असफल राष्ट्र बन्ने गोरेटोमा हिडी सकेको देशको बारेमा सोच्ने १/२ नेता पनि देशमा भेटिदैनन् ।
देशमा नेताहरू छन् तर नेतृत्व क्षमता कसैमा छैन, देशलाई निकास दिने कार्ययोजना र स्पष्ट दृष्टिकोण कुनै नेता संग छैन, सबै दलका ठुला साना सबै नेताहरू , भारत, अमेरिका र चिनको लाईन कुरेर बसेका छन् । सधै लम्पसार राजनितीको जोहो गर्दै आएकाहरूले देशलाई यो संकटबाट मुक्ती दिलाउछन् भनेर आश गर्नु पनि मुर्ख्याई हो ।
यस्तै अवसरबादी , स्वार्थी नेतृत्वका कारण राजनीतिक दलहरू किंकर्तव्यविमूढ़ देखिएका छन्। नयाँ राजनीतिक दलहरू पनि पुराना भन्दा खासै फरक देखिदैनन् ।
जनतालाई सुरक्षाको प्रत्याभूति दिने जिम्मेवारी पाएको निकाय आफ्नै सुरक्षाको लागि हार…गुहार …गर्दैछन् ।
कर्मचारी संयन्त्रले आफुलाई बिचौलीया दलालको रूपमा परिचय बनाउदै गएको छ ।
“न्यायको लागि न्यायमुर्तिको आंखाको पट्टी खोल्नु त कता हो कता न्यायलयको ढोकामै भोटे ताल्चा लागेको अनुभूति जनताले गरिरहेका छन् ।
यस्तो संकटपूर्ण अवस्थामा निर्वाचन भयो भने पनि देशको संकट समाधान हुने देखिदैन। एकातिर निर्वाचनको नाममा ब्यापारीले पसल खोले भन्दा धेरै राजनैतिक दलको ब्यापार सुरू भएको छ अर्कोतिर प्रचार प्रशारका लागि जिल्ला जान नसक्ने अवस्थामा निर्वाचन शान्तिपूर्ण रूपमा हुन्छ भन्ने कुरामा न विश्वस्त हुन सकिन्छ, न निर्वाचनले देशमा थिती बसालेर देशलाई संकटबाट जोगाउछ भन्न सक्ने अवस्था नै छ। गुण्डागर्दी बिच सम्पन्न निर्वाचनले प्रजातन्त्रको नौटकीं राजनीतिलाई यस्तै अस्थिर बाटोमा त ल्याउला तर जनताले चाहेको भ्रष्टाचार मुक्त समाज र शुशासन कायम गर्न सक्छ भन्ने भान कतै देखिदैन।
त्यसैले देशलाई संकटबाट मुक्त गर्न र देशको भूगोल जोगाउन ढिलो नगरी राष्ट्रिय एकताको लागि सोचौ, सर्वपक्षीय संवाद सुरू गरौ , दलगत स्वार्थ भन्दा माथी उठौ र श्री ५ सहितको प्रजातन्त्रिक ब्यबस्था स्थापना गर्ने तर्फ लागौ …..जय नेपाल
प्रतिक्रिया