Washington DC, US : January 30, 2026, Friday 07:45 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

गठन भयो अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको नेपाल शाखा महिला पत्रकारकै नेतृत्वमा

  NepalMother.com | ५ फाल्गुन २०८१, सोमबार १०:१७


पत्रकारहरूको काठमाडौँमा सम्पन्न एक भेलाले पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (Federation of International Journalist, america) अमेरिकाको नेपाल शाखा गठन गरेको छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाका अध्यक्ष रामप्रसाद खनालकै आतिथ्यमा, नेपालमा उपलब्ध केन्द्रीय उपाध्यक्षहरू जीवराम भण्डारी, टङ्क पन्त, केदार कोइराला, बोर्ड अफ डाइरेक्टरहरू युवराज भण्डारी विद्रोही, कृष्णा पौडेलको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल शाखाको गठन गरेको हो ।

भेलामा बोल्दै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले पत्रकारितालाई राजनीति भन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारहरूको नेटवर्कको रूपमा काम गर्न अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ गठन गरिएको जानकारी गराउनु भयो । यो संस्थाले पत्रकार र पत्रकारिता जगतका लागि काम गर्ने र संसार भर यसका देश स्तरीय शाखा गठन गर्दै र काम गर्दै जाने उनले बताए ।

अमेरिकामा गठन भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको पहिलो शाखा को रूपमा नेपाल शाखा गठन गरिएको अध्यक्ष खनालले बताए ।

भेलाले नेपाली पत्रकारिता का क्षेत्रमा अत्यन्त क्रियाशील महिला पत्रकार, न्युज एजेन्सी नेपालका प्रधान सम्पादक एवम् रेडियो कान्तिपुरका पूर्व सह सम्पादक कृष्णा पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा पत्रकारहरू क्रमशः रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल रहेका छन् भने सचिव सोबिता रिसाल र कोषाध्यक्ष पवन पौडेल रहेका छन् ।

त्यस्तै नेपाल शाखाको बोर्ड अफ डाइरेक्टरमा पत्रकारहरू शोभा अर्याल, आलोक तिवारी, राज ढुङ्गाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, विमल योगी, हुमनाथ पौडेल, टङ्ककला तिमिल्सिना, राजीव भट्टराई र यूवगाह मगर रहेको केन्द्रीय उपाध्यक्ष टङ्क पन्तले घोषणा गरे ।

त्यस्तै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, नेपाल शाखाको सल्लाहकारमा टङ्क पन्त, जीवराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही, डा. राजेश अहिराज र कानुनी सल्लाहकारमा गणेश घिमिरे ‘सुजन’ रहेको जानकारी गराइयो ।

नेपाल शाखा गठन पछि नव निर्वाचित अध्यक्ष कृष्णा पौडेलले आफूलाई पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (Federation of International Journalist, america) अमेरिकाले विश्वास गरेर दिएको जिम्मेवारी पुरा गर्न आफू र आफ्नो टिम लाग्ने बताइन ।

केन्द्रीय उपाध्यक्षहरू टङ्क पन्त, जीवराम भण्डारी, केदार कोइरालाले नव निर्वाचित नेपाल शाखा टिमलाई बधाई र शुभकामना व्यक्त गरे । नेपाल पत्रकार मञ्चका संस्थापक अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासङ्घ काठमाडौँ का पूर्व सभापति युवराज विद्रोही ले पनि संस्थाको औचित्य माथि प्रकाश पारे ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको पहिलो शाखा को रूपमा स्थापित नेपाल शाखाले छिट्टै पत्रकारिता सँग सम्बन्धित एउटा विशेष कार्यक्रम गर्ने योजना बनाएको नव निर्वाचित अध्यक्ष कृष्णा पौडेलले बताइन ।

May be an image of 2 people, people smiling and text

May be an image of 2 people, dais and text

May be an image of 3 people, dais and text

May be an image of 4 people and text

May be an image of 5 people

May be an image of 3 people and text

May be an image of 5 people, people smiling and text

May be an image of 4 people, people studying and text

May be an image of 4 people, people smiling and text

May be an image of 3 people and text

May be an image of 4 people, people smiling and text

May be an image of 4 people, dais and text

May be an image of 2 people, people smiling and text

May be an image of 2 people

May be an image of 3 people, people smiling, hospital and text

May be an image of 2 people and text

May be an image of 11 people

 

May be an image of 6 people and text

May be an image of 3 people and text

May be an image of 8 people

May be an image of 9 people, people studying and table

May be an image of 7 people and table

May be an image of 10 people, people studying and table

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।