Washington DC, US : January 22, 2026, Thursday 08:21 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डाभोसबाट ट्रम्पको सन्देश : ‘हामीलाई चाहिएको सबै कुरा समेटिएको छ’|दूर्जेय चेतनाको ” मन मुटु साटेर “|प्रतिनिधिसभा निर्वाचनमा खडा भएका उमेदवारहरुको नामावली हेर्नुस !|Breaking News: एक वर्षमै ५८३ नेपाली अमेरिकाबाट निष्कासित|‘३० वर्ष प्रहरी सेवामा रहँदा अत्याचार विरुद्ध लडेँ, अब संसद्‌मा गएर भ्रष्टाचार विरुद्ध लड्ने योजना छ ।’|१६५ सिटका लागि ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराए|ल्होछार अमेरिकाको क्यालिफोर्निया राज्यमा साताव्यापी !|साउदी अरेबिया मा सोनाम ल्होछार तथा बृहत् सांस्कृतिक कार्यक्रम|योगेश भट्टराईलाई खुलापत्र !|डेनमार्कले ग्रिनल्याण्डमा सैन्य उपस्थिति उल्लेखनीय रूपमा विस्तार

वार्ताअघि रुसले युक्रेनको राजधानी किभ माथि व्यापक हवाई आक्रमण करिब १० घण्टा लामो मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित ३२ जना घाइते भएका छन्।

  NepalMother.com | १२ पुष २०८२, शनिबार १०:१०

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच आइतबार हुने भनिएको शान्ति वार्ताअघि रुसले युक्रेनको राजधानी किभ माथि व्यापक हवाई आक्रमण गरेको छ। करिब १० घण्टा लामो मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित ३२ जना घाइते भएका छन्। किभ प्रहरीले जनाएअनुसार ७१ वर्षका एक वृद्धको ज्यान गएको हो। किभका मेयर भिटाली क्लिच्कोका अनुसार कडा जाडोका बीच २,६०० भन्दा बढी आवासीय भवनमा तापक्रम (हिटिङ) अवरुद्ध भएको छ। यसका साथै १८७ किंडरगार्टेन, १३८ विद्यालय र २२ सामाजिक संस्थामा पनि ताप सेवा बन्द भएको छ।

युक्रेनी वायुसेनाका अनुसार रुसले एकै रातमा ५१९ ड्रोन र ४० मिसाइल प्रहार गरेको हो। आक्रमणले मुख्यतः ऊर्जा र नागरिक पूर्वाधारलाई निशाना बनाएको बताइएको छ। शहरका विभिन्न भागमा आगलागी हुँदा कार मर्मत केन्द्र र आवासीय भवनहरू जलेका छन्। वृद्धाश्रमका बासिन्दालाई आपतकालीन रूपमा सुरक्षित स्थानमा सारिएको छ। अमेरिका प्रस्थानअघि विमानमै बोल्दै राष्ट्रपति जेलेन्स्कीले ट्रम्पसँगको भेटमा युक्रेनका लागि कानुनी रूपमा बाध्यकारी सुरक्षा प्रत्याभूति (security guarantees) चाहिने स्पष्ट संकेत खोज्ने बताएका छन्। उनले रुसका निरन्तर आक्रमणका कारण युक्रेनलाई थप वायु प्रतिरक्षा प्रणाली र मिसाइल आवश्यक रहेको दोहोर्‍याए। “युरोपेली समर्थन आज हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ। हामीसँग पर्याप्त अतिरिक्त वायु प्रतिरक्षा छैन,” उनले भने।

ट्रम्पसँग भेटअघि जेलेन्स्की क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग छलफल गर्न क्यानडा जाने कार्यक्रम पनि छ। उता ट्रम्पले पोलिटिकोसँगको अन्तर्वार्तामा जेलेन्स्कीसँगको भेट “राम्रै हुने” अपेक्षा व्यक्त गर्दै आफूले छिट्टै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुरा गर्ने बताएका छन्। आक्रमणपछि पोल्याण्डले लडाकु विमानहरू तयारी अवस्थामा राख्दै अस्थायी रूपमा दुई विमानस्थल बन्द गरेको रोयटर्सले जनाएको छ। यसैबीच युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लायन ले शनिबार जेलेन्स्की, ट्रम्प र अन्य युरोपेली नेताहरूसँग संयुक्त टेलिफोन संवादमा सहभागी हुने आयोगका प्रवक्ताले बताएका छन्।

युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा तयार पारिएको प्रारम्भिक २८ बुँदे प्रस्तावलाई छोट्याएर हाल २० बुँदे रूप दिइएको छ, जसलाई जेलेन्स्कीले “युद्ध अन्त्यतर्फको आधारभूत दस्तावेज” भनेका छन्। यद्यपि क्रेमलिनबाट औपचारिक प्रतिक्रिया नआएको जेलेन्स्कीको भनाइ छ। उनले दबाब पर्याप्त नभए थप उपायबारे ट्रम्पसँग छलफल गर्ने संकेत पनि दिएका छन्।

रुसका केन्द्रीय मागहरूमा युक्रेनले नेटो सदस्यता त्याग्नु र पूर्वी डोनबास (डोनेत्स्क र लुहान्स्क)बाट युक्रेनी सेना पूर्ण रूपमा फिर्ता हुनु समावेश छन्। जेलेन्स्कीले नेटो सदस्यता नलिने सर्तमा नेटोको अनुच्छेद–५ सरह सुरक्षा प्रत्याभूति खोज्ने र क्षेत्रीय व्यवस्थामा पारस्परिक (reciprocal) फिर्ता र निष्सैन्यीकरण (demilitarization) को प्रस्ताव अघि सारेका छन्। युक्रेनको संविधानअनुसार सीमासम्बन्धी कुनै पनि परिवर्तन जनमतसंग्रहबाट मात्र हुन सक्ने उनले पुनः जोड दिएका छन्। शान्ति वार्ताको तयारी भइरहँदा किभमाथिको यो ठूलो आक्रमणले वार्ताको वातावरण थप जटिल बनाएको छ। जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “लामो वार्ताका शब्दभन्दा ‘किन्झाल’ र ‘शाहेद’ ड्रोनहरू नै क्रेमलिनको वास्तविक सन्देश हुन्।”

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।