Washington DC, US : April 1, 2025, Tuesday 07:13 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको एक खर्ब तीन अर्ब रुपैयाँ सहायता रोक्ने निर्णय

  NepalMother.com | ४ फाल्गुन २०८१, आईतवार १२:३१

अमेरिकाले नेपाल लगायतका देशलाई उपलब्ध गराउँदै आएको ७५ करोड अमेरिकी डलर (लगभग एक खर्ब तीन अर्ब रुपैयाँ) सहायता रोक्ने निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारी खर्च घटाउने उदेश्यले स्थापना गरेको डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसिएन्सी (डीओजीई)ले उक्त निर्णय गरेको हो । डीओजीईको प्रमुख विश्वकै धनी व्यक्ति एलन मस्क हुन् ।

उक्त निर्णयमा अमेरिकाले संघीयता र जैविक विविधताका क्षेत्रमा नेपाललाई उपलब्ध गराउँर्दै आएको करिब साढे पाँच अर्ब रुपैयाँ पनि परेको छ ।

डीओजीईले सामाजिक सञ्जाल एक्समार्फत नेपाली समयअनुसार आइतबार बिहान उक्त निर्णय सार्वजनिक गरेको हो ।

डीओजीईले नेपालको संघीयताका क्षेत्रमा दुई करोड र जैविक विविधता क्षेत्रमा एक करोड ९० लाख गरी कुल तीन करोड ९० लाख अमेरिकी डलर (लगभग पाँच अर्ब ३९ करोड रुपैयाँ) सहायता रद्द गरिएको जनाएको छ ।

डीओजीईले नेपाल, मोजाम्बिक, कम्बोडिया, पराग्वे, सर्विया, माल्डोभा, भारत, बंगलादेश, लाइबेरिया, माली लगायतका देशलाई उपलब्ध गराउँदै आएको सहायता रद्द गरेको घोषणा गरेको हो ।

अमेरिकाले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत सन् २०२२ यता नेपाललाई प्रत्येक वर्ष औसतमा १२ करोड ५० लाख अमेरिकी डलर (करिब १७ अर्ब २९ करोड रुपैयाँ) उपलब्ध गराउँदै आएको छ ।

यूएसएआईडीले अनावश्यक रूपमा सहायता उपलब्ध गराउँदै आएको आरोप लगाउँदै राष्ट्रपति भएलगत्तै ट्रम्पले यसबाट दिँदै आइएको सहायता तीन महिनाको लागि रोक्ने आदेश जारी गरेका थिए ।

त्यसपछि जीओजीईले यूएसएआईडीले उपलब्ध गराएको सहायताको अनुसन्धान गर्दै आएको छ । यसैक्रममा डीओजीईले नेपाल लगायतका देशलाई उपलब्ध गराइँदै आइएको ७५ करोड अमेरिकी डलरभन्दा बढी रकम रोक्ने निर्णय गरेको हो ।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।