Washington DC, US : February 22, 2025, Saturday 09:24 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

एआई लाई प्रवर्धन गर्ने सम्बन्धमा ठूलो घोषणा, पाँच खर्ब अमेरिकी डलर लगानी गरिने

  NepalMother.com | ९ माघ २०८१, बुधबार १०:०६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई प्रवर्धन गर्ने सम्बन्धमा ठूलो घोषणा गरेका छन् । ट्रम्पले यसका लागि पाँच खर्ब अमेरिकी डलर लगानी गरिने र यसले एक लाख नयाँ रोजगारी पनि सिर्जना गर्ने बताएका छन् । यो लगानी आगामी पाँच वर्षमा ओरेकल, ओपन एआई र सफ्ट बैंकजस्ता ठूला प्रविधि कम्पनीहरूले गर्नेछन् । यसका लागि ट्रम्पले नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ स्थापना गर्ने घोषणा गरेका छन् ।ओरेकलका वरिष्ठ अधिकारी एलिसनले टेक्सासमा डाटा सेन्टर निर्माण गर्ने काम पहिले नै भइरहेको बताएका छन्, जहाँ १० वटा भवन निर्माणाधीन छन् । अब यसलाई बढाएर २० पुर्‍याइनेछ । “यो यस युगको सबैभन्दा महत्त्वपूर्ण परियोजना हो र यो ट्रम्पबिना हुन सक्दैनथ्यो,” ओपन एआई कम्पनीका प्रमुख अल्टम्यानले दाबी गरेका छन् । यसैबीच, सफ्टबैंक कम्पनीका मासायोशी सनले ट्रम्पका शब्दहरू सापट लिँदै भने, “यो अमेरिकाको स्वर्ण युगको सुरुवात हो ।”

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।