१- जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे अध्ययन तथा सिफारिसका लागि विशेष कार्यदल गठन गर्ने।
२- गृह मन्त्रालय तथा सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट रोक्न र सूक्ष्म निगरानीका लागि ‘सेन्सेटिभ इन्फर्मेसन भिजिलेन्स टिम’ गठन गर्ने ।
३- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त बनाउने तथा हाल अनुसन्धानमा रहेका पुराना फाइलहरूलाई शीघ्र टुंगोमा पुर्याउने ।
४- जघन्य, आर्थिक र संगठित अपराधका घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न सीआईबीमा ‘स्पेसलाइज्ड टिम’ (विशेष टोली) गठन गर्ने ।
५- २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्ड सम्बन्धी विगतका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढाउने


प्रतिक्रिया