Washington DC, US : January 30, 2026, Friday 04:06 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

जिपी कोईराला फाउन्डेशनकाे रक्तदान कार्यक्रम न्यूयोर्कमा

  NepalMother.com | १ मंसिर २०८२, आईतवार १८:४३

जिपी कोईराला फाउन्डेशन अमेरिकाकाे न्यूयोर्क च्याप्टरले आयोजना गरेको वृहद रक्तदान कार्यक्रम न्यूयोर्कको क्विन्सस्थित उडसाइडमा रहेको आफ्नै कार्यालय परिसरमा सफलतापूर्वक सम्पन्न भएको छ। न्यूयोर्क ब्लड सेन्टरको सहकार्यमा आयोजित कार्यक्रम विहान ११ बजेदेखि साँझ ६ बजेसम्म निरन्तर सञ्चालन भयो।

अनलाइनमार्फत ९२ जनाले सहभागिताको स्वीकृति दिएकोमा विभिन्न कारणले केही उपस्थित हुन नसके पनि, स्वास्थ्य परीक्षणका कारण केही असफल भए पनि ६१ जनाले उत्साहपूर्वक रक्तदान गर्न सफल भएका थिए। फाउन्डेशनका अनुसार एक पिन्ट (५०० मिलिलिटर) रक्तदानले तीन जनाको जीवन रक्षा गर्न सकिने भएकाले यस अभियानलाई मानवीय सेवाको रूपमा अघि बढाइएको हो।

कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे, पदाधिकारी राजेश आचार्य, प्रेम अधिकारी क्षेत्री, सुर्य सिंमखडा, फुदोमा शेर्पा, हिरा तामाङ, स्वयंसेवकहरू शेखर कार्की, टेक कार्की, लाक्पा शेर्पा, तुला शेर्पा गुरुङ, डा. रमेश चित्रकार लगायत प्रारम्भदेखि नै सक्रिय थिए। न्यूयोर्क ब्लड सेन्टरको वातानुकूलित विशेष बसमा चार वटा बेडको प्रयोग गर्दै लगातार रक्त संकलन गरियो। स्वयंसेवकहरूले दर्तादेखि खाद्यान्न, फलफूल, चियापान र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निभाए।

समाजसेवी रविन बज्राचार्य र प्रोफेसर शर्मिला शाक्यले फलफूल तथा अण्डा प्रायोजन गरी योगदान दिए। नेपाली रेष्टुरेन्ट ‘टेस्ट अफ नेपाल’, ‘न्यु नेपाली मम क्याफे’ का संचालक रेखा श्रेष्ठ र हरी पुनले खाना प्रायोजन गर्दै सहयोग जनाए। नेपाल आमा सोसाइटी अफ हेल्पिङ ह्यान्ड्सकी अध्यक्ष शर्मिला सेरचनले १५० जनाका लागि जुस प्रायोजन गरिन्।

कार्यक्रम संयोजक ध्रुव कुँवर क्षेत्रीले नेतृत्व गरेको यो अभियानमा एनआरएनए अमेरिकाकी सचिव लक्ष्मी थापा, कम्युनिटी नेता उर्गेन शेर्पा, क्विन्स रोटरी क्लबका अध्यक्ष कर्मा लामा, सुदूरपश्चिम समाज अमेरिकाका पूर्व अध्यक्ष तथा सल्लाहकार रामबहादुर देउवा लगायतले रक्तदान गर्दै सहयोग जनाए।

त्यसैगरी न्युयोर्क सिटी मेयर कार्यालयका दक्षिण एसियाली सम्पर्क निर्देशक शुकरानी धनपत, आप्रवासी मामिला कार्यालयका माइकल ह्सिह, एनवाइसी कम्प्ट्रोलर–इलेक्ट्र मार्क लेभिनको ट्रान्जिसन टिम सदस्य दिलीप नाथ, संयुक्त राष्ट्रसंघीय धार्मिक समिति महासचिव दिलीपकुमार थंकप्पन, अन्तर्राष्ट्रिय सारी सङ्ग्रहालयका संस्थापक अध्यक्ष अश्विनी पर्साद, सारंगी वादक उस्ताद कमल साब्री, पाकिस्तानी–अमेरिकन सोसाइटीका नेता अनवर मोहम्मद लगायतको उपस्थिति उल्लेखनीय थियो।

अध्यक्ष सोमनाथ घिमीरेले कोरोना महामारीदेखि अहिलेसम्म सयौँ समाजसेवी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै आएको उल्लेख गर्दै पहिलो पटकको रक्तदान कार्यक्रम लक्ष्यभन्दा बढी सफल भएकोमा खुशी व्यक्त गरे। उपाध्यक्ष सुवर्ण लामाले गिरीजा प्रसाद कोईरालाको सहमति, सहकार्य र एकताको विचार आज पनि आवश्यकीय रहेको भन्दै प्रवासमा बसेर स्थानीय समुदायका लागि सेवा प्रदान गर्नु फाउन्डेशनको प्राथमिकता हो भने।

फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले समाजका इच्छुक रक्तदाताहरूसँग निरन्तर संवाद र समन्वय नै आजको भव्य सफलताको कारण भएको बताए। संयोजक ध्रुव कुँवर क्षेत्रीले कार्यक्रम सभ्य, सुरक्षित र व्यवस्थित ढंगले सम्पन्न भएको उल्लेख गर्दै सबै रक्तदाता, स्वयंसेवक, संघ–संस्था, प्रायोजक, सञ्चारकर्मी तथा फाउन्डेशन परिवारप्रति हार्दिक आभार व्यक्त गरे।

यस अवसरले फाउन्डेशन अमेरिकालाई समुदायमा सेवा, सहयोग र मानवीय कार्यमा अझ सक्रिय रहन प्रेरणा दिएको आयोजकहरूको भनाइ छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।