Washington DC, US : July 16, 2026, Thursday 09:10 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप|न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन|ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेत्री दीपाश्री निरौला स्वास्थ्यलाभ गर्दै|सिनेटर तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट राजनीतिक सहयोगी लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा आकस्मिक निधन|गरिबको चमेली बोल्दिने कोही छैन !|उत्कृष्ट २५ कविता सार्वजनिक

माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप

  NepalMother.com | ३२ असार २०८३, बिहीबार ०८:५४

नेपालमा २०५२ देखि २०६२ सालसम्म चलेको दशक लामो सशस्त्र द्वन्द्वका क्रममा हत्या, हिंसा, अपहरण, यातना, जबर्जस्ती चन्दा असुली तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेका घटनाहरूबारे राज्यका विभिन्न निकाय, मानवअधिकार संगठन र अनुसन्धान प्रतिवेदनहरूमा उल्लेख हुँदै आएका छन्। द्वन्द्व समाप्त भएको दुई दशक नजिक पुगिसक्दा पनि केही व्यक्तिहरूमाथि आपराधिक गतिविधिमा संलग्न भएको आरोप लागिरहँदा त्यस्ता घटनाले आमनागरिकमा चिन्ता थपिएको छ।

यस्तै क्रममा माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप सार्वजनिक भएको छ।

प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय लहानुराम चौधरीले बेरोजगार युवायुवतीलाई क्यानडा र लिथुआनियालगायतका मुलुकमा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर ठूलो रकम असुलेका हुन्।

अनुसन्धानबाट चौधरीले २६ जना पीडितबाट प्रतिव्यक्ति १ लाख रुपैयाँदेखि ७० लाख रुपैयाँसम्म उठाई कुल करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

पीडितहरू कैलाली, बर्दिया, चितवन, पर्सा, खोटाङ र पाल्पाका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई विदेश पठाउने विश्वास दिलाउन चौधरीले नक्कली कागजात, भिसा प्रक्रिया र अन्य प्रमाणपत्रसमेत देखाउने गरेको आरोप छ। कतिपय पीडितहरू त विदेश उड्ने तयारीका साथ विमानस्थलसम्म पुगेपछि अन्तिम समयमा फर्किन बाध्य भएको पनि अनुसन्धानमा उल्लेख छ।

प्रहरीका अनुसार चौधरीविरुद्ध यसअघि पनि विभिन्न जिल्लामा मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा २७ लाख रुपैयाँ बिगोको ठगी मुद्दा र जिल्ला प्रहरी परिसर भक्तपुरमा ३ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको तथा उनी फरार रहेको विवरण भेटिएको छ।

वैदेशिक रोजगारीको नाममा हुने यस्ता ठगीका घटनाले बेरोजगार युवायुवतीलाई ठूलो आर्थिक तथा मानसिक क्षति पुर्‍याउने गरेको भन्दै प्रहरीले आकर्षक तलब, छिटो भिसा र सुनिश्चित रोजगारीको प्रलोभनमा नपरी सम्बन्धित सरकारी निकायबाट स्वीकृति प्राप्त म्यानपावर कम्पनीमार्फत मात्रै वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

यस घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor