Washington DC, US : June 17, 2026, Wednesday 09:46 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|लेबनान तनाव फेरि चर्कियो : इरानको कडा चेतावनी, इजरायलमाथि ८४ पटक युद्धविराम उल्लङ्घनको आरोप|Breaking News : अमेरिकामा चिनियाँ आप्रवासनबारे नयाँ विवाद|चितवनबाट अपहरण गरिएका किशोरको काठमाडौंबाट सकुशल उद्धार, पाँच भारतीय नागरिक पक्राउ|ट्रम्पले “इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूर्ण भएको छ” भन्दै विश्वभरका जहाजहरूलाई पुनः सञ्चालनका लागि तयार हुन आह्वान गरे|विश्वकप !|रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”|विश्वकै लागि खुशीको खबर : अमेरिका इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी|Breaking News : अमेरिका इरानबीच युद्ध अन्त्यको ऐतिहासिक सहमति नजिक|भीषण बस दुर्घटना : कारण पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन|किरण बाबु पुनको नेतृत्वमा सांस्कृतिक संस्थानको ऐतिहासिक फड्को

नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षलाई नेपालको इतिहासकै ‘स्वर्णिम काल’ बनाउने संकल्प व्यक्त गरे

  NepalMother.com | १४ फाल्गुन २०८२, बिहीबार ०७:५८

नेपाली काँग्रेसका सभापति गगनकुमार थापा ले आगामी पाँच वर्षलाई नेपालको इतिहासकै ‘स्वर्णिम काल’ बनाउने संकल्प व्यक्त गरेका छन्। सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेसले अबको पाँच वर्षभित्र देशको अवस्था परिवर्तन गर्ने र मुलुकलाई कुनै पनि प्रकारको राजनीतिक वा सामाजिक दुर्घटनामा पर्न नदिने प्रतिबद्धता व्यक्त गरे। मधेसदेखि कर्णालीसम्म चुनावी अभियानमा सक्रिय रहेका उनले आसन्न निर्वाचन संविधानलाई सही बाटोमा राख्ने अनिवार्य शर्त भएको बताए।

उनले वर्तमान निर्वाचन संविधान रक्षाको महत्वपूर्ण कडी भएको उल्लेख गरे। भदौ २३ र २४ का अप्रिय घटनाहरू स्मरण गर्दै थापाले अब सरकारको गोलीबाट कुनै पनि नागरिकको ज्यान जान नहुने र कसैले पनि मुखुण्डो लगाएर सिंहदरबार जलाउन नपाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

‘यो निर्वाचन ती अतिवादी दृष्टिकोणहरूबीचको लडाईं हो। काँग्रेसले संविधानलाई ट्र्याकमा ल्याउने काममा एक इन्च पनि सम्झौता गर्दैन,’ उनले भने।

सभापति थापाले वि.सं. २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई नेपालको विकासको सबैभन्दा सफल अवधि बनाउने योजना अघि सारे। काँग्रेस नेतृत्वको सरकारले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकता दिने उनले बताए। कुनै पनि नागरिकले उपचारका लागि आफ्नै खल्तीबाट पैसा तिर्नु नपर्ने र अभिभावकले सन्तानको शिक्षाको बिल तिर्नु नपर्ने व्यवस्था गर्ने उनले दाबी गरे।

उनले पढेका युवाहरूले देशभित्रै रोजगारी पाउने वातावरण निर्माण गरिने बताए। साथै, सरकारले प्रत्येक महिनाको पहिलो दिन जनतामाझ उपस्थित भएर आफ्नो कामको विवरण सार्वजनिक गर्ने र आगामी महिनाको लक्ष्य घोषणा गर्ने प्रतिबद्धता जनाए।

सभापति थापाले २०४६ सालयताका सबै चर्चित भ्रष्टाचार प्रकरणहरूको छानबिन गर्ने घोषणा गरे। ‘काँग्रेसको सरकारले पाँच वर्ष काम गर्दा एउटा पनि काण्ड भयो भनेर नागरिकले सुन्नु पर्दैन। यदि कुनै काण्डमा मेरै परिवारको सदस्य संलग्न भए पनि ऊ बच्दैन,’ उनले भने।

राजनीतिमा देखिएको ‘गठबन्धनको फोहोर’ सफा गरेर काँग्रेसले नयाँ ढंगले देश सम्हाल्ने उनले दाबी गरे।

कर्णाली प्रदेशको विशिष्ट भौगोलिक तथा आर्थिक अवस्थालाई औंल्याउँदै थापाले काठमाडौं र कर्णालीको विकासको ढाँचा एउटै हुन नसक्ने बताए। कर्णालीमा ४० प्रतिशत गरिबी र बेरोजगारी रहेको उल्लेख गर्दै उनले त्यसको समाधानका लागि संविधान र कानूनमै केही परिवर्तन आवश्यक रहेको बताए।

उनले कर्णालीको आन्तरिक आय न्यून रहेको अवस्थामा केन्द्रबाट जनसंख्याका आधारमा मात्र बजेट पठाएर समस्या समाधान नहुने बताए। प्रदेशलाई थप सशक्त बनाउनु पर्ने उनको धारणा थियो। हिमाली क्षेत्रमा हिउँ पर्ने समय र आर्थिक वर्षबीच तालमेल नमिल्दा बजेट फ्रिज हुने समस्या रहेको उल्लेख गर्दै उनले बजेट ल्याउने र खर्च गर्ने कानुनी व्यवस्था सच्याउनुपर्ने बताए।

आगामी १० वर्षमा सूचना प्रविधिको युग आउने उल्लेख गर्दै उनले कर्णालीका युवाले त्यसबाट लाभ लिन अहिले नै आमाको पोषण र बाल्यकालीन शिक्षामा लगानी गर्नुपर्ने बताए।

सभापति थापाले नेकपा एमाले, माओवादी तथा नयाँ आएका दलहरूको प्रवृत्तिको आलोचना गरे। माओवादीले विगतमा हिंसात्मक राजनीति गरेर कर्णालीलाई पीडा दिएको र अहिले नयाँ भनिएका दलहरूले सामाजिक सञ्जालमा भाइरल हुनका लागि उत्तेजना र घृणा फैलाउने काम गरेको आरोप लगाए।

‘देश बनाउन पेटमा आगो र आँखामा सपना मात्र भएर पुग्दैन, सोच्ने क्षमता, धैर्यता र सुझबुझ पनि चाहिन्छ,’ उनले भने।

अन्त्यमा उनले पार्टीका कार्यकर्तालाई सामाजिक सञ्जालको कोलाहल र भ्रमलाई चिर्दै प्रत्येक मतदाताको घरदैलोमा पुग्न निर्देशन दिए। कर्णालीमा काँग्रेसको शानदार विजयले देशभर नयाँ उत्साह ल्याउने विश्वास व्यक्त गर्दै उनले फागुन २१ गते हुने निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी काँग्रेसलाई विजयी गराउन अपिल गरे।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor