आफूले राम्रो गर्दा गर्दै
विश्वास र भरमा पर्दा पर्दै
आफ्नो ठानेर काँध थाप्दा थाप्दै
आफ्नै मानेर काखमा राख्दा राख्दै
पर्दा हात र साथ दिँदा दिँदै
तपाईँको असल र निस्वार्थ पनसँग,
यदि कसैले खेल खेल्न चाहन्छ भने,
त्यस्तालाई छोडिदिनु पर्छ चटक्कै
फेरि धोका खान, बोक्नै हुन्न पटक्कै
विश्वासघात गर्नेले, फेरि पनि गर्न सक्छन्
पछाडिबाट छुरी धस्ने तिनै पनि पर्न सक्छन्
स्वार्थी, इर्ष्यालुहरुसंग दुरी बढाएकै राम्रो
धोकेबाज र विश्वासघाती ती आफ्ना हुन वा पराइ
तिनीहरूलाई पाठ पढाएकै राम्रो !
तर आफूले आफ्नो कर्तव्य र निष्ठा छोड्नु हुन्न
छोड्नेलाई भुलेर पनि मौका दिँदै फेरि जोड्नु हुन्न !
– रामप्रसाद खनाल
प्रतिक्रिया