Washington DC, US : March 4, 2026, Wednesday 04:39 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|फागुन २१ को चुनाबका सन्दर्भमा स्वतन्त्र मान्छेका स्वतन्त्र कुरा|मध्यपूर्व संकट : कतारदेखि युरोपसम्म कूटनीतिक र सैन्य तरंग|Breaking News : इजरायलले इरानी शीर्ष नेतृत्व बस्ने क्षेत्रमा पुनः शक्तिशाली हवाई आक्रमण, ज्यान गुमाउने र घाइतेको संख्या बढ्दै|दक्षिण सुडानमा सशस्त्र समूहले दुर्गम गाउँमा आक्रमण गर्दा कम्तीमा १६९ जना मारिए, देश पुनः पूर्ण गृहयुद्धतर्फ धकेलिने खतरा|Breaking News : तेहरान र बेरुतमा आक्रमण जारी, मृतक संख्या ६०० नाघ्यो,अमेरिका, इजरायल र इरानबीचको तनाव झन् चुलिंदै|Breaking News : यो युद्ध “एक रातमै सम्पन्न हुने अपरेसन होइन”|इरानमा ५५५ जनाको मृत्यु, हजारौं घाइते, इजरायलमा १० जनाको मृत्यु र २०० भन्दा बढी घाइते, लेबनानमा ३१ जनाको मृत्यु, युक्त अरब इमिरेट्समा ३ जनाको मृत्यु भइसकेको पुष्टि|लेबनानको बेरुतमा इजरायली लडाकु विमानहरूले हवाई आक्रमण गरे|इरानी सैनिक, प्रहरीलाई ट्रम्पले भने “हतियार त्याग्नुहोस्, आत्मसमर्पण गर्नुस र पूर्ण उन्मुक्ति पाउनुहोस्, नत्र निश्चित मृत्युको सामना गर्नुहोस्”|यस्तै निर्णय जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो कार्यकारी आदेशविरुद्ध आए चीनलाई फाइदा पुग्ने चेतावनी

Breaking News : ओली, देउबा, प्रचण्ड देखि जनतासम्म सबैलाई सचेत गराउदै राजा ज्ञानेन्द्रले दिएको अर्थपूर्ण सन्देश

  NepalMother.com | २६ पुष २०८२, शनिबार ०९:१७

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्था गम्भीर मोडमा पुगेको भन्दै अब मुलुक जोगिन्छ कि जोगिँदैन भन्ने स्तरको निराशा पैदा भएको बताएका छन्। ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शान्ति, स्थायित्व र समृद्धिको सपना देखाएर सत्तामा पुगेका राजनीतिक दलहरूले झण्डै दुई दशकको अवधिमा देशलाई गहिरो संकटतर्फ धकेलेको टिप्पणी गरेका छन्।

पूर्वराजा शाहले आफूले झण्डै दुई दशकअघि जनताको नासोका रूपमा श्रीपेच र राजदण्ड बुझाएर राजकाजबाट बाहिरिएको स्मरण गराउँदै त्यो कदम पलायन वा कमजोरीको स्वीकारोक्ति नभएको स्पष्ट पारेका छन्। उनका अनुसार, हिजो देश नबन्ने चिन्ता थियो भने आज देश नै नबच्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ।

उनले देशबाट युवा जनशक्ति मात्र होइन, अब स्वदेशी पुँजी र उद्यमशीलता समेत बाहिरिन थालेकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। पृथ्वीनारायण शाहको “जनता सक्षम भए मात्र देश बलियो हुन्छ” भन्ने दिव्य उपदेश उद्धृत गर्दै स्वदेशमै पुँजी र उद्यमी टिकाइराख्न नसके मुलुक असफलताको संघारमा पुग्न सक्ने चेतावनी दिएका छन्।

युवा पुस्तासँग सम्बन्धित असन्तोषतर्फ संकेत गर्दै उनले जेन–जी आन्दोलनजस्ता घटनाहरू आकस्मिक नभएको बताएका छन्। युवाको भावना, चाहना र आवश्यकतालाई बेवास्ता गर्दा असन्तोष बढ्ने र त्यसले विद्रोहको रूप लिन सक्ने यथार्थ नेतृत्वले गम्भीर रूपमा बुझ्नुपर्ने उनको भनाइ छ। युवालाई पटक–पटक प्रयोग गर्ने तर उनीहरूको भविष्य र आवश्यकताप्रति संवेदनशील नहुने प्रवृत्तिले देशमा जनधनको क्षति भएको उनले उल्लेख गरेका छन्।

बदलिँदो भू–राजनीतिक परिवेशलाई समयमै बुझ्न नसक्दा नेपालले मित्रराष्ट्रहरूको विश्वास क्रमशः गुमाउँदै गएको उनको ठहर छ। असन्तुलित र दिशाहीन परराष्ट्र नीतिले राष्ट्रिय हितमा गम्भीर असर पुगेको उल्लेख गर्दै उनले नेपालका लागि शान्ति नै सबैभन्दा ठूलो सुरक्षा कवच र सही छहारी हुने बताएका छन्।

शाहवंशीय राजसंस्थाले इतिहासभरि सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा भूमिका खेलेको उल्लेख गर्दै पूर्वराजा शाहले जनताले सुम्पेको जिम्मेवारीबाट आफू विमुख हुन नसक्ने बताएका छन्। उनले सबै नेपालीलाई “पृथ्वी पथ” मा अघि बढ्न आह्वान गर्दै राष्ट्रिय सहमति बिना कुनै पनि निकास खोज्नु समय खेर फाल्नु सरह हुने चेतावनी दिएका छन्।

यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठ

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बक्सेको सन्देश:

स्वदेश तथा बिदेशमा रहे बसेका प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,

नेपाल राष्ट्रका निर्माता, नेपाली समाजका समन्वयकर्ता एवं एकताका धरोहर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आम नेपालीका निम्ति श्रद्धा तथा सदा स्मृतिका व्यक्तित्व होइबक्सिन्छ । मौसुफको तीन सय चारऔं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा हामी उहाँलाई नमन गर्दै श्रद्धासुमन अर्पण गर्दछौं ।

जस्तोसुकै शक्तिसंग पनि संघर्ष गरेर राष्ट्र एकिकरणमा सबै जात, सबै धर्म र सबै क्षेत्रका नेपालीको सकृय, सबल र सफल नेतृत्व गरेको शाहवंशीय राजसंस्थाको इतिहास सबैका सामु छर्लङ्ग छ । नेपाली जनताको खुशी र समृद्धिलाई नै आफ्नो रुचि ठान्ने शाहवंशीय परम्परा रहँदै आएको छ । बडामहाराजाधिराजको मार्ग निर्देशनको परिधिमा रही, हामीले नेपालीजनको एकता र बृद्धिमा जोड दिंदै आएका थियौं र छौं । तर कालान्तरमा कतैबाट उत्पन्न अवान्छित भ्रमको चपेटामा देश पर्‍यो । झण्डै दुई दशक अघि शान्ति ल्याउँछौं र आर्थिक प्रगति तर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरुको चाहनाअनुसार हामीले “श्रीपेच र राजदण्ड” जनताको नासो जनताकै सुरक्षित संरक्षणमा बुझाई सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ । यो दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजोरीको अनुमोदन थिएन । न त यो भावना आमजनतामा नै थियो। नारायणहिटी राजदरवारबाट हामी बाहिरीएको करीब दुई दशक बित्दा पनि देशले सामाना गरिरहनु परेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो की भन्ने निराशा पैदा भएको छ ।

बडामहाराजाधिराजबाट बाइस बर्षको युवा अवस्था मै सुरु गरिबक्सेकोे एकिकरणको सफलता पछि आधुनिक नेपाललाई “चारवर्ण, छत्तिस जातको साझा फुलबारी” को रुपमा चित्रण गरिबक्सेको थियो । यो मुलुक राजाको मात्र होइन जनता र राजाको समान स्वामित्वको देश हो भन्ने सन्देश पनि दिइबक्सेको थियो । भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि । सबैजात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधीका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरि “पृथ्वी पथ” मा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आव्हान पनि छ । नेपाली विश्वमा जहाँ रहेपनि नेपालीमुलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासंग नेपालीको प्रतिष्ठा पनि संगै जोडिएको हुन्छ । मुलुक स्थायी वा अस्थायी रुपले छोडदैमा देशसंगको सम्बन्ध तोडिन सक्दैन ।

देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविश्यबारे निराशाको संकेत दिइरहेको थियो । अब पुँजी र पुँजीपतिहरु तथा कर्मवीर उद्यमीहरुको समेत पलयान हुन थालेको छ । यो क्रमलाई तत्काल निरुत्साहित र नियन्त्रण गर्न सकिएन भने मुलुक असफलताको संघारमा पुग्न सक्ने सम्भावनालाई लिएर हामी आहत भएका छौं । बडामहाराजाधिराजबाट स्वदेशको पुँजी पलायनमा रोक लगाउनु पर्ने पक्षलाई महत्वका साथ जोड दिइबक्सि “जनता सक्षम र बलिया भए मात्र देश बलियो हुन्छ” भनी दिव्य उपदेशमा उल्लेख गरिबक्सेको छ ।

जब जब युवापुस्ताको भावना, चाहना र आवश्यकताको सम्बोधन गरिदैन तब तब असन्तोष पैदा हुन्छ । जसले विद्रोहको रुप पनि लिनसक्छ भन्ने सत्य, नेतृत्वले हृदयगम गर्नै पर्दछ । नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो । जसरी भविश्यका कर्णधारहरुको ज्यान गयो त्यसले सबैलाई स्तब्ध बनाएको छ । युवाहरुमा भ्रष्टाचारप्रति असहिष्णुता र आइटी प्रतिस्पर्धामा अग्रताको जोश देखिनु उज्वल भविश्यको संकेत हुन तर उन्नतिको गन्तव्यमा राजनीति चुक्यो भने अल्छिको सपना मात्र बन्न जान्छ । स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मित खोज्दै हिँड्छ । राष्ट्रिय सहमति विना निकास खोज्नु समय खेर फाल्नु मात्र हो । सम्मुन्नतिको यात्रामा सबै मिलेर अघि बढौं ।

नेपालको सम्बेदनशील अवस्था र बदलिँदो भूराजनीतिक परिस्थितिलाई बुझ्न नसक्दा हामी मित्रराष्ट्रहरुको विश्वास र भरोसा गुमाउने अवस्थामा पुगेका छौं । असन्तुलित बन्दै गइरहेको परराष्ट्र नीति र व्यवहारले राष्ट्रिय हितमा गम्भीर असर पुगिरहेको समयमा दिव्य उपदेश र बौद्धिक दृष्टिकोणहरूको महत्व अझ बढ्दै गएको छ । कतिपय देशले स्वार्थको लागि कुनै न कुनै सुरक्षा कवज खोज्दछन्, हाम्रो देशको सही छाहरी शान्तीको कवज हुनै पर्दछ । नेपाल निर्माणमा मार्गदर्शी र सेनापति बडामहाराजाधिराजको विरासत र वंशका प्रतिनिधिका रुपमा मेरो भूमिका स्पष्ट रहेको छ ।

पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, सबैतहका भ्रष्टाचारलाई दण्डनीय अपराध मान्ने र कसैप्रति “घाह” नराख्ने शान्तिक्षेत्र नेपाल नै हाम्रा अभिष्ट र मार्गचित्र हुन । जनताको चाहनाबाट “कजाई” निर्धारित हुनुपर्ने परिकल्पना पृथ्वीपथका मौलिक आकाँक्षा हुन् ।

अन्त्यमा, जनता र राजाले एकिकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसाथ गर्दै सबल राष्ट्र बनाउने महान कार्यमा सबैलाई जुटाउँ र नेपाललाई फेरी उठाउँ । श्री गोरखनाथले हामी सबैलाई सत्बुद्धि दिउन् । जय नेपाल !

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।