Washington DC, US : November 17, 2026, Tuesday 12:28 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकाको राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ वा रासायनिक आक्रमणको आशङ्का, इरानमाथि अमेरिकी गुप्तचरको गम्भीर निगरानी|अमेरिकामा एकपछि अर्को प्रविधि संकट : ठूला बैंकका अनलाइन सेवा प्रभावित, देशभर हवाई उडान अवरुद्ध, माइक्रोसफ्ट र वर्कडेमा समेत समस्या|अवैध आप्रवासन नियन्त्रण गर्न युरोपका पाँच देशको नयाँ योजना, शरण आवेदन अस्वीकृत भएकाहरूलाई अफ्रिकाको रुवान्डा पठाइने|बीपी कोइरालाको सालिक तोडफोड, शशांकद्वारा घोर भर्त्सना|वाह ! परिवर्तन त गजबकै भएछ, अब २० होइन, अझ ठूलो हुल बाँधेर पठाउनुपर्छ !|अमेरिकी नौसेनाका दुई उच्च अधिकारीलाई इरानको धम्की|नेपालमा छठ पर्व यसरी सम्पन्न भयो : फोटो आफै समाचार बोल्छन !|अन्तरिक्ष इतिहासमा स्पेसएक्सको नयाँ कीर्तिमान|म त मर्छु कि क्या हो ? – भाग -१०|अमेरिकामा हवाई उडान अझै अस्तव्यस्त : आज मात्रै ५ हजारभन्दा बढी उडान रद्द, १४ हजार ६ सयभन्दा बढी ढिलाइ, भोलिसम्म सामान्य हुने अपेक्षा

पूर्व न्यायाधीश, वरिष्ठ अधिवक्ता र नागरिक अभियन्ताहरू एकजुट वर्तमान सरकार, न्यायपालिकाको अवस्था र राजनीतिक परिस्थितिबारे पूर्व न्यायाधीश, वरिष्ठ अधिवक्ता र अभियन्ताहरूको संयुक्त पहल सुरु

  NepalMother.com | १० पुष २०८२, बिहीबार ०९:४५

काठमाडौँ । देशमा गहिरिँदै गएको दण्डहीनता, नीतिगत भ्रष्टाचार, न्यायालयलाई कमजोर र निष्प्रभावी बनाउने प्रयास, तथा न्यायिक क्षेत्रभित्र देखिएका विकृति–विसंगतिविरुद्ध आवाज उठाउँदै पूर्व न्यायाधीश, वरिष्ठ अधिवक्ता र नागरिक अभियन्ताहरू एकजुट भएका छन्।

देशभर व्याप्त श्वेतपोष अपराध, राजनीतिक संरक्षणमा भएका आर्थिक तथा संस्थागत भ्रष्टाचार, र न्यायालयमाथि हुँदै आएको प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेपको भण्डाफोर गर्दै जनचेतना जागरणलाई युद्धस्तरमा अगाडि बढाउने उद्देश्यसहित ‘सत्य र न्यायको खोजी अभियान’ सक्रिय रूपमा अघि बढिरहेको छ।

यस अभियानको नेतृत्व वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले गरिरहेका छन्। उनले लामो समयदेखि न्यायिक स्वच्छता, उत्तरदायित्व र पारदर्शिताका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्। अभियानले केवल न्यायालयभित्रका समस्यामात्र नभई शक्तिको दुरुपयोग गरेर उन्मुक्ति पाइरहेका श्वेतपोष अपराधीहरूलाई पनि सार्वजनिक रूपमा उजागर गर्ने लक्ष्य लिएको छ।

यसैक्रममा, सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंहको नेतृत्वमा स्थापित ‘पूर्व न्यायाधीश फोरम नेपाल’ र सत्य तथा न्यायको खोजी अभियानबीच औपचारिक कार्यगत एकताको प्रारम्भिक बैठक तथा छलफल सुरु भएको छ।

न्यायपालिकामा देखिएका विकृति र जिम्मेवार पात्रमाथि केन्द्रित छलफल

बैठकमा न्यायपालिकाभित्र देखिएका संस्थागत विकृति, अस्वस्थ अभ्यास, निर्णय प्रक्रियामा देखिएको अपारदर्शिता, तथा ती अवस्थाका लागि जिम्मेवार पात्र र तिनका गतिविधिहरूलाई उजागर गर्ने विषयमा गम्भीर छलफल भएको जनाइएको छ।

साथै, वर्तमान राजनीतिक अन्योल, कमजोर शासन प्रणाली, र त्यसले राष्ट्रियता, लोकतन्त्र तथा विधिको शासनमाथि सिर्जना गरेको खतरालाई समयमै सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

राजनीतिक दल, जेन्जी समूह र नागरिकलाई राष्ट्रिय शक्तिका रूपमा एकताबद्ध गर्ने आह्वान

छलफलमा सहभागीहरूले सबै राजनीतिक दल, युवा पुस्ता (जेन्जी समूह) र आम नागरिकलाई राष्ट्रिय शक्तिका रूपमा एकाकार गर्न कार्यगत एकता अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्। देशको भविष्य, न्याय प्रणालीको विश्वसनीयता र लोकतान्त्रिक मूल्यको रक्षा गर्न नागरिकस्तरबाट संगठित दबाब सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ।

सार्वजनिक विज्ञप्ति जारी गर्ने तयारी

यस अवसरमा पूर्व न्यायाधीश फोरम नेपालले मुलुकको वर्तमान राजनीतिक अवस्था, न्यायपालिकाको भूमिका र वर्तमान स्थितिका विषयमा सार्वजनिक विज्ञप्ति जारी गर्ने तयारीसमेत गरेको जानकारी प्राप्त भएको छ। विज्ञप्तिमार्फत न्यायिक सुधार, राजनीतिक उत्तरदायित्व र राष्ट्रिय हितका विषयमा स्पष्ट धारणा सार्वजनिक गरिने बताइएको छ।

May be an image of studying, television and table

May be an image of one or more people

May be an image of one or more people, newsroom and text

May be an image of one or more people, people studying and table

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।