Washington DC, US : March 7, 2026, Saturday 09:07 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकी प्रतिनिधि सभामा ३७२ मतका साथ पारित भयो इरान “विश्वकै सबैभन्दा ठूलो राज्य–प्रायोजित आतंकवाद समर्थक देश” प्रस्ताव|कम्युनिष्ट सिध्याउने कलंक बने ओली !|अहंकार दम्भ र घमण्डको पहाड भत्किएपछिको जनअपेक्षा|ट्रम्प भन्छन इरानसँग वार्ताको एक मात्र विकल्प भनेको “निःशर्त आत्मसमर्पण”, इरानले युद्धका कारण ठूलो मानवीय क्षति भएको दाबी|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !|तितो सत्य : खड्ग प्रसाद शर्मा ओलीलाई नेपालको इतिहासले सधै सम्झिरहने छ तर नायकका रुपमा होइन !|ट्रम्पले बर्खास्त गरे गृहमन्त्री क्रिस्टी, मुलिन नयाँ गृहमन्त्री प्रस्ताब|अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको “अपरेशन एपिक फ्युरी” सातौँ दिनमा प्रवेश गर्दा मध्यपूर्वको सुरक्षा अवस्था झन् तनावपूर्ण|इरान युद्ध छैटौँ दिनमा प्रवेश, आक्रमण अझ तीव्र, क्षेत्रीय तनाव फैलिँदै|प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार देशभर भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न

केपी शर्मा ओली निवासमै पुगेर देउवालाई हौस्याएपछि….

  NepalMother.com | ७ पुष २०८२, सोमबार २१:४६

काठमाडौँ । एमालेको अध्यक्षमा लगातार तेस्रो कार्यकाल (ह्याट्रिक) जितेपछि केपी शर्मा ओलीले दिएको कडा वक्तव्यले नेपाली राजनीति फेरि तनावपूर्ण मोडमा प्रवेश गरेको छ। ‘एमाले नेतृत्वलाई कसैले छोयो भने देश ठप्प पार्नुपर्छ, सरकार ढाल्नुपर्छ’ भन्ने ओलीको अभिव्यक्तिलाई केवल उत्तेजनात्मक भाषण मात्रै नभई सम्भावित संकटको संकेतका रूपमा हेरिन थालेको छ। आफ्नै विरुद्ध दुईवटा संवेदनशील प्रकरणमा अनुसन्धान अघि बढ्न थालेपछि ओलीले कार्यकर्तालाई उक्साउँदै भिडन्तका लागि तयार रहन निर्देशन दिएको बुझाइ व्यापक छ।

पहिलो विषय पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगसँग जोडिएको छ। आयोगले ओलीलाई बयानका लागि बोलाउने अन्तिम तयारी गरिसकेको अवस्थामा ओलीले त्यसलाई सिधै अस्वीकार गर्दै ‘गोली हान्न सक्नुहुन्छ’ भन्ने स्तरको सार्वजनिक चुनौती दिएका छन्। राज्यका संवैधानिक निकायलाई यसरी खुला अवहेलना गर्नुले उनी स्वयं दोषी ठहरिन सक्ने आशंका झन् गहिरिएको छ।

दोस्रो प्रकरण नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा भएको भनिएको अनियमिततासँग सम्बन्धित छ। उक्त प्रकरणमा ओलीकै स्वकीय सचिवलाई घर खरिद गरिदिएको दाबीसमेत सहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ। यस विषयमा अनुसन्धान अघि बढे ओली तानिने निश्चित देखिन्छ। त्यसमाथि गिरिबन्धु चिया बगानसँग जोडिएको फाइल खुलेपछि अझै धेरै तथ्य बाहिर आउने सम्भावना रहेको बताइन्छ।

भदौ २३ गते बानेश्वरमा भएको गोलीकाण्डमा समेत ओलीको भूमिकामाथि प्रश्न उठिरहेको छ। त्यस घटनापछि भोलिपल्ट देशभर भएको आगजनी र तोडफोडको मूल जिम्मेवारीसमेत अन्ततः ओलीतर्फै जान सक्ने दाबी एक पक्षको छ। यही सम्भावित कानुनी र नैतिक दबाबबाट बच्न ओलीले ‘ह्याकुला’को राजनीति अपनाउँदै विषयान्तर गर्न खोजेको विश्लेषण हुँदै आएको छ—चाहे आयोगमा नजाने अडान होस् या मुद्दा परे सडकमा कार्यकर्ता उतार्ने धम्की।

यस अवस्थालाई झनै जटिल बनाएको छ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाले। ओलीको रणनीतिलाई मौन समर्थन गर्दै ‘वैतरणी’ पार गराउने प्रयासमा देउवा उभिएपछि मुलुक झन् अँध्यारो सुरुङतर्फ धकेलिन सक्ने चिन्ता बढेको छ। भदौ २४ को राति अज्ञात भेषमा बूढानीलकण्ठबाट बाहिरिएका देउवा असोज २६ गते एकाएक केन्द्रीय समिति बैठकमा देखापरे। राजनीतिबाट सन्यास लिने मनस्थितिमा पुगेका देउवालाई कांग्रेसकै एक समूहले उचालेर पुनः सक्रिय बनाएको देखिन्छ।

ओली निवासमै पुगेर देउवालाई हौस्याएपछि देउवाले आफ्ना निकट नेताहरूलाई एमालेको लहलहैमा लागेर प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभ्याएको आरोप लाग्दै आएको छ। ओली हाल संसद् पुनःस्थापनालाई आफ्नो मुख्य रणनीति बनाइरहेका छन्। पुनःस्थापनापछि सत्ताको खेलमा देउवालाई तान्ने उनको चाहना स्पष्ट देखिन्छ।

यसबीच कांग्रेसभित्र शक्ति सन्तुलन फेरिएको छ। पहिले देउवा र डा. शेखर कोइराला समूहमा सीमित कांग्रेस अहिले तीन समूहमा विभाजित देखिन्छ। महामन्त्री गगन थापा कोइरालाबाट अलगिँदै गएपछि अवस्था झन् जटिल बनेको छ। धेरै सांसदले पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरिसकेका छन्, तर शीर्ष नेताहरू भने औपचारिक रूपमा हस्ताक्षर गर्न हिच्किचाइरहेका छन्। बूढानीलकण्ठ खण्डहर बनेपछि महाराजगञ्जमा बस्दै आएका देउवामा संसद् पुनःस्थापनामार्फत गिरेको राजनीतिक साख फिर्ता गर्ने र महाधिवेशन लम्ब्याउने आकांक्षा पलाएको देखिन्छ।

यता सहकारी ठगी प्रकरणमा लामो समय थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने धरौटीमा मुक्त भएका छन्। मुक्त भएसँगै उनले सरकारलाई समर्थन गर्दै कुनै पनि बहानामा निर्वाचन सार्न नहुने अडान सार्वजनिक गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस–एमालेका शीर्ष नेतासँग दूरी राख्दै आएको बेला लामिछानेलाई भने बालुवाटारमा विशेष स्वागत गरिएको दृश्यले कांग्रेस–एमाले र सरकारबीचको दूरी अझ बढ्न सक्ने संकेत गरेको छ।

अब सबैभन्दा ठूलो प्रश्न चुनावको हो। सरकार र निर्वाचन आयोगको तयारी हेर्दा अहिलेसम्म निर्वाचन रोकिने स्पष्ट संकेत देखिँदैन। समानुपातिक सूची बुझाउने समय आइसकेको छ र दलहरू तयारीमा छन्। तर ओलीका धम्कीपूर्ण अभिव्यक्ति, सरकारविरुद्ध भइरहेका सडक प्रदर्शन र राजावादी समूहसँग जोडिएका दुर्गा प्रसाईंका गतिविधि निर्वाचन केन्द्रित भन्दा पनि मिति सार्ने वातावरण बनाउन लक्षित देखिन्छन्।

यस्तो अवस्थामा यदि कांग्रेस–एमाले सर्वोच्च अदालत पुगेको मागअनुसार प्रतिनिधिसभा पुनःस्थापना भइदियो भने राजनीतिक परिदृश्य पूर्ण रूपमा उल्टिन सक्छ। सर्वोच्च अदालतले ‘अर्को सरकार बन्ने विकल्प रहेसम्म संसद् विघटन गर्न नपाइने’ नजिर स्थापित गरिसकेको छ। यदि अदालतले यही नजिरअनुसार निर्णय गर्‍यो भने मुलुक फेरि अस्थिरताको नयाँ चक्रमा प्रवेश गर्ने सम्भावना नकार्न सकिँदैन।

May be an image of dais

May be an image of one or more people, the Oval Office and dais

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।