Washington DC, US : June 14, 2026, Sunday 12:02 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : अमेरिका इरानबीच युद्ध अन्त्यको ऐतिहासिक सहमति नजिक|भीषण बस दुर्घटना : कारण पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन|किरण बाबु पुनको नेतृत्वमा सांस्कृतिक संस्थानको ऐतिहासिक फड्को|इरान अमेरिका तनावमा नयाँ मोड : ट्रम्पले आक्रमण रोकेको दाबी गर्दै युद्ध अन्त्य सम्झौता नजिक पुगेको घोषणा|२०२६ फिफा विश्वकप : तीन देशमा फैलिएको विश्व फुटबलको महासंग्राम|अमेरिकाको मेरील्याण्ड राज्यमा नेपाली मूलका सतीश चापागाईं आफ्नै पार्टीभित्र प्राईमरी निर्वाचनका लागि उम्मेदवार|भीडको भरमा रबी लामिछानेले गरेको गल्ती|Breaking News : अमेरिका इरान तनाव फेरि चर्कियो, खाडी क्षेत्रमा सैन्य भिडन्त, तेल बजारमा नयाँ झट्का|अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा, इरान युद्धको असरले मूल्यवृद्धि तीव्र, मे महिनामा वार्षिक मुद्रास्फीति दर ४.२ प्रतिशत|अमेरिका–इरान तनाव फेरि चर्कियो : ट्रम्पको चेतावनी, तेहरानको प्रतिउत्तर, मध्यपूर्वमा युद्धको जोखिम अझ गहिरिँदै

ललिता निवास जग्गा प्रकरण नेपालकै पछिल्ला वर्षका सबैभन्दा ठूलो संस्थागत भ्रष्टाचार मध्येको एक

  NepalMother.com | १५ मंसिर २०८२, आईतवार १९:४१

ललिता निवास जग्गा प्रकरण नेपालकै पछिल्ला वर्षका सबैभन्दा ठूलो संस्थागत भ्रष्टाचारमध्येको एक प्रकरणका रूपमा फेरि सार्वजनिक सरोकारको केन्द्र बनेको छ। सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउनेदेखि राजनीतिका शक्तिशाली हात, भूमाफिया र कर्मचारी मिलेमतो हुँदै लाखौँ होइन, अर्बौँ मूल्य बराबरको १ सय १४ रोपनी जग्गा लुटिएको यो घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यस काण्डमा दुई पूर्व सचिव, तीन पूर्व मन्त्रीदेखि अख्तियारकै पूर्व प्रमुख आयुक्तसमेत संलग्न देखिनु संस्थागत विफलता र राजनीतिक–प्रशासनिक अपराधको गहिरो उदाहरण बनेको छ।

अख्तियारले गरेको अनुसन्धानअनुसार सरकारी जग्गा व्यक्तिको नाममा सर्लक्कै दर्ता गराइदिन उच्चस्तरको राजनीतिक संरक्षण मात्र होइन, कर्मचारी प्रणालीभित्रै रहेका गम्भीर कमजोरी, गैरकानुनी सेटिङ र भूमाफियासँगको संगठित मिलेमतो सक्रिय थियो। कतिपय कर्मचारीले त आफ्ना आफन्तका नाममा नै रोपनी–रोपनी जग्गा राखेको पुष्टि भएको छ। त्रिताल आयोगको विस्तृत छानबिनले २ सय ९९ रोपनीमध्ये १ सय १४ रोपनी अनियमित रूपमा कब्जा गरिएको प्रमाणित गरिदिँदा यो कति गहिरोसम्म फैलिएको भ्रष्टाचार थियो भन्ने स्पष्ट हुन्छ।

सरकारकै नेतृत्वमा रहेका प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको कार्यकालमा महत्त्वपूर्ण प्रशासनिक निर्णयहरू भएको देखिए पनि कानुनी संरचना र प्रक्रियागत कारण जनाउँदै उनीहरू मुद्दामा नजोडिएका थिए। तर त्यही मन्त्रिपरिषद्ले नै जग्गा दर्ता प्रक्रियाका लागि ढोका खोलिदिएको तथ्य आयोगको प्रतिवेदनले उजागर गर्छ। मुद्दामा भने तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्वमन्त्री चन्द्रदेव जोशीमाथि करोडौँको बिगो माग दाबी गरिएको थियो। तीन पूर्व सचिवहरू—दीपकुमार बन्स्यात, छवि पन्त र दिनेशहरि अधिकारीमाथि पनि करिब समान परिमाणको बिगो मागिएको थियो।

विशेष अदालतले राजनीतिक नेतृत्वलाई सफाइ दिएपछि अख्तियारले निर्णयसंग असहमति जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। अख्तियारले दोषी ठहरेका ७८ जनामध्ये ६५ जनाको नाममा रहेका जग्गा र १० जनाले सट्टा भर्नामार्फत पाएका जग्गा जफत भइसकेका छन् भने २१ जनाले सफाइ पाएका छन्। अब प्रकरणको अन्तिम फैसला सर्वोच्च अदालतले गर्नेछ।

ललिता निवासको इतिहास हेर्दा यसको नालीबेली १९८६ देखि २०१७ सालसम्म सत्ता, शासन र कानुनी स्वार्थ जत्रो फैलिन सक्दो उदाहरणको रूपमा देखिन्छ। भीमशमशेरको स्वामित्वबाट सुरु भएको जग्गा पछि राज्यले ‘विशेष परिस्थिति ऐन’ र ‘जग्गा प्राप्ति ऐन’ बाट क्रमशः जफत र अधिग्रहण गर्दै सरकारको स्वामित्वमा ल्याइएको थियो। राष्ट्र बैंकदेखि विभिन्न सरकारी कार्यालयसम्म स्थापना गरेका संरचनाबीच भूमाफियाको दृष्टि भने कहिल्यै हटेन।

बहुदल आएपछि राजनीतिक संक्रमणको माहोल, पञ्चायतकालीन सम्पत्ति फिर्ता प्रक्रियामा भएको अव्यवस्था र मालपोत कार्यालयमा भएको गैरकानुनी सेटिङका कारण व्यापक हेरफेर भयो। बिना समिति निर्णय नै ११२ रोपनी ४ आना जग्गा राणा परिवारका नाममा फिर्ता गरिदिँदा त्यही प्रक्रियालाई आधार बनाएर कर्मचारी र बिचौलियाले घुसस्वरूप समेत जग्गा बाँडचलन गरे।

समरजङ कम्पनीको नाममा रहेका खेत–बारीमा किसानलाई नक्कली मोही घोषणा गराइदिने, कागजी सर्तमा आधा जग्गा भूमाफियालाई दिने, अदालतका छिद्र प्रयोग गर्दै सरकारी जमिन ‘मोहियानी हक’ मा कब्जा गर्ने, अनि ती जग्गा पुनः बजारमा बेच्ने जटिल चक्र लगातार वर्षौंसम्म चलिरह्यो। शोभाकान्त ढकाल र रामकुमार सुवेदी जस्ता व्यक्तिहरूलाई त्रिताल आयोगले सीधा भूमाफिया घोषित गरेको छ।

२०६६/६७ मा तत्कालीन प्रधानमन्त्री माधव नेपालको पालामा नक्कली मोही बनाउने चलन चरमचुलीमा पुग्यो। त्यहाँदेखि सुरु भएको सरकारी जग्गा हडपाइ गणतन्त्र युगमा समेत रोकिएन। २०६९ मा गुठीका नाममा दर्ता गरेको भन्दै फेरि व्यक्तिका नाममा बनाइने अर्को चक्र चल्यो।

भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङदेखि, मालपोतका शक्तिशाली कर्मचारी र राजनीतिक पहुँच भएका व्यक्तिहरू यो प्रकरणमा संलग्न देखिनु नेपालमा जग्गा प्रशासन, सुदृढ कानुनी प्रक्रिया र राजनीतिक–प्रशासकीय सदाचार कति कमजोर छ भन्ने तथ्य अझै रिस उठाउने ढंगले प्रस्तुत गर्छ।

सरकारले २०७५ मा त्रिताल आयोग गठन गरेपछि मिहिन छानबिन हुँदै सम्पूर्ण अनियमितता बाहिरियो र जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढ्यो। तर आर्थिक अपराध यति गहिरो गरी बुन्दै आएको थियो कि कानुनी, राजनीतिक र प्रशासनिक तहमा सडानको गन्ध अझै हटिसकेको छैन।

अब जनताको चासो यहीमा अडिएको छ—सर्वोच्चको अन्तिम फैसला नै ललिता निवास प्रकरणले नेपालमा भ्रष्टाचारविरुद्धको लडाइँ कता मोडिन्छ भन्ने जनमत–निर्णायक मोड हुनेछ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor