Washington DC, US : February 11, 2026, Wednesday 11:06 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नेपाल फिल्म सोसाइटी, अभियान तथा ग्लोबल नेपाली फिल्म अवार्ड ले यसरी सम्मान दियो स्वर्गीय सुनिल थापालाई|ॐ हर हर हर महादेव !|घर परिवार : सामाजिक सन्देश मुलक गीत|रूसको सैन्य शक्ति गम्भीर रूपमा क्षतिग्रस्त, सैन्य संयन्त्र पुनर्निर्माण गर्दै|नेपालमा भ्रष्टाचार कायमै रहेको अन्तर्राष्ट्रिय सर्वेक्षण प्रतिबेदन|लाज शरम पनि मरेको हो ?!|Breaking News: तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा ज्यान गुमाउनेको संख्या १२, ९ जनाको सनाखत, ३ जनाको परिचय खुल्न बाँकी|जाँचबुझ आयोगको म्याद थपप्रति सत्य र न्यायको खोजी अभियानको आपत्ति|Breaking News : साउदी अरेबियामा वैदेशिक रोजगारीका लागि गएका ७ सय ४८ जना नेपाली विभिन्न मुद्दामा जेलमा|नेपाली सम्पर्क विभाग साउदी अरेबियाको दोस्रो अधिवेशन सम्पन्न

नेपाल फिल्म सोसाइटी, अभियान तथा ग्लोबल नेपाली फिल्म अवार्ड ले यसरी सम्मान दियो स्वर्गीय सुनिल थापालाई

  NepalMother.com | २९ माघ २०८२, बुधबार ०७:४४

नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता सुनिल थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा बसेको नेपाल फिल्म सोसाइटी, अभियान तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी को संयुक्त बैठकले उहाँको सम्मानमा विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। अध्यक्ष कृष्ण मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा स्वर्गीय सुनिल थापाले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याउनु भएको अतुलनीय योगदानप्रति उच्च सम्मान व्यक्त गरिएको छ।

बैठकले अभियान संस्थाको तर्फबाट स्वर्गीय सुनिल थापालाई मरणोपरान्त “अभियान रत्न सम्मान” प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी आगामी ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा उहाँलाई “ग्लोबल दीर्घ साधना सम्मान” प्रदान गरिने निर्णय भएको छ। साथै, आगामी वर्षहरूदेखि प्रत्येक ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा विशिष्ट चलचित्रकर्मीलाई प्रदान गरिने नयाँ सम्मानलाई “सुनिल थापा स्मृति सम्मान” नामकरण गर्ने निर्णयसमेत गरिएको छ। यी निर्णयहरू उहाँको स्मृतिलाई सदा अमर राख्ने उद्देश्यले गरिएको जनाइएको छ।

सुनिल थापा नेपाली सिने जगतमा बलियो व्यक्तित्व, गहिरो आवाज र प्रभावशाली अभिनयका लागि परिचित हुनुहुन्थ्यो। उहाँले अभिनय गरेका चलचित्रहरुले उहाँलाई नेपाली फिल्म क्षेत्रमा विशिष्ट पहिचान दिलाएको मानिन्छ। उहाँले सयौं चलचित्रमा अभिनय गर्दै विशेषगरी खलनायक भूमिकामा अद्वितीय छाप छोड्नुभयो। खलनायक मात्र नभई चरित्र अभिनेता र सकारात्मक भूमिकामा समेत उहाँले आफ्नो क्षमता प्रमाणित गर्नुभएको थियो।

चार दशकभन्दा लामो अभिनय यात्रामा उहाँले नेपाली चलचित्र उद्योगको स्वर्णिम कालदेखि आधुनिक डिजिटल युगसम्म निरन्तर सक्रिय भूमिका निर्वाह गर्नुभयो। अनुशासन, पेशागत निष्ठा र समर्पणका कारण उहाँ नयाँ पुस्ताका कलाकारहरूका लागि प्रेरणाको स्रोत बन्नुभयो।

उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भई नेपाली चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्नुभएको थियो। समय–समयमा विभिन्न संघसंस्थाबाट सम्मानित हुनुभएका सुनिल थापाको योगदान नेपाली चलचित्र इतिहासमा सदैव स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।

उहाँको निधनले नेपाली कला क्षेत्रले एक युगान्तकारी कलाकार गुमाएको छ। नेपाल फिल्म सोसाइटी, अभियान तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीले उहाँको योगदानलाई सदा सम्मानपूर्वक स्मरण गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। स्वर्गीय सुनिल थापाको आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण चलचित्रकर्मी तथा शुभेच्छुकहरूले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

May be an image of one or more people

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।