Washington DC, US : July 25, 2026, Saturday 05:09 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण|प्रश्नपत्र लिक विवादपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा|के के भइरहेको छ भारतको आन्दोलनमा ? अब के हुन्छ ?|अमेरिका साउदी आणविक सम्झौता सार्वजनिक हुने तयारी|भूमिगत गिरोह बालेन युगमा भने साँच्चिकै सक्रिय !|ट्रम्पको नयाँ व्यापारिक प्रहार : क्यानडाका अधिकांश वस्तुमा ५० प्रतिशत आयात शुल्क

१० हजारभन्दा बढी कर्मचारी एकैपटक अवकाशमा जाने सम्भावना संघीय निजामती ऐन अध्यादेशबाट ल्याउने तयारी

  NepalMother.com | २१ जेष्ठ २०८३, बिहीबार २२:३३

काठमाडौं । सरकारले संघीय निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तन गर्ने तयारी थालेको छ। उच्च सरकारी स्रोतहरूका अनुसार संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने गृहकार्य अन्तिम चरणमा पुगेको छ, जसअन्तर्गत १० हजारभन्दा बढी कर्मचारीलाई एकैपटक अवकाश दिने व्यवस्था समावेश हुन सक्ने चर्चा छ।

हाल संघीय संसद्को बजेट अधिवेशन जारी रहेकाले बजेट पारित भएपछि अधिवेशन अन्त्य गरी अध्यादेश जारी गर्ने रणनीति बनाइएको बताइन्छ। प्रस्तावित व्यवस्थाअनुसार ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पार गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने विशेष प्रावधान लागू गरिने सम्भावना छ।

सचिवदेखि खरिदारसम्म असर

यदि प्रस्तावित व्यवस्था लागू भयो भने सचिवदेखि खरिदार तहसम्मका हजारौं कर्मचारी प्रत्यक्ष प्रभावित हुनेछन्। प्रशासनिक स्रोतहरूका अनुसार हाल कार्यरत सचिवहरूमध्ये ठूलो हिस्सा तत्काल अवकाशको दायरामा पर्न सक्छ।

यद्यपि नियमित उमेरहद भने पहिलो आर्थिक वर्षमा ५९ वर्ष र त्यसपछिका वर्षमा ६० वर्ष कायम रहने चर्चा छ। तर एकपटकका लागि विशेष व्यवस्था लागू गरी ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई सेवा निवृत्त गराउने विकल्पमा सरकार गम्भीर रूपमा छलफल गरिरहेको बताइएको छ।

पेन्सन प्रणालीमा पनि व्यापक परिवर्तन

सरकारले कर्मचारीहरूको पेन्सन प्रणालीमा समेत सुधारको नाममा ठूलो परिवर्तन गर्ने तयारी गरेको स्रोतको दाबी छ।

हाल कर्मचारीले काम गरेको कुल सेवा अवधिका आधारमा पेन्सन पाउने व्यवस्था छ। तर नयाँ प्रस्तावअनुसार ३० वर्षभन्दा बढी सेवा गरे पनि पेन्सन गणनाका लागि अधिकतम ३० वर्ष मात्र मान्यता दिइनेछ।

यसले लामो समय सरकारी सेवा गरेका कर्मचारीहरूको भविष्यको पेन्सन सुविधामा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ। कर्मचारी वृत्तमा यसलाई सेवा अवधिको सम्मान घटाउने कदमका रूपमा समेत हेरिएको छ।

संसद् होइन, अध्यादेशको बाटो

संघीय निजामती सेवा विधेयक यसअघि राष्ट्रियसभाबाट पारित भइसकेको भए पनि प्रतिनिधिसभामा अन्तिम निर्णय हुन बाँकी छ। संसद्मार्फत प्रक्रिया अघि बढाउँदा समय लाग्ने र विभिन्न निकायबाट आपत्ति आउन सक्ने आकलनपछि सरकारले अध्यादेशमार्फत कानुन ल्याउने विकल्प रोजेको बताइन्छ।

स्रोतका अनुसार संसद्मा विधेयक लगेमा Public Service Commission को परामर्श आवश्यक पर्न सक्छ। तर अध्यादेश ल्याउँदा यस्तो बाध्यता नहुने भएकाले सरकारले यही बाटोलाई प्राथमिकता दिएको चर्चा छ।

दरबन्दीमा व्यापक कटौतीको योजना

प्रस्तावित व्यवस्थाअनुसार संघीय सरकारअन्तर्गतको कर्मचारी दरबन्दी पनि उल्लेख्य रूपमा घटाउने तयारी गरिएको छ।

हाल संघीय संरचनामा करिब ५० हजार कर्मचारीको दरबन्दी रहेको अवस्थामा त्यसलाई घटाएर ३० हजारको हाराहारीमा सीमित गर्ने लक्ष्य राखिएको बताइएको छ।

त्यसका लागि सहसचिव, सचिव तथा मुख्यसचिवको सेवा अवधिमा समेत नयाँ सीमा तोक्ने विषयमा छलफल भइरहेको जनाइएको छ।

कुलिङ पिरियड व्यवस्था यथावत

नयाँ ऐनमा कर्मचारीहरूले अवकाशपछि तुरुन्तै संवैधानिक, राजनीतिक वा अन्य लाभको पदमा नियुक्त हुन नपाउने ‘कुलिङ पिरियड’ व्यवस्था पनि समावेश गरिने तयारी गरिएको छ।

यो व्यवस्था यसअघि राष्ट्रियसभाबाट पारित विधेयकमा समेत समेटिएको थियो। अध्यादेशमा पनि त्यसलाई कायम राख्ने गरी मस्यौदा तयार भइरहेको स्रोतको भनाइ छ।

प्रशासनविद्हरूको चिन्ता

पूर्वसचिवहरू तथा प्रशासनविद्हरूले भने संघीय निजामती सेवा ऐनजस्तो दीर्घकालीन प्रभाव पार्ने कानुन अध्यादेशमार्फत ल्याउनु उचित नहुने चेतावनी दिएका छन्।

उनीहरूका अनुसार संसद्मा व्यापक छलफल नगरी हजारौं अनुभवी कर्मचारीलाई एकैपटक बाहिर पठाउने निर्णय गरिए प्रशासनिक संयन्त्र कमजोर हुन सक्छ। सेवा प्रवाहमा समस्या आउने, संस्थागत अनुभव गुम्ने र सरकारी संयन्त्रमा नेतृत्व संकट उत्पन्न हुने जोखिम पनि रहेको उनीहरूको भनाइ छ।

त्यसैले कर्मचारी व्यवस्थापन, पेन्सन सुधार र प्रशासनिक पुनर्संरचनाजस्ता विषयमा राजनीतिक सहमति, संसद्मा खुला बहस र सम्बन्धित निकायहरूको परामर्शपछि मात्र निर्णय लिनुपर्ने आवाज उठ्न थालेको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor