Washington DC, US : July 18, 2026, Saturday 08:33 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|क्यानडाको डढेलोको धुवाँ अमेरिकामा फैलिँदा ….|इरानमाथि अमेरिकाको लगातार सातौँ रात हवाई आक्रमण|आज साँझदेखि देशभर मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम उच्च, ६ प्रमुख राजमार्ग प्रभावित|साउनदेखि बैंक ब्याजदर थप घट्यो : निक्षेपकर्तालाई झट्का, ऋणीका लागि भने अवसर|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप|न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

मंसिर ४ मा प्रदर्शनमा आउने ‘सिन्दुरे जात्रा’ प्रति बढ्दै अपेक्षा स्टार कलाकारहरूको बलियो उपस्थितिसहित नयाँ इतिहास रच्ने संकेत, नेपाली चलचित्र क्षेत्रमा सफल र ब्लकबस्टर चलचित्र पूर्ण बहादुरको सारंगी र कोशे ढुंगा जस्ता चलचित्र निर्देशन गरेर आफ्नो अलग पहिचान बनाएका निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भइरहेको ‘सिन्दुरे जात्रा’लाई यस वर्षकै प्रतीक्षित चलचित्रमध्ये एकका रूपमा हेरिएको छ।

  NepalMother.com | ५ असार २०८३, शुक्रबार १२:५७

May be an image of ‎text that says '‎SARANGI GIFILMSPRESENTS PRESENTS FILMS सिन्डरे जात्रा STORY/DIRECTOR SAROJ SAROJPOUDEL POUDEL IN CINEMAS हरिवोधिनी एकादशीको पावन अवसरमा मंसिर Y |ل I NOV 20 WHTER នេ SASDHYA HANAMI TOINEKTIE AICKVED FOREBERAPHER ADHIKARI, DAEANTA SEUPANEP PRODUCED SARANGI FILMS :PRASHANT EIWAKOT. RYTHN RANDEL, HANDU PARIYAR CHITE NAGAR EXECUTINE FROJECER PIRESH HKA AEAKUL HKA GANESH AHEMI OHKAK, SAMAR AI CΙHEΜЙΧΗ 18 DISTRIBUTOR OIGITALPARTHER OIGITAL PARTHER PUBLICITY PARTNER 三代 RR PROUDCTION OSRDigital Entertaing ማ PM Nalkon TAUWA ETUDIO‎'‎काठमाडौं । नेपाली चलचित्र उद्योगमा पछिल्लो समय निर्माणकै चरणदेखि चर्चा बटुल्न सफल चलचित्र ‘सिन्दुरे जात्रा’ले आफ्नो आधिकारिक प्रदर्शन मिति सार्वजनिक गरेको छ। हाल छायांकनको चरणमा रहेको यस चलचित्र आगामी मंसिर ४ गते देशभर प्रदर्शनमा आउने भएको निर्देशक सरोज पौडेलले जानकारी दिएका छन्।

नेपाली चलचित्र क्षेत्रमा सफल र ब्लकबस्टर चलचित्र पूर्ण बहादुरको सारंगी र कोशे ढुंगा जस्ता चलचित्र निर्देशन गरेर आफ्नो अलग पहिचान बनाएका निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भइरहेको ‘सिन्दुरे जात्रा’लाई यस वर्षकै प्रतीक्षित चलचित्रमध्ये एकका रूपमा हेरिएको छ। चलचित्रको नामले नै नेपाली समाज, संस्कृति, परम्परा र मानवीय सम्बन्धको गहिरो कथावस्तु बोकेको संकेत गरेको छ।

चलचित्रमा पछिल्लो समय नेपाली सिनेमाका अत्यन्त व्यस्त तथा लोकप्रिय अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन्। उनीसँगै प्रतिभाशाली र लोकप्रिय अभिनेत्री अञ्जना बराइली, अभिनेता विनोद न्यौपाने, अग्रज कलाकार राकेश खड्का तथा वरिष्ठ गायक, कलाकार, पत्रकार, लेखक रामप्रसाद खनालको पनि महत्वपूर्ण भूमिका रहनेछ।

त्यसैगरी चलचित्रमा कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा तथा पूर्व मिस नेपाल उषा खड्गीलगायतका कलाकारहरूको समेत सशक्त अभिनय देख्न सकिने निर्माता दिनेश खड्काले बताए ।

चलचित्रको कथा तथा अवधारणा निर्देशक सरोज पौडेल स्वयंले तयार पारेका हुन्। पटकथा तथा संवाद भने सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका छन्। अनुभवी लेखकहरूको सहकार्यले चलचित्रको कथालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन्। निर्माण टिममा नेपाली चलचित्र क्षेत्रका अनुभवी तथा पुरस्कारप्राप्त प्राविधिकहरूको सहभागिता रहेको छ। चलचित्रको छायांकन राष्ट्रिय पुरस्कार प्राप्त, ख्याति कमाएका छायाकार बाबु श्रेष्ठले गरिरहेका छन्। बाबु श्रेष्ठले यसअघि पनि धेरै सफल चलचित्रमा आफ्नो उत्कृष्ट सिनेमाटोग्राफी प्रस्तुत गरिसकेका छन्।

त्यसैगरी चलचित्रको सम्पादन चलचित्र विकास बोर्डबाट समेत सम्मानित तथा पुरस्कारप्राप्त सम्पादक नहकुल खड्काले गरिरहेका छन्। नेपाली चलचित्र क्षेत्रमा नहकुल खड्काको सम्पादन शैलीलाई विशेष रूपमा प्रशंसा गरिने भएकाले ‘सिन्दुरे जात्रा’को प्राविधिक पक्ष पनि अत्यन्त सबल हुने अपेक्षा गरिएको छ।

संगीत पक्षमा पनि चलचित्र निकै बलियो देखिएको छ। चलचित्रमा प्रशान्त सिवाकोटी, रिदम कँडेल तथा नन्दु परियारको संगीत रहनेछ। नेपाली दर्शकमाझ लोकप्रिय संगीतकारहरूको सहभागिताले चलचित्रका गीत–संगीतलाई विशेष आकर्षणको केन्द्र बनाउने अनुमान गरिएको छ।

वितरण पक्षमा पनि चलचित्रले बलियो आधार तयार गरेको छ। चलचित्रलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापी रूपमा वितरण गर्नेछन् भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ।

चलचित्र क्षेत्रका जानकारहरूका अनुसार निर्देशक सरोज पौडेल, निर्माता दिनेश खड्का, पुरस्कारप्राप्त सम्पादक नहकुल खड्का, चर्चित छायाकार बाबु श्रेष्ठ तथा अनुभवी कलाकारहरूको संयोजनले ‘सिन्दुरे जात्रा’लाई विशेष बनाएको छ। निर्माण चरणदेखि नै सकारात्मक चर्चा कमाइरहेको यो चलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ कीर्तिमान स्थापित गर्न सक्ने अनुमान गरिएको छ।

विशेषगरी सामाजिक कथा, पारिवारिक सम्बन्ध, नेपाली संस्कृति र भावनात्मक पक्षलाई आधुनिक प्रस्तुतीकरणमार्फत दर्शकमाझ ल्याउने प्रयास गरिएको बताइन्छ। यही कारणले चलचित्रप्रेमीहरूबीच ‘सिन्दुरे जात्रा’प्रति उत्सुकता दिनानुदिन बढ्दै गएको छ।

आगामी मंसिर ४ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘सिन्दुरे जात्रा’ले नेपाली बक्स अफिसमा कस्तो इतिहास रच्छ भन्ने प्रतीक्षा अहिले चलचित्रकर्मी र दर्शक दुवैमा बढ्दो रूपमा देखिएको छ। नेपाली चलचित्र क्षेत्रमा नयाँ मानक स्थापित गर्ने सम्भावना बोकेको यस चलचित्रलाई यस वर्षको महत्वपूर्ण रिलिजमध्ये एकका रूपमा हेरिएको छ।

 

May be an image of one or more people and text that says 'SARANGI FILMS PRESENTS सिं्डुरे जात्रा'

May be a graphic of text that says 'SARANGI FILMS PRESENTS DISTRIBUTOR सिन्दरेजा जात्रा कथा/ ।निर्देशन सरोज सरोजपौडेल पौडेल DIGITAL DIGITALPARTNER PARTNER PUBLICITY PARTNER RRPILMPROUDCTION RR OSRDigital Entertaining E Nation TAUWA STUDIO'

May be an image of one or more people, beard, hat and text

 

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor