Washington DC, US : February 22, 2025, Saturday 01:42 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

युक्रेनी सेनामा भर्ती भएका अमेरिकी नागरिकको मृत्यु हुने संख्या पनि निरन्तर बढ्दै, फेरि २० अमेरिकी बेपत्ता

  NepalMother.com | १८ माघ २०८१, शुक्रबार २१:१५

युक्रेन/ युक्रेन युद्धमा अमेरिकाले पनि ठुलो क्षति ब्यहोरीरहेको छ । फेरि सेनामा भर्ती भएका २० अमेरिकी बेपत्ता भएका छन् । युक्रेनी सेनामा भर्ती भएका अमेरिकी नागरिकको मृत्यु हुने संख्या पनि निरन्तर बढिरहेको छ । विगत ६ महिनामा रूस–युक्रेन युद्धमा युक्रेनका तर्फबाट लडिरहेका पाँच अमेरिकी नागरिकको शव अझै पनि युद्ध मैदानमै रहेको अमेरिकी समाचार संस्था सीएनएनले बताएको छ । बेपत्ता अमेरिकीहरूका आफन्तहरूले शव गाड्न नपाउँदा आधिकारिक रूपमा मृत घोषणा गर्न कानुनी अड्चन भएको गुनासो गरिरहेका छन् । सन् २०२४ को सेप्टेम्बर महिनाको अन्तमा पूर्वी युक्रेनको पोक्रोभस्कमा दुईजना अमेरिकीको मृत्यु भएको थियो । उनीहरूका आफन्तका अनुसार हालसम्म दुवैजनाको शव फेला परेको छैन ।

मृत्यु हुनेमा पूर्वअमेरिकी सैनिक जाचरी फोर्ड र ‘गुन्थर’ नाम गरेका व्यक्ति थिए । उनीहरूको साथमा रहेकाहरूले बताएअनुसार उनीहरू रुसी ड्रोन आक्रमणमा मारिएका थिए । यसैगरी पूर्वअमेरिकी जलसेना कोरी नारोकिको पनि अक्टोबर महिनामा मृत्यु भएको थियो । युद्ध मोर्चामा मारिएकाहरूको शव फिर्ता ल्याउन मुस्किल हुने युक्रेनी भनाइ छ । कतिपय अवस्थामा मृतक युक्रेनी सैनिकको शव पनि रूसी नियन्त्रणमा हुन्छ । यस्तो अवस्थामा शव फिर्ता ल्याउन झन् मुस्किल हुन्छ । युक्रेनको राजधानी किभमा बसेर युक्रेनी सेनाका तर्फबाट लडेर मृत्यु हुनेहरूको पहिचान गर्ने कार्यक्रमा सामले लरेन गुईलाउमेका अनुसार हालम्म रुसी आक्रमणमा कतिजना अमेरिकाको मृत्यु भयो भन्ने एकिन तथ्यांक छैन । विदेशी सैनिकहरूलाई युद्धको अग्रपंक्तिमा खटाउँदा मृत्यु हुने संख्या बढिरहेको लरेनको भनाइ छ ।

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।