Washington DC, US : July 14, 2026, Tuesday 12:23 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन|ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेत्री दीपाश्री निरौला स्वास्थ्यलाभ गर्दै|सिनेटर तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट राजनीतिक सहयोगी लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा आकस्मिक निधन|गरिबको चमेली बोल्दिने कोही छैन !|उत्कृष्ट २५ कविता सार्वजनिक|बिरानो बन्दै पर्वतका रमणीय गाउँहरु|अमेरिका–इरानबीचको सैन्य टकराव झन् खतरनाक मोडमा|अमेरिका इरान तनाव थप चर्कियो, खाडी क्षेत्रमा मिसाइल आक्रमण र प्रतिआक्रमणको श्रृंखला|अस्पतालको औषधि खरिदमा पनि ३ करोड रुपैयाँ अनियमितता, ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा|एक चीन नीतिमाथि प्रश्न उठेको भन्दै सात पूर्वराजदूतको सरकारलाई चेतावनी

Breaking News : चुनावकै मुखमा नेपालका चार जना पूर्व प्रधानसेनापतिहरु एकै पटक भारत गएको कारण खुल्यो

  NepalMother.com | १५ फाल्गुन २०८२, शुक्रबार ०८:१४

भारतीय सेनाको आयोजनामा शुक्रबारदेखि भारतमा नेपाल र भारतका अवकाशप्राप्त सेनाप्रमुखहरूको १०औँ ‘चीफ्स कन्क्लेभ’ सुरु भएको छ। उक्त सम्मेलनमा नेपालका चार जना पूर्वप्रधानसेनापति सहभागी भएका छन् भने भारततर्फबाट आठ जना पूर्वसेनाध्यक्ष उपस्थित रहेको जनाइएको छ। कार्यक्रममा द्विपक्षीय सैनिक सम्बन्ध, क्षेत्रीय सुरक्षा अवस्था तथा बदलिँदो सामरिक चुनौतीबारे छलफल हुने बताइएको छ।

नेपालमा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन गइरहेको सन्दर्भमा आयोजना गरिएको यस सम्मेलनलाई कतिपय विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरिरहेका छन्। निर्वाचनको मुखमा उच्च तहका सैनिक व्यक्तित्वहरूको जमघट हुनु कूटनीतिक संकेतका रूपमा पनि बुझिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीले सहभागी नेपाली पूर्वप्रधानसेनापतिहरूलाई आधुनिक युद्धकला, प्रविधि–आधारित सुरक्षा चुनौती तथा क्षेत्रीय रणनीतिक परिवेशबारे जानकारी दिने कार्यक्रम छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार नेपाल–भारत ‘चीफ्स कन्क्लेभ’ नियमित रूपमा वर्षेनि पालैपालो आयोजना हुँदै आएको कार्यक्रम हो। गत वर्ष नेपालमा आयोजना भएको उक्त कार्यक्रम यस वर्ष भारतमा भइरहेको र आगामी वर्ष पुनः नेपालमै आयोजना हुने उनले बताएका छन्।

भारतमा प्रत्येक वर्ष जनवरी १५ मा सैनिक दिवस मनाइन्छ भने नेपालमा महाशिवरात्रिका अवसरमा सेना दिवस मनाइने परम्परा छ। सोही सन्दर्भलाई जोडेर दुवै देशबीच यस्तो कार्यक्रम सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ। नेपाल र भारतका बहालवाला सेनाप्रमुखहरू एकअर्काको सेनामा मानार्थ महारथी रहने परम्परासमेत दुवै देशको विशेष सैनिक सम्बन्धको प्रतीक मानिन्छ।

भारतीय सेनाले सामाजिक सञ्जालमार्फत सम्मेलन प्रारम्भ भएको जानकारी दिँदै सहभागी नेपाली पूर्वप्रधानसेनापतिहरूले नयाँदिल्लीस्थित राष्ट्रिय युद्ध स्मारकमा पुगेर वीरगति प्राप्त सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ। नेपाली पूर्वसेनाप्रमुखहरूलाई फागुन १७ गतेसम्म भारत भ्रमणका लागि निमन्त्रणा गरिएको जनाइएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मिजोरमका राज्यपाल तथा पूर्वसेनाध्यक्ष वी.के. सिंहसहित आठ जना अवकाशप्राप्त सेना प्रमुख सम्मेलनमा सहभागी छन्। साथै, भारतका दिवंगत फिल्ड मार्शल श्याम मानेक्श र पूर्व सेनाध्यक्ष जनरल विपिन रावतका परिवारलाई पनि विशेष निमन्त्रणा दिइएको उल्लेख गरिएको छ। सम्मेलनको विस्तृत कार्यसूचीबारे भारतीय सेनाले औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन।

अवकाशप्राप्त भारतीय मेजर जेनरल अशोक मेहताका अनुसार यस्ता बैठकहरूमा प्रायः क्षेत्रीय सुरक्षा, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल हुन्छ। यो शिष्टाचार आदान–प्रदान र रणनीतिक समझदारी सुदृढ गर्ने अवसर भएको उनको भनाइ छ। यद्यपि केही भारतीय सञ्चारमाध्यमहरूले गत वर्ष पाकिस्तानविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन सिन्दूर’ जस्ता विषयमा पनि चर्चा हुन सक्ने अनुमान गरेका छन्।

नेपाल र भारतबीच सैनिक सहकार्य तालिम, संयुक्त अभ्यास र उच्चस्तरीय भ्रमणमार्फत निरन्तर हुँदै आएको छ। गएको डिसेम्बरमा भारतको पिथौरागढमा सम्पन्न ‘सूर्यकिरण’ संयुक्त सैन्य अभ्यासमा दुवै देशका ३३४–३३४ सैनिक सहभागी भएका थिए। नेपालले भारतबाहेक चीन र अमेरिकासँग पनि विभिन्न स्तरका संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। केही दिनअघि अमेरिकी इन्डो–प्यासिफिक कमान्डका कमान्डर एड्मिरल स्यामुएल जे. पापरोले नेपाल भ्रमण गरी उच्चस्तरीय भेटवार्ता गरेका थिए।

अवकाशप्राप्त उपरथी विनोज बस्न्यातका अनुसार पूर्वसेनाप्रमुखहरूको यस्तो सम्मेलन सैनिक कूटनीतिको एक महत्वपूर्ण आयाम हो। उनका अनुसार यसले एकअर्काको दृष्टिकोण बुझ्ने, संवाद सुदृढ गर्ने र आपसी विश्वास कायम राख्ने अवसर प्रदान गर्छ।

दक्षिण एशियामा बदलिँदो शक्ति सन्तुलन, क्षेत्रीय तनाव र नेपालमा हुन लागेको निर्वाचनले पनि अन्तर्राष्ट्रिय चासो बढाएको विश्लेषण गरिएको छ। निर्वाचनपछि बन्ने सरकारले रणनीतिक मुद्दाहरू कसरी सम्बोधन गर्छ भन्ने कुराले सुरक्षा नीति र सैनिक कूटनीतिको दिशालाई प्रभाव पार्ने देखिन्छ। समग्रमा, भारतमा भइरहेको यो सम्मेलनलाई नियमित परम्पराको निरन्तरता मानिए पनि नेपालको समसामयिक राजनीतिक परिवेशसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।

न्याश्नल वार मेमोरिअल पुगेर वीरगतिप्राप्त सैनिकहरूप्रति सम्मान व्यक्त गर्दै भारतीय सेनाध्यक्षसहित नेपाली सेनाका पूर्वप्रमुख

डिसेम्बरमा नेपाल र भारतबीच सूर्यकिरण नामक संयुक्त अभ्यास सम्पन्न भएको थियो

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor