Washington DC, US : November 12, 2025, Wednesday 04:04 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई बिदाइ|युकेका प्रधानमन्त्रीलाई लेबर पार्टीको नेतृत्वबाट हटाउने तयारीको आशंका|Breaking News: तीन महिनामा ३७९ नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाए, असोज महिनामा मात्रै ९८ को मृत्यु|Breaking News : पाकिस्तानको राजधानी इस्लामाबादमा अदालत परिसरको बाहिर भएको आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु|Breaking News : सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर गराउन बोलाएका ११ नेपाली राजदूतमध्ये चारजनाले पदबाट राजीनामा दिए|नाइजेरिया भीषण भिडन्तमा करिब २०० लडाकु मारिए|Breaking News : नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते|नेपालका आजका ३ समाचार : नेपाली कांग्रेसभित्र फेरि ठूलो विवाद, मधेश प्रदेशकी प्रदेश प्रमुख पदमुक्त, कर्मचारीमाथि कुटपिट|“टेरिफको विरोध गर्नेहरू मूर्ख हुन् ! प्रति व्यक्ति कम्तीमा २,००० डलर (धेरै उच्च आय भएका बाहेक) सबैलाई दिइनेछ।” – राष्ट्रपति डोनाल्ड ट्रम्प|Breaking News : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी, बीबीसीका न्यूज विभाग प्रमुख डेबराह टर्नेस र महानिर्देशक टिम डेवीले पदबाट राजीनामा

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, america) कार्यसमितिमा थप मनोनयन थप मनोनयनहरु पछि अब यस्तो बन्यो अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको कार्य समिति

  NepalMother.com | ४ फाल्गुन २०८१, आईतवार २१:४४

वाशिङ्टन डिसी, अमेरिका / पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (Federation of International Journalist, america) अमेरिकाको कार्यसमितिमा थप मनोनयन हरु गरी कार्य समितिलाई पूर्णता दिइएको छ । केही समय अघि अमेरिकामा दर्ता भई सर्व सम्मत रूपमा पहिलो कार्य समिति गठन गरिएको थियो जसमा महिला सहित केही पदहरु पछि पुर्ति गर्ने तय भएको थियो । अमेरिकाको प्रचलित नियम कानुन अनुसार स्थापित र गठित संस्था अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, America) यो पत्रकारहरू को अन्तर्राष्ट्रिय छाता सङ्गठन हुने र यसले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य लिएको छ । संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ भने संसार भर विभिन्न देशहरूमा देश स्तरीय शाखा हरू स्थापना गर्ने तयारी महासङ्घले गरेको छ ।

महासंघको बिधान बमोजिम, कार्यसमितिको बैठकले दिएको म्यान्डेट र काठमाडौंमा उपलब्ध महा संघका उपाध्यक्षहरु समेतको राय सल्लाह अनुसार अध्यक्ष रामप्रसाद खनालले नेपाल पत्रकार मँचका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका पूर्व अध्यक्ष युबराज भण्डारी बिद्रोही, रेडियो कान्तिपुरका पूर्व सह सम्पादक एबम नेपालको निजी क्षेत्रको ठुलो न्युज एजेन्सी नेपालका संस्थापक एबम प्रधान सम्पादक, सक्रिय महिला पत्रकार कृष्णा पौडेल, त्यसै गरी जागरण मिडिया सेन्टरका अध्यक्ष एबम महिला पत्रकार कमला विश्वकर्मा र प्रबिधी बिशेषज्ञ समेत रहेका पत्रकार ई. कुमार श्रेष्ठलाई कार्य समितिको बोर्ड अफ डाइरेक्टरमा थप मनोनयन गर्नुभएको छ ।

स्मरण रहोस – पुराना देखी नयाँ सम्म, अधिकांश वरिष्ठ पत्रकारहरू कार्य समितिमा रहनुभएको छ भने आगामी दिनमा महासङ्घ लाई बिस्तार गर्दै लगिने र संस्थामा पेशागत पत्रकारहरू मात्र रहने महासङ्घले स्पष्ट गरेको छ । कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक एबम अग्रज पत्रकार योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक, नेपालबाणी, राष्ट्रपुकारका पूर्व प्रधान सम्पादक एबम राससका पूर्व अध्यक्ष तथा महाप्रबन्धक अग्रज पत्रकार प्रा. पुरुषोत्तम दाहाल, मोफसलका अग्रज पत्रकार, दैनिक पत्र, जन सङ्घर्ष, स्वाधीनका प्रधान सम्पादक एबम राससका पूर्व अध्यक्ष डा. बाल कृष्ण चापागाईँ, यसै गरी गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष, जनहित, विमर्शका पूर्व सम्पादक, अग्रज पत्रकार पुरु घिमिरे, कान्तिपुर दैनिक देखी विभिन्न मिडियाहरू हुँदै हाल हिमालय खबरका प्रधान सम्पादक समेत रहनुभएका वरिष्ठ पत्रकार विजय घिमिरे महासङ्घको सल्लाहकार रहनुभएको छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, America) को नव गठित कार्य समितिको अध्यक्षमा नेपाल मदर डट कमका प्रधान सम्पादक, एभेन्ज्युज खबर टेलिभिजनका अमेरिका सम्पादक जो रेडियो नेपाल, नेपाल टेलिभिजन, विभिन्न राष्ट्रिय स्तरका पत्र पत्रिका र अन्य मिडियाहरूका पूर्व प्रधान सम्पादक एबम वरिष्ठ पत्रकार, गायक तथा कलाकार समेत हुनुहुन्छ रामप्रसाद खनाल रहनुभएको छ । महासङ्घको उपाध्यक्षमा क्रमशः अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक, लोक पत्र देखी विभिन्न पत्र पत्रिकामा लामो समय देखी पत्रकारिता गरेका वरिष्ठ पत्रकार अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख, समकालीन देखी धेरै मिडियाहरूमा लामो समय पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार जीवराम भण्डारी, एभेन्युज खबर टेलिभिजनका समाचार प्रमुख, कैयौँ टेलिभिजनहरू, पत्र पत्रपत्रिका सम्पादकको रूपमा काम गरेका वरिष्ठ पत्रकार केदार कोइराला र नेपाल समाचार पत्रकाका पूर्व सम्पादक, जनता टेलिभिजनका समाचार प्रमुख, कैयौँ पत्रपत्रिकाका सम्पादक रहिसकेका वरिष्ठ पत्रकार टङ्क पन्त रहनुभएको छ । यसै गरी उपाध्यक्षमा पत्रकारितामा लामो समय देखी क्रियाशील पत्रकार, अमेरिकाबाट प्रकाशित नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईँ रहनुभएको छ ।

यसै गरी महासङ्घको महासचिवमा स्वतन्त्र पत्रकार, खोज पत्रकारिताका धरोहर, माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियर समेत रहेका चर्चित पत्रकार टङ्क दाहाल हुनुहुन्छ भने सचिवमा विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरू देखी स्वतन्त्र पत्रकारितामा पनि उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार अनिल अधिकारी रहनुभएको छ । कोषाध्यक्षमा कलाकार समेत रहेका सक्रिय युवा पत्रकार, डिसी नेपालका अमेरिका ब्युरो चिफ अर्जुन दाहाल रहनुभएको छ ।

यसै गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा लामो समय देखी पत्रकारितामा संलग्न, इनेप्लिज डट कमका प्रधान सम्पादक एबम वरिष्ठ पत्रकार विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक, विगत लामो समय देखी पत्रकारिता र सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका क्यानका पूर्व अध्यक्ष, हाल Asian-Ocean Computing Industry Organization का उपाध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार नवराज कुँवर, विभिन्न राष्ट्रिय दैनिकहरू, अनलाइनहरू देखी स्वतन्त्र पत्रकारितामा पनि उत्तिकै क्रियाशील वरिष्ठ पत्रकार दिनेश कार्की, गोरखापत्रमा सह सम्पादकका रूपमा २०५० साल देखी कार्यरत, अमेरिका आइसके पछि पनि विभिन्न पत्रपत्रिकामा कलम चलाइरहेका वरिष्ठ पत्रकार कृष्णराज खनाल पनि बोर्ड अफ डाइरेक्टरमा रहनु भएको छ । क्यानाडाबाट विगत २० वर्ष देखी नमस्ते रेडियो र कार्यक्रम सञ्चालन गर्दै आउनु भएका वरिष्ठ पत्रकार अनिल थापा, लामो समय देखी विभिन्न मिडियाहरूमा काम गर्दै आउनु भएका र विशेष गरी चलचित्र, कलाकारिता सम्बन्धी पत्रकारितामा निपुण सक्रिय युवा पत्रकार सुमन दाहाल, अस्ट्रेलियाबाट देशान्तर देखी अन्य मिडियाहरूमा काम गरेका अर्का पुराना पत्रकार सुरेन्द्र सापकोटा पनि बोर्ड अफ डाइरेक्टरमा रहनुभएको छ । सबै महादेशहरू बाट प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घलाई पूर्णता दिइने छ । केही समय भित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने छ भने यसै गरी अन्य देशहरूमा पनि शाखा बिस्तार गरिँदै लगिने योजना छ । त्यस का लागि सम्बन्धित देशहरूमा रहेका पत्रकारहरूलाई fijaheadquarters@gmail.com मा सम्पर्क गर्न आग्रह गरिएको छ । त्यसै गरी अन्य देशहरूमा पनि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका देश स्तरीय शाखाहरू स्थापना गरिने छन जहाँ पेशागत पत्रकारहरू रहनेछन । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको बारेमा, यसका गतिविधिहरू यसको वेबसाइटमा पनि समावेश गरिँदै लगिने अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले जनाएको छ । पेशागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, america) ले नेपाली पत्रकारहरूलाई मात्र होइन विभिन्न देशका पत्रकारहरूलाई समेट्दै जाने र जुन सुकै देशको पेशागत पत्रकार पनि यसमा आबद्ध हुन पाउने विधानमा व्यवस्था गरिएको छ ।


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।