Washington DC, US : October 24, 2025, Friday 05:33 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

अमेरिकामा प्रतिबन्ध लगाइन थालेको टिकटकले लगायो यस्तो आरोप

  NepalMother.com | ५ माघ २०८१, शनिबार १५:०१

अमेरिकामा प्रतिबन्ध लगाइन थालेको टिकटकले व्हाइटहाउस र अमेरिकी न्याय मन्त्रालयले “टिकटक उपलब्ध गराउनका लागि एकीकृत गरिएका सेवा प्रदायकहरूलाई आवश्यक ढङ्गले स्पष्ट पार्न र आश्वासन दिन असफल भएको” आरोप लगाएको छ। उसले सरकारले टिकटकमाथि तत्काल लाग्न सक्ने प्रतिबन्ध उल्लङ्घन गर्नेलाई कारबाही हुँदैन भन्ने आश्वासन नदिए ‘ज्यानुअरी १९ बाट आफूले सेवा अवरुद्ध गर्न बाध्य हुने’ उल्लेख गरेको छ।

गत वर्ष एप्रिलमा पारित भएको उक्त कानुनले बाइटड्यान्सको अमेरिकी संस्करणलाई त्यहाँकै कम्पनीलाई बिक्री गर्न वा पूर्ण रूपमा प्रतिबन्धको सामना गर्न बाध्य पार्छ। टिकटकले उक्त कानुनलाई अदालतमा चुनौति दिँदै अमेरिकी प्रयोगकर्ताको वाक स्वतन्त्रताको उल्लङ्घन हुने तर्क गरेको थियो। तर सर्वोच्च अदालतको आदेशको अर्थ आगामी दिनमा अमेरिकी खरिदकर्ता नभेटिएसम्म एपको अमेरिकी संस्करणलाई एप स्टोर तथा वेब होस्टिङ सेवाबाट हटाउनु पर्छ भन्ने हो।

टिकटकको चिनियाँ माउकम्पनी भन्छ, ‘बिक्री हुँदैन’

यो प्रतिबन्धले पहिले नै आफ्नो फोनमा टिकटक एप डाउनलोड गरिसकेका प्रयोगकर्ताहरूलाई असर गर्दैन भन्ने ठानिएको थियो। यद्यपि प्रतिबन्ध लागु भएपछि अपडेटहरू उपलब्ध नहुने र अन्ततः एप प्रयोगयोग्य नहुने बन्छ। शुक्रवारको टिकटकको विज्ञप्तिले तुरुन्तै हालका सबै प्रयोगकर्ताहरूको टिकटकको पहुँच समाप्त हुने र कसैले डाउनलोड पनि गर्न नमिल्ने सङ्केत गरेको छ।

टिकटकमा चर्चित भएका व्यक्तिहरूले आसन्न प्रतिबन्धअघि आफ्ना फलोअर्सहरूलाई बिदाइ सन्देश दिँदै भिडिओहरू पोस्ट गरिरहेका छन्। एकजना टिकटक कन्टेन्ट क्रिएटर निकोल ब्लूमगार्डनले बीबीसीसँग टिकटकमा नहुँदा महत्त्वपूर्ण रूपमा आम्दानी गुम्ने बताइन्। अर्की कन्टेन्ट क्रिएटर एरिका थम्पसन पनि टिकटकमा उपलब्ध हुने शैक्षिक सामग्री गुम्दा त्यसले समुदायमा “ठूलो नोक्सानी पुर्‍याउने” बताइन्। केही प्रयोगकर्ताहरूले उनीहरूले उत्पादन गर्ने सामग्रीहरू हेर्नको अर्को एपमा उपलब्ध हुने जानकारी पनि दिइरहेका छन्। त्यसमा अर्को चिनियाँ भिडिओ शेअरिङ एप रेड नोट पनि रहेको छ। त्यो अमेरिकामा अहिलेसम्म सीमित प्रयोगकर्ताहरूले मात्र प्रयोग गरिरहेको एप हो।

राष्ट्रपति जो बाइडनको कार्यकाल सोमवार सकिँदैछ र त्यसै दिन डोनल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा शपथग्रहण गर्ने छन्। ह्वाइट हाउसले यसअघि नै कानुन लागु गर्ने विषय आगामी राष्ट्रपतिमा निर्भर गर्ने बताइसकेको छ। ट्रम्पले सुरुमा यो कदमलाई समर्थन गरेका थिए तर पछि उनले आफू प्रतिबन्धविरुद्धमा रहेको सङ्केत गरेका छन्। “म टिकटकबारे धेरै पछि गएर मात्र निर्णय लिन्न तर परिस्थितिको मूल्याङ्कन गर्ने मसँग पर्याप्त समय चाहिँ हुनुपर्छ,” उनले शुक्रवार भने। उनले आफूले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग कुराकानी गरेको र टिकटकलगायतका विषयमा पनि छलफल गरेको खुलासा समेत गरेका छन्। गत डिसेम्बरमा ट्रम्पले एपको लागि आफूसँग “न्यानो स्थान” रहेको बताएका थिए। सन् २०२४ को चुनावमा युवा मतदाताहरूलाई प्रभावित गर्न टिकटकले मद्दत गरेको भन्दै उनले त्यस्तो बताएका थिए। यद्यपि ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा कार्यकारी आदेशमार्फत् समान खालको प्रतिबन्ध लगाउन खोजेका थिए।

बाइटड्यान्सले टिकटक नबेच्ने वाचा गरेको गर्दै अमेरिकी निर्णय फिर्ता नभएसम्मका लागि आइतवारदेखि अमेरिकामा एप बन्द गर्ने जनाएको छ। अमेरिकी संसद्‌मा डेमोक्र्याटिक र रिपब्लिकन दुवै दलका सांसदहरूले गत वर्ष टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए।
उनीहरूले टिकटकको चिनियाँ सरकारसँग सम्बन्ध भएको र उसले बेइजिङलाई प्रयोगकर्ताका गोप्य जानकारीहरू उपलब्ध गराउने आशङ्का गरेका छन्।

टिकटकले चाहिँ बेइजिङलाई प्रयोगकर्ताको जानकारी शेअर नगर्ने दोहोर्‍याउँदै आएको छ। उक्त सम्भावित प्रतिबन्ध चिनियाँ जासुसीबारे अमेरिकामा बढ्दो चिन्ताबीच अघि बढाइएको थियो। साइबर सुरक्षासम्बन्धी कम्पनीहरूले उक्त एपले प्रयोगकर्ताको विवरण सङ्कलन गर्न सक्ने औल्याएका छन्।
बेइजिङले भने चिनियाँ कम्पनीलाई आफ्नो तर्फबाट सूचना सङ्कलन गर्न दबाब दिएको भनी लगाइएको आरोपलाई अस्वीकार गर्दै आएको छ र उसले प्रतिबन्धको आलोचना गरेको छ। टिकटकले उक्त अमेरिकी कानुनले अभिव्यक्ति स्वतन्त्रतालाई खतरामा पार्ने र प्रयोगकर्ता, विज्ञापनदाता, सामग्री उत्पादक र कर्मचारीलाई असर पार्ने तर्क गर्दै आएको छ। टिकटकमा ७,००० अमेरिकी कर्मचारीहरू छन्।
एप्रिल २४, २०२४: राष्ट्रपति बाइडनले दुवै राजनीतिक दलद्वारा समर्थन गरिएको टिकटकसम्बन्धी विधेयकमा हस्ताक्षर गरे। त्यसमा टिकटकको माऊ कम्पनी बाइटडड्यान्सले ६ महिनाभित्र अमेरिकामा आफ्नो शेअर बेच्नुपर्ने र त्यसो नगरे प्रतिबन्ध सामना गर्नुपर्ने व्यवस्था छ।

मे ७, २०२४: टिकटकले त्यसलाई “वाक् स्वतन्त्रताको अधिकारमाथिको हस्तक्षेप” भन्दै मुद्दा दायर गर्‍यो।

अगस्त २, २०२४: अमेरिकी सरकारले टिकटकले गैरकानुनी रूपमा बालबालिकाको डेटा सङ्कलन गरेको र आमाबाबुले आफ्ना बच्चाहरूको खाता मेटाउन खोज्दा त्यसलाई सम्बोधन गर्न असफल भएको आरोप लगाउँदै टिकटकमाथि मुद्दा दर्ता गरायो।

डिसेम्बर ६, २०२४: २०२५ को सुरुमा अमेरिकामा रहेको आफ्नो हिस्सा बिक्री गर्नु पर्ने वा प्रतिबन्धको सामना गर्नु पर्ने कानुनविरुद्ध टिकटकले गरेको मागदाबीलाई सङ्घीय पुनरावेदन अदालतले अस्वीकार गरिदियो।

डिसेम्बर २७, २०२४: राष्ट्रपतिका रूपमा निर्वाचित डोनल्ड ट्रम्पले अमेरिकाको सर्वोच्च अदालतलाई आफूले “राजनीतिक समाधान” खोजिरहेको भन्दै आसन्न प्रतिबन्धलाई पछि सार्न आग्रह गरे।

ज्यानुअरी १०, २०२५: सर्वोच्च अदालतका ९ जना न्यायाधीशहरूले टिकटक र त्यसमा सामग्री उत्पादन गर्नेहरूको प्रतिनिधित्व गर्ने वकिलहरूबाट उनीहरूको बहस सुने।

ज्यानुअरी १७, २०२५: अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा चिन्ताको कारण देखाउँदै टिकटकलाई केही दिनभित्र प्रतिबन्ध लगाउन सक्ने कानुनलाई अघि बढाउन आदेश दियो।

ज्यानुअरी १९, २०२५: टिकटकले आफ्नो अमेरिकाको हिस्सा बेच्नु पर्ने वा प्रतिबन्धको सामना गर्नु पर्ने अन्तिम मिति। टिकटकले त्यस दिनदेखि अमेरिकामा आफ्नो सेवा बन्द हुने चेतावनी दिएको छ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।