वरिष्ठ अधिवक्ता, संबिधान तथा कानुन विज्ञ, सामाजिक अभियन्ता ध्रुवलाल श्रेष्ठले राष्ट्रहित, कानुनी शासन र नेपाली पहिचानमाथि क्रमशः बढ्दो खतरा देखाउँदै सबै राष्ट्रवादी नेपालीहरूलाई तत्कालै एकताको लागि आग्रह गरेका छन्। देश ३६ वर्षदेखि दलगत लुटतन्त्रको चंगुलमा परेको उनले उल्लेख गर्दै, दलीय संरचनाले राजनीतिक, आर्थिक र संस्थागत रूपमा नेपाललाई कमजोर बनाउँदै लगेपछिको अवस्थाले अब धैर्यको सीमा नाघिसकेको टिप्पणी गरेका छन्। श्रेष्ठका अनुसार देश लुटिएको तथ्य प्रमाणसहित सार्वजनिक गर्न राष्ट्रवादीहरू सडकदेखि अदालतसम्म सक्रिय रहे, कानुनी निकायहरूमा मुद्दा दायर गर्दै राज्यशक्तिको दुरुपयोग, उच्चस्तरीय भ्रष्टाचार र दलगत कब्जाको निरन्तर भण्डाफोर गरिरहे। तर अन्तरिम सरकार गठनसँगै दलीय स्वार्थको पुनः चहलपहल बढ्दै गएपछि पुरानै विकृतिहरू झन् तीव्र रूपमा फर्किएको उनले आरोप लगाए।
श्रेष्ठले दाबी गरेका छन् कि अन्तरिम सरकारले दर्ता खुला गरेपछि राजनीतिक दलहरू च्याउसरि उम्रिएका छन्, तर असल नेतृत्व, विकल्प र राष्ट्रवादी दृष्टिकोण बोकेका शक्तिहरू चियापान र कोठे बैठकमै सीमित रहे। यसैबीच, राजनीतिज्ञ, अभियन्ता, पेशाकर्मी र बुद्धिजीवीहरू पद–पेटको राजनीतिमा अल्झिएर देशहितका मूल मुद्दा छायामा पर्नु राष्ट्रको ठूलो दुर्भाग्य भएको उनको भनाइ छ। उनी थप्छन्—दल र गणतन्त्रको नाममा देशको अस्मिता नै लुटिने अवस्थामा पुगेको छ, तर वैकल्पिक राष्ट्रवादी शक्ति निर्माणमा जोश, तयारी र प्रतिबद्धता देखिन्न।
उनले प्रेस विज्ञप्तिमा देशलाई बर्वाद गर्ने मूल शक्ति भनिएका समूहहरू—हत्यारा, आतंककारी, दलाल, भ्रष्ट ठग, संवैधानिक अंगका प्रमुखहरू, सुरक्षा संयन्त्रका शीर्ष अधिकारीहरू, न्यायपालिकाका उच्च पदाधिकारीहरूदेखि वकिल, डाक्टर, इन्जिनियर, प्राध्यापक, राजदूत, निजामति कर्मचारी तथा दलीय दासत्वमा बाँधिएका व्यक्तिहरू—सबैले राष्ट्रविरोधी प्रभाव विस्तार गरिरहेको गम्भीर आरोप लगाए। उनले ‘ओम’ शब्द हटाउने विवादलाई उदाहरण दिँदै विदेशी एजेन्टहरूको योजनामा स्वदेशी अनुहार प्रयोग गरिएको टिप्पणी गर्दै, “त्यो धृष्टता जस्तै यिनिहरूले ‘नेपाली’ शब्द नै हटाउने दिन ल्याउन सक्छन्” भन्दै कडा चेतावनी दिएका छन्।
श्रेष्ठका अनुसार राष्ट्रलाई बचाउने जिम्मा भएका शक्तिहरू नै तटस्थ, मौन र कुर्सीमुखी बनेपछि नेपालको अस्तित्व नै जोखिममा परेको छ। Nepal आमालाई ‘भिरको डिलमा उभिएर गुहार मागिरहेकी प्रतीक’ का रूपमा चित्रण गर्दै उनले अब ढिलो नगरी सबै राष्ट्रवादीहरू एउटै मञ्चमा एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। भित्रभित्रै चलिरहेको सुनियोजित योजनाबाट देशलाई चिरफार गर्ने प्रयास रोक्न नसकिएको खण्डमा नेपाल दीर्घकालीन अस्तित्व संकटतिर धकेलिने उनले चेतावनी दिएका छन्।
उनले अन्त्यमा लेख्छन्—“जुटौँ नेपालीहरू, देश जोगाऔँ।” यो अपील ‘सत्य र न्यायको खोजी अभियान’ नामबाट जारी गरिएको हो।
****
सरकारी र सार्वजनिक जग्गा हड्प्नेहरु जो कोही किन नहोउन् र तिन्का अनुचित प्रभावमा परी कानून मिचेर आदेश फैसला गर्ने न्यायाधीशहरु समेका विरुद्ध कानूनी कारवाही गर्न गराउन हामी प्रतिवद्ध छौं। सर्वोच्चका मा. न्यायाधीशज्युहरुवाट उच्च अदालतका न्यायाधीशहरुले कानून मिची भू- माफियाहरुको पक्षमा गरेको आदेश विरुद्ध भएको आदेश सकारात्मक छ।
उच्च अदालतका न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा हामिले उजुरी दर्ता गरिसकेका छौं।
अवैधानिक कामलाई न्यायाधीश पदको दुरुपयोग गरेर वैधानिकता दिई राज्य द्रोह गर्ने कुनै पनि अदालतका कुनै पनि तह र हैसियतका न्यायाधीशहरुका विरुद्ध समेत कानूनी कारवाही अघि वढाइने काममा हामी कृत संकल्पित छौं।
– सत्य र न्यायको खोजी अभियान



प्रतिक्रिया