण मल्ल, रवीन्द्र खड्का, जिटिजेडका प्रोग्राम म्यानेजर डा. बर्नड अल्पट तथा विभिन्न चलचित्रकर्मीको विशेष आतिथ्यमा सम्पन्न महोत्सवको समापन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र अफ्रिकन समूहका चलचित्रहरूलाई ३१ विधामा अवार्ड प्रदान गरियो । महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्वमा महोत्सव समापन समारोह सम्पन्न भएको थियो ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाली चलचित्रको बजार नेपाल सहित विश्वमा बिस्तारै फैलँदै गएको बताए । यस्ता अन्तर्राष्ट्रिय महोत्सवले नेपाली चलचित्रको विकासमा ठुलो टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।
समापन समारोहमा यो वर्षको सर्वोत्कृष्ट चलचित्रको अवार्ड छक्का पन्जा ५ ले यही चलचित्रबाट निर्देशकको जुरी अवार्ड दिपाश्री निरौलाले र सर्वोत्कृष्ट सह अभिनेताको अवार्ड केदार प्रसाद घिमिरेले प्राप्त गरे । कार्यक्रममा सर्वोत्कृष्ट निर्देशकको अवार्ड चलचित्र तेल भिसाबाट शँकर घिमिरेले, चलचित्र तेल भिसाबाटै सर्वोत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले र सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड ऋचा घिमिरेले हासिल गरिन् । समारोहमा कथानक चलचित्र तर्फ स्पेसल मेनसन अवार्ड चलचित्र द्रौपदीको लागि ऋषिराज आचार्यले प्राप्त गरे भने यही चलचित्रबाट अभिनेत्री तर्फ अश्विनी शाहीले जुरी अवार्ड हासिल गरिन् । चलचित्र ऐँचो पैँचोबाट वर्षा राउतले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चुमिन भने ऐँचो पैँचोबाटै कृषा चौलागाईँले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड चुमिन् । यस्तै नव अभिनेत्रीको अवार्ड चलचित्र संकल्पबाट अनुष्का बुढाथोकीले हासिल गरिन भने संगीतकारको अवार्ड चलचित्र लन्डन टु पेरिसबाट संगीतका हर्कुलेस बस्नेतले हासिल गरे ।
महोत्सवमा ३१ विधामा अवार्ड विजेताहरूको सुची यहाँ प्रस्तुत गरिएको छ ।
13 th Nepal Africa International Film Festival 2025
award winner of National Category
1- Best Feature film
Chhaka Panja 5 – Banner of Aama saraswati Movie
2- Feature film Director- Jury Award
– director- Deepa Shree Niraula- from Chhaka Panja 5-
3- Best Director Feature Film
Shankar Ghimire – . Tes Visa
4- feature film- Special Mantion award
Draupadi – Directed by Rishi Raj Acharya
5 Best Actor (Male)- Feature Movie
– Bipin Karki- From Movie Tel Visa-
6 Best Actor (Female) – Feature Film
– Barsha Raut- from movie Aaicho Paicho
8 Jury Award- Actor (Female)
– Ashwini Shahi – from movie Draupadi
7. Best Director – (Debut)
Krisha Chaulagain- Movie Aicho Paicho-
9 Best Co-Actor (Male) Feature Movie
Kedar Prasad Ghimire – From Movie – Chhaka Panja 5
10 Best Co-Actor (Female) Feature Movie
Richa Ghimire – From Movie Tel Visa
11. Best Actor (Debut)- Feature film
Anushka Budhathoki – From Movie Sankalpa
12.Best Music Composer Feature Movie
Hercules Basnet – song for Khulla Aakas- From Movie London To Paris
13, Best Short Films and Director
The Tree man – Santosh Subedi
14. Best Short Movie Actor
– Kripa Pyakurel- Movie – No smoking Please And
15 – Special Mention Award – No smoking Please For (Bhupendra kumar Khadka)
16. Best Musical Short Film Nad Director
Sonam Pakhrin – timi aasu Rahechhau-
17. Best Musical Short Film – Actor
Sanam Kathayat – From Bhulnai Garo Bho
18. 16. Best Musical Short Film – Actress
Pabitra Shanki (Miss Pabi) – From Bhulnai Garo Bho
19 Musical Short Film-Singer
Hemanta Shisir- from song Sangai Juni Katamla
20. best Musical Short Film- Dance choriographer
Rabita Magar – from Think About You
21. Best indigenous Films and Director
film- k 2 – Director Sagar Kerung
22. Best Students Short Movie
The School Wal – Mohan Avilasi
23 – Documentary and docudrama/Director
Shiva Puri- Degined to Disappear
24. Best Short Film/documentary- Editor
Shiva Puri- Degined to Disappear
25. Film Journalit award of the year
Bishnu Prasad Subedi- From Lens Nepal
award winner of International Category
1 Best African Documentary
Zaid- Morocco
2 Best African Movie
Good Mother- South Africa
3. Best International Documentary
Loni Tunes- India
4. Best International Film
Sauda- Bangladesh
5. International short documentary- Jury Award
The Temple of Eternal Sound – Argentina
6. International Short Film – Special Mention Award
Giant Puppets For Digniofied Mensruations – UK
फोटो : बद्री थापा
प्रतिक्रिया