Washington DC, US : April 5, 2026, Sunday 08:23 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त|इमान्दार एमाले नेता र कार्यकर्ताका लागि यो भन्दा ठुलो नैतिक हार अरु के होला र !|चीनले पाकिस्तानसँग मिलेर युद्ध रोक्ने प्रयास, पाँच बुँदे प्रस्ताव अघि सारे|बेलायतसहित पश्चिमी मुलुकहरू लक्षित कडा र असामान्य टिप्पणी|Sadhain Saathmaa Timro : New Official Music Video|चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान, संविधान संशोधनका लागि बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय|गृहमन्त्री सुधन गुरूङ प्रहरी प्रधान कार्यालय पुगेर के गरे ? के भने ?

“सबल र स्वाधीन नेपालको लागि नेपाली सेनाको अपरिहार्यता र नागरिकको कर्तव्य” : ‘सत्य र न्यायको खोजी अभियान’ अपरिहार्य राजनीतिक विकल्पको पहिचान गर्न ढिला नगर्न मानवअधिकारकर्मी, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठको आह्वान, “अझै पनि राजाको पक्षमा नआउनेहरू नेपाली नै होइनन्” भन्ने दाबी गरेअभियन्ता तथा अधिवक्ता स्वागत नेपालले

  NepalMother.com | २४ पुष २०८२, बिहीबार ०८:४२

 ‘सत्य र न्यायको खोजी अभियान’ ले उसकै शब्दमा “तथाकथित अवैध अन्तरिम सरकार”, संवैधानिक निकाय र राज्य संयन्त्रहरू कानूनले निर्धारण गरेको प्रक्रिया र मर्मअनुसार सञ्चालन हुन नसकेको, ती निकायका पदाधिकारीहरू कतै न कतै भ्रष्टाचारमा संलग्न रहेको आरोपका कारण राज्य संयन्त्रकै मान–मर्यादा खस्कँदै गएको अवस्थाबीच देशको मेरुदण्डका रूपमा रहेको नेपाली सेनामाथि पछिल्लो समय निरन्तर टीका–टिप्पणी र नियोजित धारावाहिक समाचारहरू प्रकाशन हुन थालेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। जेन्जी आन्दोलनपछि विशेषगरी सेनालाई लक्षित गर्दै लेखिने–बोलिने प्रवृत्ति बढेको र यसले राष्ट्रियता, सुरक्षा र संस्थागत सन्तुलनमै प्रश्न उठाइरहेको निष्कर्षसहित ‘सत्य र न्यायको खोजी अभियान’ ले “सबल र स्वाधीन नेपालको लागि नेपाली सेनाको अपरिहार्यता र नागरिकको कर्तव्य” शीर्षकमा पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रम मिति २०८२/०९/२३ गते प्रज्ञा प्रतिष्ठान मा सम्पन्न भयो।

आयोजकहरूले राज्यका प्रमुख निकाय राष्ट्रपतिको कार्यालय, न्यायालय, महाधिवक्ताको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सूचना आयोग, संघीय संसद, संघीय संसदको सचिवालय, नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा लगायत—कानूनको मर्मअनुसार चल्न नसक्दा उत्पन्न भएको अविश्वासको वातावरणमा नेपाली सेनामाथि समेत प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताए। नेपाली सेना राष्ट्रियता र सुरक्षाको आधारस्तम्भ भएकाले यसलाई भित्र वा बाहिरबाट कमजोर पार्ने कुनै पनि प्रयासको कारण पहिचान गरी समाधान गर्नुपर्ने र प्रमाणविहीन, भावनात्मक वा देशी–विदेशी इशारामा गरिने सेना–विरोधी प्रचारलाई निरुत्साहित गर्नुपर्नेमा वक्ताहरू एकमत देखिए।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तथा मानवअधिकारकर्मी, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, मानवअधिकार क्षेत्रमा संयुक्त राष्ट्र संघमा लामो समय काम गरेका भाईराजा पाण्डे र अभियन्ता तथा अधिवक्ता स्वागत नेपालले कडा टिप्पणी गरे। उनीहरूले “संविधान र कानूनले नचिनेको, जनताले स्वीकार नगरेको अवैध अन्तरिम सरकारको सन्दर्भ उठाउँदै यस्तो अवस्थामा राज्य जोगाउन नेपाली सेनाले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने” धारणा राखे। जेन्जी आन्दोलनका नाममा हिंसा, जालसाजी र विदेशी समर्थनको सहारामा बनेका संरचनालाई नियन्त्रणमा लिएर राजाको शासन व्यवस्था पुनःस्थापनामा सहयोग गर्नुपर्ने अभिव्यक्तिसमेत आए। देश विकासका लागि स्वदेश तथा विदेशमा रहेका बेदाग नेपाली विज्ञहरू सम्मिलित सानो आकारको सरकार गठन गर्न सकिने र त्यसका लागि आवश्यक संविधानको खाका तयार पार्ने लेखन कार्य भइरहेको दाबी पनि कार्यक्रममा गरियो।

पूर्व न्यायाधीश समाजका अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व न्यायाधीश टेपबहादुर सिंहले राज्य संयन्त्र, विशेषगरी न्यायालयमा विकृति मौलाएको उल्लेख गर्दै सेना अझ बलियो र राष्ट्रहितमा केन्द्रित हुनुपर्ने टिप्पणी गरे। सेनाका पूर्व उपरथी जनरलहरू पूर्णसिंह सिलवाल र होमनाथ दवाडीले नेपाली सेनाको ऐतिहासिक योगदान स्मरण गराउँदै देशको रक्षा र सार्वभौमिकताका लागि यसको अपरिहार्यता रहेको र अझ सशक्तिकरण गर्दै लैजानु पर्ने बताए।

वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले संयुक्त राष्ट्र संघको बहुराष्ट्रिय शान्ति सेना रहेको सुडानको युद्धग्रस्त डारफुर क्षेत्रमा गुरिल्ला–नियन्त्रित जवलमारामा पहिलोपटक कर्णेल अनुपजंग थापाको नेतृत्वमा नेपाली सैनिक टोलीले साहसिक रेकी सम्पन्न गरेपछि सुडानस्थित संयुक्त राष्ट्र संघको मुख्य कार्यालय मा नेपाली सेनाको व्यापक प्रशंसा भएको प्रसंग स्मरण गराए। उनले देश राष्ट्रवादी र गैर–राष्ट्रवादी दुई कित्तामा विभाजित हुँदै गएको दाबी गर्दै कांग्रेस, एमाले, माओवादी, रास्वपा तथा अन्य दलसमर्थक राष्ट्रवादीहरूलाई दलीय दासत्वको घेरा तोडेर विदेशी प्रभाव बढ्दै गएको अवस्थामै राष्ट्र जोगाउने अपरिहार्य राजनीतिक विकल्पको पहिचान गर्न ढिला नगर्न आह्वान गरे।

अधिवक्ता स्वागत नेपालले अझ कडा अभिव्यक्ति दिँदै “अझै पनि राजाको पक्षमा नआउनेहरू नेपाली नै होइनन्” भन्ने दाबी गरे।

कार्यक्रममा प्राध्यापक जगमान गुरुङले सस्तो लोकप्रियताको पछि लाग्ने गलत मानिसहरूलाई देशका स्टेकहोल्डर नबनाउन, खोटरहित राष्ट्रवादीहरूलाई चिन्न र तिनका सल्लाह–सुझाव सुन्न सेनालाई सचेत गराए।

बहुसंख्यक सेना र प्रहरीका सेवाअवकाशप्राप्त उच्च अधिकृतहरू उपस्थित कार्यक्रममा न्याय र कानून क्षेत्रका स्थापित पूर्व न्यायाधीश, कानूनविद्, सञ्चारकर्मी तथा स्वतन्त्र अभियन्ताहरूको बाक्लो सहभागिता थियो। प्रखर वक्ता, अभियन्ता तथा अधिवक्ता हरि कट्टेलले कार्यक्रमको उद्घोषणासँगै समापन भाषण गर्दै राष्ट्रिय संस्थाहरूको संरक्षण, सत्य र न्यायको खोजी तथा नागरिक कर्तव्यबोधबिना देश बलियो हुन नसक्ने निष्कर्ष प्रस्तुत गरे।

May be an image of text that says 'पृथ्वी पथ एउटेमात्र विकल्प हो! ! संसारभर जहाँ सुख शान्ति अनि समृद्ध छ त्यहाँ राजसंस्थाहरु छन् धैर्य गर्नुहोसू छटे नेपालर नेपालीले सुख अनि शान्ति पाउनेछनू'

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।