मुखिया भुकेकाभुकै छन्
आवेस , आक्रोस , तुक्ष पाइला ?
गन्तब्य बिहिन !
अरु ? खबरदार
सास बिस्तारै फेर आवाज आउला
द्वार पाले अनि बहिदारहरु नि ?
दृष्टि सुन्य, कान बन्द केवल,
केवल हँ मा हँ मात्र
जय जयकार मूल मन्त्र
नत्र नर्क बासको त्राहिमाम
जंगे ? होइन बाजे !
हाल सम्मका अद्वितय मानब
यत्र तत्र भग्रहृदय
कठै कवल कठै !
प्रतिक्रिया