औँला काटी दिँदा पनि, डुंडुंलोनै तान्छन् मान्छे
जसलाई गुन लायो आजकल, उल्टै लात्ती हान्छन् मान्छे
“आफन्त” लाई चिन्न गाह्रो, अप्ठ्यारोमा गौड़ो कुर्छन्
मौका पाए घुचेटेर, खाडलमा जिउँदै पुर्छन्
साथी भाइ, इष्टमित्र, नाता सबै हराउँदै गो
बरु पशुपन्छी बुझ्छन्, मान्छे आजकल नबुझ्ने भो
ईर्ष्या, डाह, स्वार्थ मात्रै, साथ दिने भेट्न गाह्रो
निःस्वार्थी मन भएका मान्छे, देख भेट हुनै साह्रो
खानु छैन कसैको नि, बरु ईश्वर दिन पाइयोस्
पाप, धोका धडी होइन, बरु धर्म लिन पाइयोस्
बरु मारुन् आफै लाई, नपरोस् है अरू मार्न
आफ्नै ठान्या मान्छे काफी, हुँदा रहेछन् तल झार्न
अवसरवादी युग आछ, मुस्किल भाछ मान्छे चिन्न
विश्वास गर्यो.आफ्नो ठान्यो, छुरी धस्छ बाँच्न दिन्न
धोका आफू खाए पनि, अरूलाई दिनु हुन्न
धोकेबाज चिने पछि, फेरि काखमा लिनुहुन्न
हाल अमेरिका,
November 02, 2025
प्रतिक्रिया