Washington DC, US : October 14, 2026, Wednesday 07:28 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|दिल्लीमा बिमस्टेक गृहमन्त्रीहरूको ऐतिहासिक बैठक, ‘दिल्ली घोषणापत्र’ पारित, क्षेत्रीय सुरक्षामा साझा प्रतिबद्धता|अमेरिकामा महँगी फेरि उकालो, मुद्रास्फीति ३.७ प्रतिशत पुग्यो|अमेरिकाको सिक्स फ्ल्याग्समा भयानक दुर्घटना|सातै प्रदेशका मुख्यमन्त्रीको साझा घोषणा|घिनलाग्दो अडियो काण्ड|साउदी अरबमा हुथी विद्रोहीको व्यापक मिसाइल आक्रमण|एकै छिनमा मान्छे भगवान र एकै छिनमा राक्षस बनाउने प्रबृत्ति !|राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नेतृत्वमा पशुपति शर्मा, बधाई सबै निर्वाचितहरुलाई|साउदी अरबका विमानस्थल प्रयोग नगर्न हुथी विद्रोहीको चेतावनी|बूढीगण्डकीमा विनाशकारी बाढीको पछिल्लो अपडेट : पाँच जना बेपत्ता, ४९ जनाको उद्धार, घरबस्ती र पुलहरू बगे, जलविद्युत् आयोजनामा ठूलो क्षति

बिशेष सम्पादकीय – देश रुल अफ ल ले चलोस्, हुल अफ ल ले होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरण सामान्य घटना होइन। , सरकार र प्रहरी गम्भीर होउन

  NepalMother.com | ११ आश्विन २०८३, आईतवार ०८:५६

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरण सामान्य घटना होइन। मध्यराति उनको निवासमा प्रहरी पुग्यो, उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगियो, घण्टौँ राखियो र पछि परिवारको जिम्मा लगाइयो। सुरुमा पक्राउ गरिएको विवरण आयो, पछि प्रहरीले भने “पक्राउ होइन, सुरक्षा” दिएको दाबी गर्‍यो। अहिले पनि उनलाई औपचारिक रूपमा पक्राउ गरिएको थियो कि सुरक्षा कारणले नियन्त्रणमा लिइएको थियो भन्ने विषय स्पष्ट छैन। यस्तो घटनालाई शब्दको खेल बनाएर टार्न मिल्दैन।

सरकारमा बस्ने कसैलाई शंका लाग्यो, माथिबाट आदेश आयो, प्रहरीले “हस् हजुर” भन्दै मध्यराति कसैलाई घरबाट उठाएर लग्यो, घण्टौँ प्रहरी कार्यालयमा राख्यो र पछि कुनै स्पष्ट कानुनी कारण नदिई घर पठाइदियो भने त्यो कानुनी राज्यको अभ्यास होइन, कानुनी राज्यकै उपहास बन्न सक्छ।

त्यसमाथि उनी सामान्य व्यक्ति मात्र होइनन्, देशको न्यायपालिकाको सर्वोच्च पदमा बसिसकेका पूर्वप्रधानन्यायाधीश हुन्। यसको अर्थ उनी कानुनभन्दा माथि छन् भन्ने होइन। अपराध गरेका छन् भने अनुसन्धान होस्, प्रमाण छ भने पक्राउ गरियोस्, अदालतमा प्रस्तुत गरियोस् र दोष प्रमाणित भए सजायसमेत होस्। तर राज्यले प्रयोग गरेको प्रत्येक अधिकारको कानुनी आधार र प्रक्रिया स्पष्ट हुनैपर्छ।

प्रहरीले अब जनतालाई स्पष्ट रूपमा भन्नुपर्छ-जबरालाई किन घरबाट लगियो ? कुन अधिकार प्रयोग गरेर लगियो ? उनले गरेको भनिएको अपराध के थियो ? कुनै अपराध थिएन भने अपराध अनुसन्धान कार्यालयमा किन राखियो ? र पछि कुन आधारमा छोडियो ?

“सुरक्षा खतरा थियो” भन्ने मात्र जवाफ पर्याप्त छैन। यदि सुरक्षा नै उद्देश्य थियो भने उनको घरमै थप प्रहरी परिचालन किन गर्न सकिएन ? उनलाई मध्यराति अपराध अनुसन्धान कार्यालयमै लैजानुपर्ने बाध्यता के थियो ? प्रहरीले सार्वजनिक रूपमा यसको विश्वसनीय स्पष्टीकरण दिनुपर्छ। प्रहरीले उनलाई सुरक्षा खतरा देखिएपछि कार्यालयमा ल्याइएको दाबी गरेको छ।

अझ गम्भीर विषय त राष्ट्रिय मानव अधिकार आयोगको टोलीसमेत उनलाई भेट्नबाट रोकिएको घटना हो। आयोगका पदाधिकारीसहितको टोली टेकु पुगेपछि करिब ४५ मिनेट गेटमा कुरेर पनि भेट्न नपाई फर्किएको विवरण सार्वजनिक भएको छ। आयोगले प्रहरीको व्यवहारप्रति औपचारिक आपत्ति जनाएको छ।

राज्यका निकायले कसैलाई रातारात नियन्त्रणमा लिने, संवैधानिक मानवअधिकार संस्थालाई समेत भेट्न नदिने र केही घण्टापछि कुनै स्पष्ट कानुनी निष्कर्षबिना घर पठाउने अभ्यासले नागरिकलाई कस्तो सन्देश दिन्छ ? राज्य शक्ति नियमबाट चल्छ कि सनक, शंका र आदेशबाट ?

प्रहरी कुनै सरकार, मन्त्री वा शक्तिशाली व्यक्तिको व्यक्तिगत आदेश पालना गर्ने निकाय होइन। प्रहरी संविधान र कानुनप्रति उत्तरदायी संस्था हो। आदेश दिनेले पनि बुझ्नुपर्छ-सरकार सञ्चालन गर्नु र मनपरी गर्नु एउटै कुरा होइन। यो केटाकेटीको खेल होइन।

आज यो घटना पूर्वप्रधानन्यायाधीशमाथि भएको छ। भोलि यही शैली पत्रकार, न्यायाधीश, व्यवसायी, अभियन्ता, राजनीतिक कार्यकर्ता वा कुनै सामान्य नागरिकमाथि प्रयोग भयो भने के गर्ने ? त्यसैले यसलाई “सानो गल्ती” भनेर बिर्सन मिल्दैन।

सरकार उरन्ठेउलो नबनोस्। राज्य संयन्त्र आवेगबाट नचलोस्। प्रहरीलाई राजनीतिक वा व्यक्तिगत आशंकाको औजार नबनाइयोस्। यदि जबरामाथि वास्तविक अनुसन्धानको आधार थियो भने सरकारले खुलस्त भनिदिनुपर्छ। यदि थिएन भने उनलाई मध्यराति किन लगियो भन्ने जवाफ पनि दिनैपर्छ। देश लहडले होइन, कानुनले चल्नुपर्छ।

कानुन सबैका लागि समान हुनुपर्छ-चोलेन्द्रशमशेर जबराका लागि पनि, सरकारमा बस्नेहरूका लागि पनि र सडकमा हिँड्ने सामान्य नागरिकका लागि पनि। राज्यले नागरिकलाई डर देखाउने होइन, कानुनमाथि भरोसा दिलाउने हो। शक्ति प्रदर्शन होइन, विधिको शासन कायम गर्ने हो। अराजकता जहाँबाट आए पनि स्वीकार्य हुँदैन-सडकबाट होस् वा सिंहदरबारबाट। चेतना भया।

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।