Washington DC, US : November 14, 2025, Friday 03:42 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डेमोक्र्याटिक पार्टीमाथि प्रहार गर्दै उनीहरूले फेरि जेफ्री एपस्टीन प्रकरणलाई उठाउन थालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी|सत्य र न्यायको खोजी अभियानद्वारा राष्ट्रवादी नेपालीहरुको ध्यानाकर्षण|प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित, पदबहाली|अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका, साउदी शाखाद्वारा दूतावासमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न|डेमोक्र्याटिक पार्टीमाथि तीव्र प्रहार गर्दै उनीहरूले फेरि जेफ्री एपस्टीन प्रकरणलाई उठाउन थालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी|अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकार बन्द (Government Shutdown) अन्त्य, स्वास्थ्य बीमा सब्सिडीको युद्ध शुरु|भर्चुअल रूपमा सम्पन्न ‘शब्दानन्द-दुई ’ कार्यक्रम|प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई बिदाइ|युकेका प्रधानमन्त्रीलाई लेबर पार्टीको नेतृत्वबाट हटाउने तयारीको आशंका|Breaking News: तीन महिनामा ३७९ नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाए, असोज महिनामा मात्रै ९८ को मृत्यु

Breaking News : नेपालका कम्युनिस्टहरुलाई न फुट्न बेर लाग्छ न त जुट्न नै ! यस्ता छन आजका समाचार

  NepalMother.com | १६ कार्तिक २०८२, शनिबार ०९:१९

नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सुरु गरिएको वामपन्थी एकता प्रक्रियाले नयाँ राजनीतिक मोड लिँदैछ। माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटाका अनुसार, अहिले सम्म सात वटा वामपन्थी दलहरू एकताका लागि सहमत भएका छन्, जसले नेपालको वाम आन्दोलनलाई फेरि एक पटक एकीकृत रूप दिन सक्ने संकेत गरेको छ।

सात वामपन्थी दल एक मञ्चमा

एकता प्रक्रियामा सहभागी हुने दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), डा. बाबुराम भट्टराईको पार्टीमा विद्रोह गरेर बनेको महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा (एमाले)मा विद्रोह गरेर बनेको प्रेमबहादुर सिंह नेतृत्वको दल, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी, र विप्लव समूहबाट अलग भई बनेको चिरण सी नेतृत्वको संगठन समावेश छन्।

यी सात दलबीच वैचारिक, सैद्धान्तिक र राजनीतिक तहमा सहमति भइसकेको माओवादी नेता सापकोटाले जनाएका छन्। शनिबार माओवादी केन्द्रको सचिवालय बैठकमा एकताका प्राविधिक र सांगठनिक विषयमा अन्तिम छलफल भएको उनले जानकारी दिए। उनका शब्दमा, “वैचारिक र नीतिगत पक्षमा सहमति भइसकेको छ, अब प्राविधिक र सांगठनिक संयोजन मात्रै बाँकी छ।”

नेतृत्वमा प्रचण्ड, सहसंयोजकमा माधवकुमार नेपाल

बैठकमा प्राप्त सहमति अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् भने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहसंयोजकका रूपमा रहने प्रारम्भिक सहमति भएको छ।

माओवादी केन्द्रले आगामी कात्तिक १७ गते केन्द्रीय समिति बैठक बोलाएर एकताको निर्णय औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरेको छ। सापकोटाका अनुसार, एकता घोषणा सभा एक साताभित्रै सम्पन्न गरिनेछ र फरक मत राख्नेहरूसँग पनि अन्तिम छलफल भइरहेकाले ‘सबै एकताबद्ध भएर अघि बढ्ने’ वातावरण बनिरहेको छ।

एमालेको जनपरिचालन र महाधिवेशन

यसबीच, नेकपा (एमाले)ले देशभर जनपरिचालन अभियान थालेको छ। पार्टीको शनिबार बसेको सचिवालय बैठकले कात्तिक २२ गते वडास्तरमा, २५ गते पालिका स्तरमा, र २९ गते देशव्यापी जनसभा गर्ने निर्णय गरेको छ। त्यसपछि मंसिर ६ गते काठमाडौंमा ‘जनसभा महाअभियान’ हुने उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन्।

त्यस्तै, एमालेले पहिले पोखरामा गर्ने भनिएको एघारौं महाधिवेशन स्थल परिवर्तन गरी काठमाडौंमा गर्ने निर्णय गरेको छ। ज्ञवालीका अनुसार, “मंसिर २७ देखि २९ सम्म हुने महाधिवेशन अब काठमाडौंमा हुनेछ। संगठन र पहुँचका दृष्टिले राजधानी उपयुक्त ठहरिएको हो।”

माओवादीभित्र मतभेद र जनार्दन शर्माको असन्तुष्टि

माओवादी केन्द्रभित्र भने एकता प्रक्रियामै विवाद उत्पन्न भएको छ। केन्द्रीय नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता प्रस्तावलाई “वैचारिक छलफलबाट भाग्ने प्रयास” भन्दै तीव्र असहमति जनाएका छन्।

पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा उनले भने, “माओवादी विचार र पहिचानलाई परित्याग गर्दै बहुदलीय जनवादसँग आत्मसमर्पण गर्ने प्रवृत्तिले हाम्रो पार्टीको अस्तित्व नै समाप्त गर्नेछ।” उनका अनुसार, माओवादीले वैचारिक प्रतिस्पर्धा र आन्तरिक लोकतन्त्रलाई बन्धक बनाएर आत्मसमर्पणको बाटो लिएको छ।

शर्माले पार्टीको केन्द्रीय समितिले पहिले दुई पटक मङ्सिरमा महाधिवेशन गर्ने निर्णय गरेको स्मरण गराउँदै भने, “यो एकता प्रस्ताव विचारको बहस र प्रतिस्पर्धात्मक नेतृत्व निर्माणको प्रक्रिया रोक्ने कदम हो।” उनले एकता प्रक्रिया तत्काल स्थगित गर्न माग गरे।

यसै विषयमा पत्रकारहरूले अध्यक्ष प्रचण्डलाई सोध्दा उनले भने, “केही जाँदैन, सबै एकजुट छौँ। जनार्दन पनि अन्ततः सहमत भएर अघि बढ्नेछन्।” उनले जनार्दन शर्माको बैठकमा शैलीमाथि असन्तुष्टि जनाउँदै भने, “उहाँले कुरा राख्नुभयो, तर अरूका कुरा सुन्न नबस्नु गलत हो। छलफल सुनेरै निष्कर्ष निकालिन्छ।”

सुशीला कार्कीको निर्वाचन छलफल

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेकी छिन्। छलफलमा आगामी निर्वाचन, त्यसको तयारी र राजनीतिक दलहरूको प्रतिबद्धताका विषयमा कुराकानी भएको थियो।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार, “प्रधानमन्त्रीले सबै दलको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताइन्। कांग्रेसका महामन्त्रीहरूले पनि औपचारिक निर्णय नआए पनि निर्वाचनमा भाग लिने प्रतिबद्धता दोहोर्‍याए।”

थापा–शर्माले एमालेलाई पनि निर्वाचन प्रक्रियामा ल्याउन सरकार र आफ्नो पार्टी दुवै सक्रिय रहने बताएका थिए। साथै, जेनजी आन्दोलनका मागहरूलाई निर्वाचनअघि सम्बोधन गर्न सकिने विषयमा छलफल गर्नुपर्ने धारणा पनि राखिएको थियो।

एकीकृत समाजवादीभित्रको विद्रोह र नयाँ दलको तयारी

नेकपा (एकीकृत समाजवादी)मा अध्यक्ष माधवकुमार नेपालको एकता निर्णयपछि असन्तुष्ट पक्षले बेग्लै रणनीति बनाउने तयारी गरेको छ। शनिबार सुकेधारामा वरिष्ठ नेता झलनाथ खनालको उपस्थितिमा असन्तुष्ट समूहको भेला भयो।

भेलामा खनालसँगै घनेन्द्र बस्नेत, घनश्याम भूसाल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेल, अशेष घिमिरे, दामोदर अर्याल, लक्ष्मण लम्साल, आरती लामा लगायत ८४ जना नेताहरू उपस्थित थिए। उनीहरूले नयाँ पार्टी गठन र वैकल्पिक वाम मोर्चाको सम्भावनाबारे छलफल गरेका छन्।

खनालले अघिल्लो दिनको बैठकमा माइक काटिएको घटनाप्रति आपत्ति जनाउँदै भनेका थिए, “तानाशाही प्रवृत्तिले हाम्रो आन्दोलनलाई कमजोर बनाउँछ। अब हामी नयाँ बाटो लिन्छौँ।”


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।