Washington DC, US : July 29, 2026, Wednesday 08:56 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|४० दिनको मेहनतपछि पूरा भयो चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन|Cartoon|जापानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १३ पुग्यो, किनमेल केन्द्रमा अझै उद्धार जारी|सुनसरीको कप्तानगञ्जको धार्मिक झडप : किन भयो ? के हुँदै छ ?|Breaking News : जापानमा शक्तिशाली भूकम्प: सपिङ मल भत्किँदा दर्जनौँ फसे, उद्धार कार्य तीव्र|“कानूनको सम्मान गर्दै, शान्तिपूर्ण रूपमा, सत्य र न्यायको पक्षमा म मेरो संघर्ष जारी राख्नेछु”|डा. गोविन्द केसीले अनसन तोडे|सुनसरीको कप्तानगञ्ज हिंसा : मृतक संख्या दुई पुग्यो, सामुदायिक सद्भावमा गम्भीर चोट|अमेरिका : फुड फेस्टिभलमा तीनको मृत्यु, दुई वर्षीय बालकसहित चार घाइते, एक पक्राउ, अर्कोको खोजी जारी|प्रहरीको गोलीबाट युवाको मृत्यु, कर्फ्यु उल्लंघनपछि सेना परिचालन

सत्य र न्यायको खोजी अभियानद्वारा राष्ट्रवादी नेपालीहरुको ध्यानाकर्षण

  NepalMother.com | २८ कार्तिक २०८२, बिहीबार १०:२८

राष्ट्रवादी नेपालीहरुको ध्यानाकर्षण होसः
पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले पदीय हैशियतको दुरुपयोग गरी न्यायपालिकालाई आइएनजिओकरण र राजनीतिकरण गरेका कारण आज न्यायालय चरम भ्रष्टाचारमा डुवेको छ। कसैले वा प्रधान न्यायाधीशले नै प्रमाण चाहियो भन्छन भने मलाई वोलाए हुन्छ, वोक्न पनि लाजलाग्ने प्रमाणको भारी वोकेर जहा जुनसुकै वैठक, समारोह वा आमसभामा उपस्थित हुन तयार छु।
कल्याण श्रेष्ठ , सुशिला कार्की र अग्नि खरेलहरुले न्यायपरिषद गठन नहुंदै संविधान र कानूनको खिल्ली उडाउंदै आफ्ना प्रीयजनहरु र नेताका हनुमानहरु लगायत ११ जनालाई अवैध रुपमा सर्वोच्चमा नियुक्ति पाउने हरु मध्येकै हुन फेरी देश्रोपटक पनि संवैधानिक परिषदवाट अवैध रुपमा प्रधान न्यायाधीशका रुपमा नियुक्ति पाउने हरि कृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ र वर्तमानका प्रकाशमान सिंह राउतहरु ।
संविधान र कानूनलाई जिउंदो मान्ने हो भने र कानूनको साशन नै देशमा छ भन्ने हो भने अवैध रुपमा पहिला न्यायाधीश नियुक्त हुने र सुरु नियुक्तिको अवैध धरातलवाटै दोश्रेपटक पनि अवैध रुपमा प्रधान न्यायाधीश नियुक्त भएका मध्ये हरि कृष्ण र विश्वम्भरले आफ्नो अवैध सेवा वापत लिए पाएका पदीय पेन्सन लगायतका सुविधाहरु पनि खोसिनु पर्ने हो र म पर्छ भन्ने मान्यतामा छु र यो अवस्था वर्तमान प्रधान न्यायाधीमा पनि लागु हुने हो । भोलिको समयमा यो नहोला भन्न सकिदैंन यदी हामिले भ्रष्टाचारमा सुन्य सहनसिलताको नीति लागु गर्छौभने,जुन म लागु गर्नु पर्छ भन्छु र त्यसैका लागि समुह लिएर लडिरहेको छु।
एकदमै चतुर र वाठा कल्याण श्रेष्ठले अदालत भित्र जे गरे र त्यसवाट जो जसरी अन्यायमा परे पारिए त्यस्को लेखा जोखा गरेर साध्य नै छैन ।मुद्दाका झगडियाहरु त हुने नै भए अझ विशेष गरी अदालतकै न्यायाधीशहरुमाथी भएका अन्यायहरु र गुटवन्दिको वारेमा लेखेर वेलेरै सकिंदैन ।
यिन्ले सर्दु जलाधारको सरकारी जग्गा भू माफियाको वनाउने गरी र होटल याक एण्ड यती विरुद्ध (राधाकृष्ण सर्राफ )को मुद्दामा साविक देखिको देहोरो सवारी साधन चल्ने दक्षिण पट्टिको राजमार्ग जस्तो वाटो हुंदा हुंदै होटलमा आवागमनको वाटो नै नभएको भनि नेपाल औद्योगिक विकास निगमले लिजमा दिएको सरकारी जग्गावाट राजदरवारमार्गवाट होटल याक एण्ड यतिको लागि जवरजस्त वाटो कायम गरिदिएको प्रतिनिधी आदेश फैसलाहरु सामान्य मान्छेले पनि हेर्ने पढ्ने हो भने यिन्ले गरेका वदमासिको खासियत सवै सामु उजागर नै हुन्छ।
न्यायालयलाई गिजोलिसकेपछीको अवस्थामा सामाजिक र राजनीतिक क्षेत्रमा पनि यो गिजोल्ने र गिजोलिने रोग वढ्दो छ। एकपटक राम्रो मानिएका मान्छेले पछी नराम्रा कामहरु गर्दा पनि राम्रै मानिरहने दाशताको मानषिकताले ग्रस्त हाम्रो समाज र त्यस्ता तथाकथित राम्रा मानिएका मान्छेको पक्षमा सामुहिक उन्माद (mass histeriya)मा रमाउनेहरु भएको समाज सुहाउंदो काम व्यवहारको रुपमा आफु प्रधान न्यायाधीश हुंदा संविधानको विषयमा केही नवोल्ने तर एक पटक नराम्रो संग झुक्यानमा परिसकेको जेन्जी समुहको पक्षमा उभिएको वाहना गरेर नेपाल कानून समाजको कार्यक्रममा “नेपालको संविधान जेन्जीहरुको माग सम्वोधन गर्न सक्ने खालको छैन” भन्न सम्म भ्याएर घाइते जेन्जिहरुलाई फेरिपनि गुमराहमा पार्ने प्रयास गरिरहेका वेला अन्तरिम सरकारका अर्थ मन्त्री रामेश्वर खनालले डोल्मा इम्प्याक्ट फण्ड लाई करोडौंको पुंजिगत लाभ करमा छुट दिएको विवादास्पद निर्णयका कारण मुख्य सचिव एकनारायण अर्यालले सरकार संग गरेको राष्ट्रपक्षीय विद्रोह सम्वन्धी संचारमाध्यममा प्रसारित समाचार अनुसार ( समाचार सत्य हो भने) निजै कल्याण श्रेष्ठका छोरा पनि अर्थमन्त्रिवाट कर छुट पाउने डोल्मा इम्प्याक्ट फण्ड संग जेडिएको खवरले कल्याण श्रेष्ठको सर्व व्याप्तता र प्रभावकारितामा जेन्जी पुस्ता लगायत सवै राष्ट्रवादीहरुको समयमै ध्यानाकर्षण हुनु पर्ने अवस्था सृजना भएको छ।

  • ध्रुबलाल श्रेष्ठ – अध्यक्ष
    सत्य र न्यायको खोजी अभियान
  • ******

जेन्जी सहितका आम नेपालीहरुको ध्यानाकर्षणका लागिः

आज जन आस्थाले “डोल्मा इम्प्याक्ट फण्ड “ लाई गैरकानुनी रुपमा आयकर छुट दिने अन्तरिम सरकारको मन्त्रिमण्डलको निर्णय मुख्य सचिव एक नारायण अर्यालले रोकिदिएर ठुलो आर्थिक चलखेलको डरलाग्दो भ्रष्टाचार काण्डमा देश डुव्नवाट जोगिएको समाचार प्रकाशित गरेको छ। यदी यो घटना सत्य हो भने यो अन्तरिम सरकार जेन्जीको सहादतिवाट अपदस्त भएको पूर्ववर्ती देशद्रोही ठगवन्धन सरकारको अर्को प्रतिरुप हो भन्ने यथार्थ तथ्य सवै नेपालीहरुले ढिलो नगरी वुझ्नु पर्ने र देश जोगाउन यो सरकारको विकल्प अविलम्व खोज्नु पर्ने अवस्था सृजना भएको छ।
हामिले त अन्तरिम सरकार वन्नु पूर्व नै भ्रष्टाचारको आरोप नलागेका,खोट नभएका चोखा राष्ट्रवादीहरुलाई जेन्जीले सरकारमा लानु पर्छ भनेकै हौं ,तर प्रमाणिक रुपमा स्रव्यदृश्यमा वोलिएका कुराहरुलाई नकारात्म रुपमा लिइयो (त्यसो गर्नेहरु जेन्जी होइनन् जस्तो लाग्छ हामिलाई )। हामी अझै पनि भन्छौं, अन्तरिम सरकार वन्ने सुरुवाती समय देखि नै जेन्जीहरु माथी अन्याय भएकै हो र जेन्जीहरु ठगिएकै हुन् र छन्।
समाचारमा लेखिएको कुरा सांचो हो भने राष्ट्रवादी काम गरेको यो विषयमा मुख्य सचिवलाई सवै नेपालीले स्यावासी दिनै पर्दछ, नमन गर्नु पर्दछ र जानेर वा नजानेर वा कुनै अदृश्य शक्तिको कोपभाजनमा परेर अन्तरिम सरकार गठन हुंदाको समयमा ठिक वेठिक के भएको रहेछ त्यस्को आत्मालोचना र विश्लेषण गरेर राष्ट्र जोगाउन जेन्जीहरु एकाकार भएर उपयुक्त राजनीतिक निकाशको वाटो तय गर्नु पर्छ। हिजोका ठगवन्धन सरकारहरु र जेन्जीको नाम विटुल्याएर वनेको यो अन्तरिम सरकारको गलत कार्य शैली र देशको वर्तमान परिस्थितिले यही भन्छ ।
-सत्य र न्यायको खोजी अभियान

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor