Washington DC, US : July 27, 2026, Monday 02:37 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सुनसरीको कप्तानगञ्ज हिंसा : मृतक संख्या दुई पुग्यो, सामुदायिक सद्भावमा गम्भीर चोट|अमेरिका : फुड फेस्टिभलमा तीनको मृत्यु, दुई वर्षीय बालकसहित चार घाइते, एक पक्राउ, अर्कोको खोजी जारी|प्रहरीको गोलीबाट युवाको मृत्यु, कर्फ्यु उल्लंघनपछि सेना परिचालन|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग|अब फेरि स्वर्ग गए पनि, नर्क गए पनि संगै जाने सहमति भएछ, ल बधाई छ !|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण

नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिज्ञापत्र’ सार्वजनिक मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित आमसभामार्फत पार्टी सभापति गगनकुमार थापाले प्रतिज्ञापत्र सार्वजनिक गरे

  NepalMother.com | ६ फाल्गुन २०८२, बुधबार २१:०३

May be an image of one or more people, dais and text

काठमाडौं / नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित आमसभामार्फत पार्टी सभापति गगनकुमार थापाले प्रतिज्ञापत्र सार्वजनिक गरे । ‘सुशासन र समुन्नतिका लागि नेपाली कांग्रेसको प्रतिज्ञापत्र’ नाम दिइएको उक्त दस्ताबेजमार्फत कांग्रेसले आफूलाई परम्परागत राजनीतिक शैलीभन्दा फरक रूपमा प्रस्तुत गरेको दाबी गरे । जनकपुरमा आयोजित प्रतिज्ञा सभामा घोषणापत्रको संक्षिप्त अंश सार्वजनिक गरिएको र विस्तृत दस्ताबेज बिहीबार राष्ट्रिय सभागृहमा सार्वजनिक गरिने पार्टीले जनाएको छ । सो कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ सभापति थापाले दिने कार्यक्रम रहेको कांग्रेसले बताएको छ ।

घोषणापत्रमा गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ विद्रोहलाई आत्मसात गरिएको उल्लेख गरिएको छ । कांग्रेसले संवैधानिक निकायहरूलाई राजनीतिक प्रभावबाट पूर्ण रूपमा मुक्त गर्ने, भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कानुन निर्माण गर्ने र वित्तीय अनुशासन कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाएको छ । संविधान संशोधनका लागि सबै राजनीतिक दल र सरोकारवालासँग राष्ट्रिय संवाद गर्ने, प्रधानमन्त्रीको कार्यकाल दुई कार्यकालमा सीमित गर्ने र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने प्रस्ताव प्रतिज्ञापत्रमा समेटिएको कांग्रेसले जनाएको छ । मन्त्री, सांसद र उच्च पदस्थ पदाधिकारीहरूले शपथ लिनुअघि आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिने उल्लेख गरिएको छ । २०६३ पछि सार्वजनिक पदमा रहेका वा नरहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरिने पनि कांग्रेसले बताएको छ ।

मन्त्रिपरिषद्का निर्णयलाई समेत अख्तियारको छानबिन दायरामा ल्याउने गरी भ्रष्टाचार निवारण ऐन संशोधन गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ । निर्वाचन प्रणालीमा सुधार गर्दै आरक्षित निर्वाचन क्षेत्र प्रणाली अपनाउने प्रस्ताव गरिएको र एक क्षेत्र एकपटक मात्रै आरक्षित हुने अभ्यास गरिने बताइएको छ । सभालाई सम्बोधन गर्दै सभापति थापाले अब कसैले राज्यसँग प्रश्न सोधेकै भरमा गोली खानु नपर्ने देश बनाउने बताए । “अब कसैले प्रश्न सोधेकै भरमा गोली खानु पर्दैन, कसैले नकाब लगाएर सिंहदरबार जलाउनु पर्दैन,” उनले भने ।

उनले किसानले मलका लागि लाइन बस्न नपर्ने अवस्था बनाउने र सार्वजनिक सेवा लिँदा घुस दिनु नपर्ने व्यवस्था गर्ने कांग्रेसको प्रतिज्ञा रहेको बताए । आगामी पाँच वर्ष कांग्रेसका प्रत्येक सदस्यले प्रतिज्ञापत्रअनुसार काम गर्ने दाबी गर्दै उनले प्रत्येक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने वातावरण निर्माण गर्ने बताए । सहकारी, मिटरब्याज र लघुवित्त समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले सहकारी ठगहरूलाई तह लगाउने चेतावनी दिए । मधेसमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्ने र पाँच वर्षभित्र क्रिकेट रंगशाला निर्माण गर्ने योजना रहेको उनले बताए ।

उपसभापति विश्वप्रकाश शर्माले देश कठिन परिस्थितिमा रहेको भन्दै यस्तो बेला देशलाई सम्हाल्न सक्ने शक्ति आवश्यक रहेको बताए । “यो बेला कसलाई जिताउने भन्ने होइन, देशलाई कसले सम्हाल्न सक्छ भन्ने मुख्य प्रश्न हो,” उनले भने । पूर्वउपसभापति विमलेन्द्र निधिले वर्तमान व्यवस्था जोगाउन कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताए । निर्वाचनमार्फत जनप्रतिनिधि निर्वाचित गरेर लोकतान्त्रिक शासन सुदृढ गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे ।

सभापति थापाले ‘टिम नेपाल’ अवधारणा अघि सार्दै सबै राजनीतिक दल, प्रदेश, स्थानीय तह, निजी क्षेत्र र नागरिकलाई समेटेर अघि बढ्नुपर्ने बताए । “देश बनाउन सबै चाहिन्छ,” उनले भने ।

यसैबीच, पार्टीको निर्णयविरुद्ध काम गरेको आरोपमा नेपाली कांग्रेस कपिलवस्तुले पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायसहित १९ जनालाई कारबाहीका लागि सिफारिश गरेको छ । बागी उम्मेदवारी दिएका आशिष शर्मासहितलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिश गरिएको कांग्रेसले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । रास्वपाले विधि–विधानविपरीत चलेको आरोप लगाउँदै उनले पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् ।

कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन प्रस्तुत गरेको छ । जसमा सम्मानित जीवन, रोजगारी सृजना, किसान सशक्तीकरण, स्वास्थ्य र शिक्षामा सहज पहुँच, सुशासन तथा स्वाभिमानी नेपाल निर्माणका लक्ष्य समेटिएका छन् । निर्वाचनपछि सरकार बनेमा प्रतिज्ञापत्रअनुसार काम गर्ने कांग्रेसले जनाएको छ ।

May be an image of one or more people and crowd

May be an image of text

May be an image of one or more people, dais and text

May be an image of one or more people, tree and text

May be an image of one or more people and crowd

May be an image of one or more people, crowd and text

May be an image of one or more people, temple and crowd

May be an image of one or more people and crowd

May be an image of one or more people and crowd

May be an image of one or more people and crowd

May be an image of one or more people and crowd

May be an image of speaker and crowd

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor