Washington DC, US : July 27, 2026, Monday 02:36 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सुनसरीको कप्तानगञ्ज हिंसा : मृतक संख्या दुई पुग्यो, सामुदायिक सद्भावमा गम्भीर चोट|अमेरिका : फुड फेस्टिभलमा तीनको मृत्यु, दुई वर्षीय बालकसहित चार घाइते, एक पक्राउ, अर्कोको खोजी जारी|प्रहरीको गोलीबाट युवाको मृत्यु, कर्फ्यु उल्लंघनपछि सेना परिचालन|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग|अब फेरि स्वर्ग गए पनि, नर्क गए पनि संगै जाने सहमति भएछ, ल बधाई छ !|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण

यस्ता छन नेपालका आजका प्रमुख समाचारहरु

  NepalMother.com | ३० मंसिर २०८२, सोमबार ०७:००

काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकारवालासँग संवाद अघि बढाउन उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हाको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्।

सोही बैठकले भारतीय रुपैयाँ २०० र ५०० दरका नोट नेपालमा चलाउन अनुमति दिने निर्णय पनि गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सन् २०१६ नोभेम्बरदेखि निष्कासनमा रहेका ती दरका भारतीय नोट नेपाल भित्र्याउन तथा भारत लैजान खुला गरिएको हो। अब दुवै देशका नागरिकले प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्मका भारतीय नोट ल्याउन र लैजान पाउनेछन्। यसअघि नेपालमा भारतीय रुपैयाँ १०० दरका नोट मात्रै बोक्न अनुमति थियो।

यता विशेष अदालतले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता भएको आरोपसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध परेको उजुरी र सोसँग सम्बन्धित मुद्दाका फाइल मगाउन आदेश दिएको छ। विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले २०६९ मंसिर २५ गतेको निर्णयसहित उजुरीसम्बन्धी सम्पूर्ण कागजात झिकाउन आदेश दिएको हो। अदालतले विशेष सरकारी वकिलको कार्यालयमार्फत सरकारी साक्षी झिकाउन र आरोपितहरूलाई पनि आफ्ना साक्षी पेस गर्न निर्देशन दिएको छ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाखमा निर्वाचन गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेपछि राजनीतिक वृत्त तरंगित बनेको छ। चुनाव तोकिएको मितिमा हुने–नहुनेबारे अन्योल कायम रहँदा शर्माको अभिव्यक्तिलाई विभिन्न कोणबाट हेरिएको छ। कांग्रेसभित्रै महाधिवेशन कार्यतालिका कार्यान्वयन गर्न कठिन हुने विश्लेषणका आधारमा उक्त धारणा आएको टिप्पणी पनि भइरहेका छन्।

महामन्त्री शर्माले जेनजीसँग भएको समझदारी कार्यान्वयनको प्रक्रिया सुरु गर्न, चुनावी वातावरण बनाउन, हिमाली क्षेत्रमा फागुन महिनामा अत्यधिक चिसो हुने अवस्था तथा फागुन १९ मा तराई–मधेशमा होली पर्व पर्ने भएकाले फागुन २१ मा चुनावी माहोल बन्न कठिन हुने तर्क अघि सारेका छन्।

उता ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका माग सम्बोधन गर्न नसके वर्तमान सरकारको औचित्यमाथि नै प्रश्न उठ्ने चेतावनी दिएका छन्। उज्यालो नेपाल पार्टीको काभ्रे जिल्ला भेलामा जेनजी युवाले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकिएको र सरकार त्यसकै जगमा बनेको बताएका छन्।

घिसिङले जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा कसैलाई प्रहरीले दुःख दिने, धरपकड गर्ने वा झुटा मुद्दामा फसाउने कार्य भए त्यसले सरकारको औचित्य समाप्त हुने बताए। उनले काभ्रेमा बुझाइएको ज्ञापनपत्रका अधिकांश विषय सरकारसँगको सम्झौतामै समेटिएको र बाँकी विषय कार्यान्वयनको चरणमा रहेको जानकारी दिए।

उज्यालो नेपाल पार्टीको अघोषित नेतृत्वमा रहेका घिसिङले ‘उज्यालो काभ्रे’ अभियानलाई तीव्र बनाउँदै दिन–रात नभनी सक्रिय हुन नेता–कार्यकर्तालाई आग्रह गरे। उनले छोटो समयमै परिवर्तन सम्भव रहेको र आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्नुपर्ने दाबी गरे।

यता नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भएको जनाएको छ। असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति कात्तिक मसान्तसम्म ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ, जसले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तको १९ अर्ब ५० करोडबाट कात्तिक मसान्तमा १०.३ प्रतिशतले बढेर २१ अर्ब ५२ करोड पुगेको छ। राष्ट्र बैंकसँग रहेको सञ्चिति २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति पनि २५.८ प्रतिशतले बढेर तीन खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

तर अर्कोतर्फ बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षित रूपमा नआउनु र पुराना कर्जाको साँवा–ब्याज नउठ्दा खराब कर्जाको आकार बढ्दो देखिएको छ। ऋण नतिर्नेको संख्या बढेसँगै बैंकहरूले कर्जा नोक्सानी जोखिम वापत छुट्याउनुपर्ने रकम बढेको छ, जसले बैंकहरूको नाफा र लाभांशमा दबाब सिर्जना गरेको छ।

नेपाल राष्ट्र बैंकको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार कर्जा नोक्सानी जोखिम वापत छुट्याइएको रकम ४० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जुन असोजको तुलनामा करिब ४.८ प्रतिशतले बढी हो। यसमध्ये वाणिज्य बैंकको हिस्सा सबैभन्दा ठूलो रहेको छ। विशेष कर्जा नोक्सानी प्रावधान भने निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ, जसले समस्याग्रस्त कर्जाको दबाब अझै कायम रहेको संकेत गर्छ।

कर्जा नोक्सानीका लागि ठूलो रकम छुट्याउनुपर्दा बैंक तथा वित्तीय संस्थाको खुद नाफा चालु आवको सुरुमा घटेको थियो। असोजसम्म १४ अर्ब ६७ करोडमा सीमित नाफा कात्तिकसम्म बढेर २१ अर्ब ३१ करोड पुगे पनि अघिल्ला वर्षको तुलनामा अझै कमजोर नै रहेको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरू अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै कर्जा नोक्सानी प्रोभिजनिङ बढ्नुका पछाडि जेनजी आन्दोलन र बाढी–पहिरोले अर्थतन्त्रमा पारेको असर प्रमुख कारण रहेको बताए। उनका अनुसार यसवर्ष मंसिर, पुस र माघजस्ता सिजनमा पनि ऋणको माग कमजोर देखिएको छ, जसले बैंकर र व्यवसायी दुवैलाई अन्योलमा पारेको छ।

समग्रमा, विदेशी मुद्रा सञ्चिति सुदृढ हुँदै गएको भए पनि राजनीतिक अस्थिरता, कमजोर कर्जा माग र बढ्दो कर्जा नोक्सानीका कारण बैंकिङ प्रणालीमाथि दबाब कायमै रहेको देखिन्छ। यसले अल्पकालमा बैंकहरूको नाफा र लाभांशलाई प्रभावित पार्ने संकेत देखिएको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor