Washington DC, US : January 30, 2026, Friday 04:08 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

शेर बहादुर देउबा गए सर्बोच्च अदालत, बालेन र हर्कले दिए राजीनामा निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका समानुपातिक उमेदवारको सूची सार्वजनिक

  NepalMother.com | ५ माघ २०८२, आईतवार १०:३५

देउवा–खड्काद्वारा भृकुटीमण्डप विशेष महाधिवेशनविरुद्ध सर्वोच्चमा रिट, निर्वाचन प्रक्रिया रोक्न माग

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनलाई वैधता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

आइतबार दायर गरिएको रिटमा देउवा र खड्काले निर्वाचन आयोगको निर्णयसम्बन्धी विवाद टुंगो नलागेसम्म कांग्रेसको निर्वाचन प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश माग गरेका छन्। उनीहरूले आगामी मंगलबार १६५ निर्वाचन क्षेत्रमा तय गरिएको मनोनयन प्रक्रिया तत्काल स्थगित गर्नुपर्ने र यदि स्थगन सम्भव नभए सम्पूर्ण निर्वाचन प्रक्रिया नै रोक्नुपर्ने माग गरेका हुन्।

निर्वाचन आयोगको निर्णय कायम रहँदा मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल निर्वाचन प्रक्रियाबाटै बञ्चित हुने अवस्था सिर्जना हुने जिकिर गर्दै रिट निवेदनमा मनोनयन प्रक्रिया रोकिनु अपरिहार्य भएको उल्लेख गरिएको छ।

रिटमा निर्वाचन आयोग, विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा विशेष महाधिवेशनपछि गठन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई विपक्षी बनाइएको छ।

‘विशेष महाधिवेशन नै अवैध’

आफू १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति भएको दाबी गर्दै देउवाले भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनलाई नै अवैध घोषणा गरेका छन्। रिटमा उल्लेख भएअनुसार, महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशन गर्न सकिने व्यवस्था भए पनि यसअघि नै नियमित महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय भइसकेको थियो।

तर, क्रियाशील सदस्यता व्यवस्थापन समितिले निर्धारित कार्यतालिकाअनुसार सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न नसकेको देउवा–खड्काको दाबी छ। उक्त समितिको संयोजक तत्कालीन महामन्त्री गगन थापा रहेको र समितिले समयमै आफ्नो जिम्मेवारी पूरा नगरेकाले नियमित महाधिवेशन सार्नुपरेको उनीहरूको भनाइ छ।

यसविपरीत, विशेष महाधिवेशन पक्षधरहरूले भने नियमित महाधिवेशन समयमा हुन नसक्नुको मुख्य कारण कार्यतालिका कार्यान्वयनमा देउवा पक्षको असहयोग रहेको दाबी गर्दै आएका छन्।

देउवा पक्षका अनुसार, बाध्यतावश २०८३ वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशनको नयाँ मिति तय गरिएको थियो। तर, त्यस निर्णयविपरीत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको निर्णय उल्ट्याउँदै गैरकानुनी रूपमा विशेष महाधिवेशन आह्वान गरेको आरोप रिटमा लगाइएको छ।

पार्टी विधानअनुसार कुनै पनि पदाधिकारी वा सदस्यको पद रिक्त नभएसम्म केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न नसकिने उल्लेख गर्दै विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नु विधानविपरीत भएको देउवा पक्षको जिकिर छ।

निर्वाचन प्रक्रिया रोक्न माग

विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिलाई निर्वाचन आयोगले वैधता दिएको निर्णयप्रति आपत्ति जनाउँदै देउवा र खड्काले विधानको धारा १७(२) को प्रत्यक्ष उल्लङ्घन भएको दाबी गरेका छन्। उक्त धाराअनुसार केन्द्रीय कार्यसमितिको निर्णयबिनै विशेष महाधिवेशन बोलाउन नपाइने उनीहरूको तर्क छ।

रिटमा महाधिवेशन प्रतिनिधिहरूको संख्याबारे समेत गम्भीर प्रश्न उठाइएको छ। देउवा पक्षका अनुसार ८८५ प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरिएको छ। साथै, निर्वाचन आयोगले प्रतिनिधिहरू वास्तविक हुन् वा होइनन् भन्ने विषयमा यकिन नगरी निर्णय गरेको आरोप पनि रिटमा समेटिएको छ।

यता, विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले भने हस्ताक्षर फिर्ताको दाबी असत्य भएको बताउँदै विशेष महाधिवेशनका लागि २६५२ प्रतिनिधिले हस्ताक्षर गरेको र फिर्ता गर्ने संख्या अत्यन्त न्यून रहेको जनाएको छ।

देउवा पक्षले अविश्वास प्रस्तावबाहेक अन्य कुनै माध्यमबाट पदाधिकारीको कार्यकाल बीचमै अन्त्य गर्न नपाइने भन्दै विशेष महाधिवेशन नेतृत्व परिवर्तनका लागि बोलाइनु गैरकानुनी भएको दाबी गरेका छन्। एकै पटक सम्पूर्ण नेतृत्व परिवर्तन गर्ने व्यवस्था पार्टी विधान र कानुनले नदिएको जिकिर गर्दै त्यसलाई बदरयोग्य कार्य भनेका छन्।

हाल निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको पद रिक्त रहेको र प्रमुख आयुक्तबिनै आयोगले विवाद निरूपण गर्ने न्यायिक अधिकार प्रयोग गर्न नसक्ने तर्क पनि रिटमा गरिएको छ।

अहिलेकै अवस्थामा निर्वाचन आयोगको निर्णय कार्यान्वयन भएमा नेपाली कांग्रेसले मनोनयन दर्ता गर्न नपाउने अवस्था सिर्जना हुने भन्दै मनोनयन रोक्न तथा उम्मेदवारी दर्ता भइसकेको भए निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश माग गरिएको छ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छिन्। मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार उनी स्वतः कार्यवाहक प्रमुख बनेकी हुन्।

ऐनअनुसार मेयरको पद रिक्त भएमा उपमेयरले स्वतः कार्यवाहक प्रमुखको जिम्मेवारी पाउने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार डंगोलले महानगरको नेतृत्व सम्हालेकी हुन्।

मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय पुग्नुअघि नै पदबाट राजीनामा दिएका थिए। उनी केहीबेरमा रास्वपाको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ। कार्यालय परिसरमा कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेख्य भीड देखिएको छ। दिउँसो १ बजे नै पुग्ने भनिए पनि राजीनामासँग सम्बन्धित निर्णयमा केही समय दोधारमा परेपछि उनको आगमन ढिलो भएको बताइएको छ।

रास्वपामा औपचारिक प्रवेशपछि बालेन शाहले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका छन्। हाल उनी रास्वपाका वरिष्ठ नेतामध्ये एक मानिन्छन्।

यता, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि पदबाट राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबार सम्पन्न कार्यपालिका बैठकमार्फत उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन्। साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन्।

उही दिन सम्पन्न पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन्। उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ।

616042597_1938548720877382_5283207829909742334_n-1768743077.jpg

May be an image of ticket stub and text

 

May be an image of text

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।