Washington DC, US : October 23, 2025, Thursday 09:53 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

नेपालमा जेन–जी (Gen-Z) क्रान्ति : कारण, प्रभाव, नतिजा र भविष्य - भूपनारायण घर्ति मगर

  NepalMother.com | १६ आश्विन २०८२, बिहीबार ११:१९

जब कुनै पनि देशमा शासक वर्ग विचार, सिद्धान्त, मूल्य, मान्यता, आदर्श, नैतिकता अनि सुशासन जस्ता कुराबाट स्खलित भई अन्याय, अत्याचार, भ्रष्टाचार, बेथिति, विसंगति, कुशासन तथा लुटतन्त्रमा मस्त हुन्छ।राज्यका सारा संयन्त्रलाई राजनैतिककरण गर्दै स्वार्थ र लुटको साधन बनाइन्छ । वैचारिकीकरण तथा सैद्धान्तिकीकरण गर्दै राष्ट्र निर्माणको महान यज्ञमा लाग्नु पर्ने कार्यकर्ताहरूलाई दलाल,तस्कर तथा गुण्डागर्दीमा धकेल्दै राज्यका स्रोत–साधनको दोहन गरिन्छ । देशमा स्थापित उद्योग–धन्दा, कलकारखाना सिध्याउँदै राष्ट्रिय पुँजीपति वर्गलाई दुरुत्साहित गर्दै युवालाई बेरोजगार बनाउन तल्लीन रहन्छ । समग्रमा सिङ्गो राज्य संयन्त्रलाई कुशासन र लुटको माध्यम बनाइन्छ ।

देशको विकराल समयमा प्रतिपक्ष दल खबरदारी गर्दै सुधारका निम्ति भूमिका खेल्नुको साटो उही कुशासनको पोखरीमा हाम फालेर भागबन्डामा रमाउँछ । बचेखुचेका अन्य दलहरू सत्ता पाउँदा सिद्धान्तको झोला बिसाउँछन्, सत्ता नपाउँदा सिद्धान्तको ठूलो कुरा गर्छन् । यस्तो अवस्थाले अन्ततः जनबिद्रोह—असंगठित विद्रोह, भीडतन्त्र—लाई निम्त्याउने कुरा विश्व राजनीतिक अभ्यासले पटक–पटक देखाइसकेको छ। नेपाल पनि यसबाट अछुतो रहने कुरा भएन।यही आङ्कलन विश्लेषक तथा विद्वानहरूले पहिल्यै नै गरेका थिए ।

यही पृष्ठभूमिमा नयाँ पुस्ता—विशेषतः जेन–जी (Gen-Z )—ले परम्परागत दल र पुराना नेताहरूप्रति गहिरो असन्तोष प्रकट गर्न थालेका थिए। डिजिटल युगमा हुर्किएको, सूचनामा सजिलै पहुँच पाउने र सामाजिक सञ्जालमार्फत तत्काल प्रतिक्रियाशील यो पुस्ताले देशको राजनीतिक जडता र पुरानो ढर्राको नेतृत्वबाट अत्यधिक असन्तोष थियो।युवाहरू माझ देखिएको असन्तोष र आक्रोशलाई कसरी शान्त गर्दै उनिहरूको भावना अनुरूप अगाडी बढ्ने,भन्ने तर्फ लाग्नुको साटो तत्कालीन प्रधानमन्त्री ओली युवाहरूलाई खिसिटिउरी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने तर्फ लागे।सरकारमा साझेदार देशकै पुरानो प्रजातान्त्रिक दल नेपाली काँग्रेस मूकदर्शक बनेर बस्यो।

परिणाम,जे विश्लेषक तथा विद्धानहरूले गरेका थिए त्यही हुन पुग्यो।जे नहुनु थियो त्यही भयो।अन्तत्वगत्वा जेन–जीहरूले परम्परागत रूपमा आफुलाई अजय र अमर सम्झेर कुशासनको माध्यमबाट लुटतन्त्र मच्चाइरहेका सत्तासिनहरूलाई चुनौती दिदै आन्दोलनको शंखनाद गरे। सत्तासीन “एमाले,काँग्रेस” हरूको कडा संगठनात्मक संरचना भन्दा बढी स्वतन्त्रता,चेतना र डिजिटल समन्वयमा आधारित आन्दोलनलाई दबाउन सरकार बर्बर दमनमा उत्रियो।परिणाम स्वरूप दशकौंबाट कुशासन र लुटतन्त्रले वाक्क दिक्क बनेका जनता पनि जेन-जी को आन्दोलनमा सहभागी भए।आततायी सरकार सत्ता छोड्न विवश बन्यो।आन्दोलन एक हदसम्म सफल भयो।तर दुखद स्वतन्त्रता,प्रविधीमैत्री,डिजिटल युग तथा सूचना युक्त सामाजिक सञ्जालको वातावरणमा हुर्कदै जीवनको उचाई छुने सपना देखेका दर्जनौ होनहार नेपाल आमाका छोराछोरीहरू शहिद बने।सयौंको सँख्यामा उपचाररत छन्।फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता माध्यम अब केवल मनोरञ्जनको साधन मात्र रहेनन्,राजनीतिक अभिव्यक्ति र जागरणका मुख्य मञ्च बनेका छन्।सामाजिक, आर्थिक तथा राजनैतिक चेतना र परिबर्तनका माध्यम बनेका छन्।आजका युवा आफ्ना तर्क,प्रमाण र प्रतिवाद प्रस्तुत गर्दै सडक र अनलाइन दुवैमा दबाब सिर्जना गर्न सक्षम छन्।सरकारले कुरा नबुझेर यहीनेर चुक्यो।

यस क्रान्तिले गहिरो प्रभावहरू छोडको छ।संक्षेप र सकारात्मक कोणबाट निम्न बमोजिम बुझ्न सकिन्छ।

१:- दम्भ र अहंकारलाई चुनौति;
—————————————-
नेपालका शासक बर्गमा हामि अजय र अमर बन्यौ।हामिलाइ कसैले हल्लाउन,हराउन र हटाउन सक्दैन भन्ने बडो बिचित्रको मानसिकताको बिकास भएको थियो।यही कारणले गर्दा उनिहरू नीयम,कानून,नैतिकता,आदर्श, मूल्य तथा मान्यतालाई लत्याउदै र सिङ्गो राज्य संयन्त्रलाई कब्जा गर्दै लुटतन्त्र फैलाउन तल्लीन रहे।लुटको सम्पत्ती र छोराछोरीहरूलाई बिदेशमा सुरक्षित गर्ने तर्फ लागे।आफूहरूलाई नव धनाध्य वर्गमा स्थापित गराउदै,छोराछोरीहरूलाई नव युवराज युवराज्ञीको जीवन दिन तल्लीन रहे।जसको परिणाम आफुहरू मात्र नभई छोराछोरीहरू समेत Nepo kids को उपमाले आलोचित हुन थाले।

जेन-जी क्रान्तिले यही दम्भ र अहंकारलाई चुनौती दियो।लुटको लङ्का दहन भयो।समसामाजिक तथा राजनैतिक नैतिकताको कसीमा उठ्नै नसक्ने गरिकन धक्का दियो।हिमाल जस्ता अग्ला नेताहरूलाई टुकुचा जस्तै बनाई दियो।हेलिकप्टर चढेर ज्यान बचाउन विवश बनायो।यही चुनौती र धक्काले सारा समस्याहरू समाधान भए र हुन्छन् भनेको होइन।तर जे गरे पनि हुन्छ। कसले के गर्छ र ? भन्ने स्वेच्छाचारी मानसिकतालाई चोट पुग्यो। अब कसैले पनि के हुन्छ र ? कसले के गर्छ र ? भन्ने आँट हिम्मत गर्न गाह्रो पर्ने छ।फेरी यिनै नै नेपालीको दुर्भाग्यबस सत्तामा आइहाले भने पनि सुध्रिएको नाटक गर्न विवश हुनेछन्।समग्रमा जे गरे पनि कसले के गर्न सक्छ र ? भन्ने मान्यता र भाष्य ढल्नु नै उपलब्धी हो।

२:- राजनीतिक विमर्श र पुन: संरचनाको अवसर;
—————————————————
यो क्रान्तिले मताहा हात्ती जस्तै मैमत्त बनेर कुशासनको मार्गमा आँखामा पत्ति बाँधेर हुँइकी रहेका नेपालका राजनीतिज्ञ र राजनैतिक दलहरूलाई राजनैतिक विमर्श गर्दै पुन:संरचना गर्ने अवसर प्रदान गरेको छ।राजनैतिक दलहरूमा सबै नराम्रा मात्र छैनन् र राजनैतिक दलहरूले नराम्रो मात्र गरेको इतिहास पनि छैन।तर विडमवना जब लामो र कठिन त्याग,तपस्या र संघर्षबाट दलहरू सत्तामा आए।तब बिस्तारै बिस्तारै दलहरू अवैचारीक,असैद्धान्तिक,अराजनैतिक,बिचौलिया तथा दलालहरूको कब्जामा पर्दै गयो।परिणाम असल,इमान्दार,वैचारिक, कर्मठ तथा सिद्धान्तनिष्ठ नेता कार्यकर्ताहरू पाखा लाग्दै गए।विचार को “व” सिद्धान्तको “स” नजान्ने चैते कात्तिकेहरूको कब्जामा पार्टी गयो।जसको परिणाम आजको दिन आयो।

तसर्थ नेपाली राजनैतिक दलहरू खासगरिकन एमाले र काँग्रेसलाई राजनैतिक विमर्श गर्दै पुन:संरचना गर्ने ठूलो अवसर पनि हो।हिजो भए गरिएका गल्ती कमिकमजोरीहरूलाई स्वीकार्दै आत्मालोचना सहित सच्चिएर आउने नयाँ मौका पनि हो।होईन “मेरो गोरूको बाह्रै टक्का ” भनेर उही दम्भ र अहंकारका साथ आउने हो भने निकट भविष्यमा ठूलो प्रत्युत्पादक हुनसक्छ। केही परिवर्तन हुन्छ भनेर,पर्ख र हेरको रणनीतिमा बसेको युवा बर्ग फेरी आन्दोलित हुनसक्छ।कम्तीमा माओवादीले आत्मालोचनासहित सुधारिएर जाने भनेको छ।गर्ने नगर्ने आउने दिनले देखाउने छ।एमाले काँग्रेस भित्र पनि दोश्रो तहका नेताहरूको अभिब्यक्ति सकारात्मक देखिन्छ। तर ओलीजी र देउवा खेमाको अभिब्यक्ति हेर्दा र सुन्दा अझै दम्भ र अहंकार नसकिएको प्रष्ट देखिन्छ।

समयको बदलिदो प्रवाह संगसंगै युवाहरूको क्रान्तिले दिएको सन्देशलाई आत्मसात गर्दै राजनैतिक विमर्शमा जुटेर राजनैतिक दलहरूको पुन:संरचना गर्दै,देशकै पुन:संरचना गर्न आवश्यक छ। समयको चक्र संगसंगै देश र जनताको बिकासलाइ अगाडी बढाउन कुनै संविधानले रोक्दैन।सहमतिमा आउन नसक्ने कुराहरूलाई जनताको उच्च अदालत जनमत संग्रह मार्फत टुङ्ग्याउन सकिन्छ। त्यसैले तत्काल राजनैतिक विमर्शमा जुट्नु नै सबैको वुद्धिमता हुनेछ।

३:- सकारात्मक भविष्यको संकेत;
—————————————————
जेन–जी क्रान्तिको पहिलो उपलब्धि नै नागरिक चेतनाको पुनर्जागरण हो । दशकौंदेखि “दल–केन्द्रित” सत्ता–संरचनामा सीमित राजनीति पहिलोपटक “नागरिक–केन्द्रित” बहसतर्फ मोडिएको छ। युवा पुस्ताले प्रत्यक्ष लोकतान्त्रिक अभ्यासका आधार,जवाफदेहिता, पारदर्शिता र सहभागितालाई राजनीतिक कार्यसूचीको केन्द्रमा ल्याइदिएको छ।

यो प्रक्रिया केवल विरोधको आवेग होइन, नीति र संस्कृतिको रूपान्तरण हो। युवाले देखाएको डिजिटल संयोजन, तथ्य आधारित तर्क र वैश्विक मूल्यमा जोड दिने अभ्यासले पुरानो ढर्राको वाणी राजनीतिलाई विचार राजनीतिमा रूपान्तरण गर्ने सम्भावना बोकेको छ। स्वच्छ नेतृत्व, पेशागत क्षमता र प्राविधिक दक्षतालाई मूल्यांकन गर्ने जनमानसको नयाँ मापदण्ड यही आन्दोलनको दीर्घकालीन देन हो।यसलाई सकारात्मक तथा श्रृजनशिल ढङ्गले सदुपयोग गर्न सक्यौं भने,नव नेपाल निर्माणका निम्ति मार्गदर्शन बन्न सक्ने छ।

भविष्यको सम्भावना र चुनौती;
—————————————————

यदि पुरानो राजनीतिक शासक वर्गले युवाहरूको आवाज र वलिदानीलाई बेवास्ता गरिरह्यो भने स्वतःस्फूर्त क्रान्तिले अझ गहिरो रूप लिनेछ।जसले संविधान,परम्परावादी राजनैतिक दलहरू र संस्थागत संरचनाहरूलाई ठूलो चुनौती श्रृजना गर्न सक्छ।नेपालको संवेदनशील भूराजनीतिक अबस्थालाई ख्याल गर्दा राष्ट्रले अकल्पनीय चुनौतीहरूको सामना गर्न नपर्ला भनेर भन्न सकिदैन।दम्भी तथा अहंकारी नेताहरू नसुध्रिएमा निम्न सम्भावित चुनौतीहरू आउन सक्छन् :

१:- दीर्घकालीन राजनीतिक अस्थिरता ;
—————————————————
सबैलाई घाम झैं छर्लङ्ग भएको कुरा हो,यो सरकार आजको संविधानको अक्षरस: पालना गर्दै बनेको होइन। सरकार मात्र नभएर सिङ्गो राज्यसत्ता निष्कृय बनेको अबस्थामा जङ्गी अड्डाको पहलमा बनेको सरकार हो।आश्चर्यको कुरा निर्वाचित दुई तिहाईको सरकार सडकले बिस्थापित गरेर जङ्गी अड्डाको पहलमा बनेको सरकारलाई प्रजातन्त्र भनेर नथाक्ने देशहरूले मुक्तकण्ठले शुभकामना दिए।धन्न सेनाले आफ्नो उच्च अनुशासित मर्यादाको पालना गर्यो।एकातर्फ संविधान ज्युदै छ।अदालत छ।भोलि अलिकति पनि सडक सेलायो या जेन-जीहरू सेलाए भने,अनेक नाटक मञ्चन गरेर संसद ब्युताइन सक्छ।त्यो अबस्थामा फेरी त्रिलोक नै जितेको मानसिकतामा दम्भी तथा अहंकारी नेताहरूले आफुलाई चक्रवर्ती सम्राटको रूपमा उभ्याउने छन्।झन बदला स्वरूप दमन गर्ने छन्।झुठा मुद्दामा फसाउने छन्।देशलाई पनि निर्मम तवरले लुट्न शुरू गर्ने छन्।यदि संसद पुनर्बहाली भएन र यो सरकारले समयमै चुनाव गराउन सकेन भने,अर्को सरकार गठनमा अरू आन्तरिक तथा वाह्य राजनैतिक खेल हुनेछ। जो दृश्य अदृश्य रूपमा अहिले पनि भइरहेको छ।

एकातर्फ उपर्युक्त निकास बिनाको राजनैतिक अस्थिरता अर्को तर्फ बढ्दो जनआक्रोशको कारण फेरी जनता सडकमा उत्रन बाध्य हुनेछन्।जसको कारण देशले फेरी अर्को क्रान्तिको सामना गर्नु पर्ने छ।उक्त अबस्था देशका निम्ति त फाइदा जनक हुने छैन नै।दलहरू र दलका दम्भी तथा अहंकारी नेताहरू र अन्धोभक्त कार्यकर्ताहरूलाई निर्मम घातक हुनेछ।

२:- कट्टरपन्थी वा चरमपन्थी शक्तिको उदय;
—————————————————
जब लोकतान्त्रिक च्यानलहरू—संवाद, न्याय र संस्थागत सम्वाद असफल वा अविश्वसनीय देखिन्छन्।असन्तुष्टिको ऊर्जा वैकल्पिक र बहुल उपक्रमहरूतर्फ आकर्षित हुन्छन्।अनि युवा वर्गको निराशा र प्रतिशोधले अतिवादी विचारधारालाई उपयुक्त भूमि उपलब्ध गराउँछ। त्यस्तो परिस्थितिमा चरमपन्थी समूहहरूले सरल उत्तर, तेज तरङ्गीय नेतृत्व र प्रतिशोधको भाष्य दिएर ती युवालाई आकर्षित गर्न सक्छन्। एकपटक समाजमा विभाजनकारी तथा हिंसात्मक विचारधाराले जरा गाड्यो भने, त्यसको निकास केवल सुरक्षा उपायहरूद्वारा दिन सकिँदैन। दीर्घकालीन सामाजिक पुनर्निर्माण,सुशासन,न्याय, पारदर्शिता र समावेशी नीति आवश्यक पर्छ। अतः जेन–जीको आक्रोशलाई राजनीतिक अन्तरालमा समाहित गराउने र वैकल्पिक चरमवादको आर्थिक–सामाजिक आधार बन्न नदिने नीति तत्काल अख्तियार गर्न जरूरी छ।अन्यथा कुनै पनि प्रकारको कट्टपन्थी वा चरमपन्थी शक्तिको उदय हुन सक्छ। यदि यही अबस्था रहदै गएको अबस्थामा सेनाले नचाहेर पनि देशको बागडोर हातमा लिनु पर्ने अबस्था आउन सक्छ।

३:- संविधान पुनःलेखन वा प्रणालीगत परिवर्तन;
—————————————————

विस्तारै–विस्तारै कुशासनका कारण ईमान्दारिता र विश्वास कमजोर हुदै आएपछि, मानिसहरूले मौजुदा संस्थागत संरचनामा विश्वास गुमाउदै आएका छन्।जसको कारण सडकबाट र एमाले काँग्रेस बाहेकका पार्टीहरूबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन,सांसद मन्त्री बन्न नपाउने मागहरू आएका छन्।अझै कति दलहरूले संघियता खारेजी त कतिले धर्म निरपेक्षता र गणतन्त्रको खारेजीका माग गर्दै आएका छन्।सडकबाट उठ्दै आएका मागहरू र जेन-जी क्रान्तिको भावनालाई समेटेर अगाडी नबढेको खण्डमा,जनआक्रोश चुलिएर संविधान पुनर्लेखन वा संविधानको मौलिक संशोधनसम्म पुग्न सक्छ।त्यो अबस्थामा संविधान पुनर्लेखनको माग स्वाभाविक हुन पनि सक्छ। जब जनमानसले संविधानलाई आफ्नो प्रतिनिधित्व नगर्ने, पारदर्शी नभएको र शक्तिको सन्तुलन नबनेको ठान्छ।तब संविधान बदलिएको इतिहास नेपालमा छ।यस्ता दबाब र राजनैतिक अभ्यासले देशलाई संवैधानिक प्रयोगशालामा पुर्‍याउन सक्छ।कतै संवैधानिक सुधारले समस्या समाधान गर्छ त कतै अस्थिरता पनि लिएर आउन सक्छ।तसर्थ नेपाल र नेपालीलाई केन्द्रमा राखेर व्यापक विमर्श गर्दै दीर्घकालीन नीति निर्माण र न्यूनतम सहमति सुनिश्चित गर्ने संवैधानिक प्रविधिहरू अपनाउनु अनिवार्य भएको छ।जहाँ जेन-जीहरूको त्याग र वलिदानीको सम्मान गर्दै उनिहरूको माग सम्बोधन होस।प्रजातान्त्रिक तथा लोकतान्त्रिक परिपाटीमा सबै नेपाली अट्न सक्ने समन्वयात्मक प्रणाली बनोस।अन्यथा सडकले संविधान अवज्ञा गर्दै नयाँ संविधान घोषणा गर्ने दिन पनि आउन सक्छ।

४:- आर्थिक तथा वौद्धिक पलायन ;
———————————————-

जब जब देशमा राजनैतिक अस्थिरता हुन्छ,तब तब आर्थिक तथा वौद्धिक पलायन भएका सयौं उदाहरणहरू छन्।जेन-जी क्रान्तिको दौरानमा ब्यबसायिक संस्थाहरू उपर भएका आक्रमण र बदलिदो राजनैतिक सङ्क्रमणलाई सही ढङ्गबाट निकास दिन सकिएन भने,देशबाट पुँजी तथा वौद्धिक वर्ग पलायन हुने सम्भावना बढेर जाने छ।तसर्थ यथासम्भव शिघ्र जेन-जी पुस्ताको भावनालाई आत्मसात गरि सोही अनुरूप नेता तथा दलहरूले आफुलाई रूपान्तरण गर्दै देशलाई शान्ति र स्थायित्व तर्फ लैजान नितान्त आवश्यक छ। अन्यथा भोलि देशले ठूलो आर्थिक तथा वौद्धिक पलायनको सामना गर्नु पर्ने छ।

५:- सामाजिक ध्रुवीकरण र भीडतन्त्र ;
—————————————————

राजनैतिक अस्थिरताको कारण जब बहुलवादको ठाउँमा ध्रुवीकरण बलियो हुन थाल्छ।तब समाजले सन्तुलन गुमाउँछ । प्रकृयागत सञ्चारको धारा टुक्रिन्छ र तथ्यका सट्टा भावनाले नीति निर्धारण गर्छ।असंगठित भीडद्वारा निर्णायक र निर्देशित बन्दै सामाजिक–राजनीतिक निर्णयहरू लिन थालिन्छ। भीडतन्त्रले कानुनी प्रक्रिया र संस्थागत निर्णयलाई कमजोर पार्छ। परिणामस्वरूप अल्पकालीन जनलहडताको उन्मादले दीर्घकालीन नियामक संरचनालाई ध्वस्त पार्न सक्छ।उक्त अबस्था देश र जनताका निम्ति त घातक हुने नै छन्।बर्तमानका दम्भी तथा अहंकारी नेताहरू,तिनका झोलौटेहरू र तिनको मार्गदर्शनमा चल्ने दलहरूलाई झनै अधिक घातक हुनेछ। त्यसैले समयमै सबैले शान्त र साक्षी भावले सोच्दै सबै अटाउने र जुटाउने राजनैतिक स्थिरताको बाताबरण निर्माण तर्फ लागौं।

निष्कर्ष;
———–

जेन–जी क्रान्ति केवल क्षणिक राजनीतिक घटना होइन, समयको चक्रसँगै जन्मिएको सामाजिक रूपान्तरणको संदेश हो। यसले नेपाली राजनीतिमा नयाँ मानक—नैतिकता, दक्षता, पारदर्शिता र डिजिटल नागरिक सहभागिता—स्थापित गर्न थालिसकेको छ। अब प्रश्न “कसले शासन गर्छ?” भन्दा पनि “कसरी शासन हुन्छ?” भन्नेमा केन्द्रित हुँदैछ।

यदि दलहरू र नेतृत्वले यही चेतना आत्मसात गर्न सके भने नेपालमा उत्तर–संक्रमणीय, भविष्यमुखी र नागरिक–प्रधान लोकतन्त्रको नयाँ अध्याय सुरु हुनेछ।जति नै नविन र आधुनिक तवरले सोच र कर्म गर्छु भने पनि,नयाँ पुस्ताको भावना आत्मसात गर्न गाह्रो हुन्छ। उमेरले ८० को आसपास भएका नेताहरूलाई यही समस्या भएको हो।अन्धभक्त कार्यकर्ताहरूमा नेताले गरेको सबै ठिक भन्ने बानि बसिसकेको छ।उनिहरू नयाँ पुस्ताले पनि त्यही भनोस र मानोस भन्ने चाहन्छन्।समाज तथा मानव बिकासको नीयमले त्यो मान्दैन र भन्दैन।अन्यथा विपरीत अवस्थामा,यही जेन-जी पुस्ताले अर्को तरङ्गगको आन्दोलनमार्फत फेरि पनि समयलाई आफ्नो पक्षमा मोड्ने छ।त्यो दिन अझै कुरा नबुझ्ने नेता कार्यकर्ताहरूलाई निकै नै दुखद हुनेछ।

यसरी सरसर्ती हेर्दा, जेन–जी आन्दोलनले नेपाली समाजलाई दिएको वास्तविक उपहार सत्ताको परिवर्तन मात्र होइन।के•पि• फालेर कार्की प्रधानमन्त्री बनाउनु मात्र होइन।सोचको पुनर्निर्माण हो।जहाँ राज्य अब व्यक्तिको स्वेच्छामा होइन, नागरिकको सामूहिक विवेकले निर्देशित हुनेछ।जेन-जीहरूको त्याग र वलिदानीलाई सुरक्षित गर्दै उनिहरूको माग सम्बोधन गराउन जेन-जीहरू संगठित बन्दै दबाब दिईरहन जरूरी छ।अन्यथा फेरी अर्को क्रान्ति गर्न विवश हुनु पर्नेछ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।