Washington DC, US : March 13, 2026, Friday 04:09 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे

GenZ आन्दोलन, झुक्क्याउन माहिर कम्युनिस्टहरू, पिछलग्गु कांग्रेस र अरूहरू र नेपालमा बढी बिक्ने षड्यन्त्र सिद्धान्त (Conspiracy theory) नेपालमा केपी ओली, प्रचण्ड, बाबुराम, माधव नेपाल, शेर बहादुर, आरजु जस्ता नेताहरूले पटक-पटक षड्यन्त्र सिद्धान्त (Conspiracy theory) लाई राजनीतिक अस्त्र बनाएर जनता झुक्याउँदै आएका छन् र अहिले पनि झुक्याउँदै छन् !

  NepalMother.com | १० आश्विन २०८२, शुक्रबार ०८:२३

– रामप्रसाद खनाल

षड्यन्त्र सिद्धान्त (Conspiracy theory) भन्नाले कुनै ठूला घटना, निर्णय वा सत्तासंघर्षको पछाडि देखिनेभन्दा धेरै गहिरो र गोप्य योजना रहेको छ भन्ने दाबीलाई जनाइन्छ। प्रायः यस्ता दाबी तथ्य र प्रमाणभन्दा बढी अनुमान, शंका र भावनामा आधारित हुन्छन्। समाजमा जब अविश्वास, निराशा र अनिश्चितता बढ्छ, त्यही बेलामा यस्ता सिद्धान्तले सहज उत्तर दिने जस्तो देखिन्छ र जनतालाई भावनात्मक रूपमा आकर्षित गर्छ।

यसले काम गर्ने तरिका सरल देखिए पनि प्रभावशाली छ र जनता झुक्याउन बलियो अस्त्र बन्छ । जब जनता कुनै घटना बुझ्न गाह्रो ठान्छन् वा सरकार, नेताहरू र संस्थाप्रति अविश्वासी हुन्छन्, त्यसबेला बिदेशी शक्ति, दलालहरु, “गोप्य शक्ति”, गम्भिर षडयन्त्र जस्ता शब्दजालको कथा बुनेर सजिलो र रोमाञ्चक व्याख्या गर्दै यो षड्यन्त्र सिद्धान्त (Conspiracy theory) ले मानिसलाई भ्रमित बनाउँन मद्दत गर्दछ । सामाजिक सञ्जाल र मिडियाले आधा-सत्यलाई जोडेर फैलाउँछन्, पुरानो आक्रोश र राष्ट्रवादलाई जागृत पारिन्छ। मानिसले पहिले नै विश्वास गरेको कुरा पुष्टि गर्ने सूचनामात्र खोज्ने प्रवृत्ति (confirmation bias) ले यस्ता कथालाई झनै बलियो बनाउँछ।

राजनीतिमा षड्यन्त्र सिद्धान्त (Conspiracy theory) किन बढी प्रयोग हुन्छ भन्ने कुरा स्पष्ट छ। पहिलो, प्रतिस्पर्धीलाई कमजोर पार्न सजिलो हुन्छ। कसैलाई “विदेशीको एजेन्ट”, “देश बेच्ने”, “जनतालाई धोका दिने” भनेर आरोप लगाउँदा प्रमाणभन्दा भावनाले काम गर्छ। दोस्रो, आफ्नै असफलता र गल्ती ढाकछोप गर्न “बाहिरी शक्ति” वा “सत्ताविरोधी षड्यन्त्र” को कथा उपयोगी हुन्छ। तेस्रो, जनता असन्तुष्ट हुँदा उनीहरूलाई भावनामा उक्साएर समर्थन जुटाउन सजिलो हुन्छ। चौथो, समाजलाई दुई भागमा विभाजन गरेर आफ्नो स्वार्थ प्रेरित राजनीति गर्न सजिलो हुन्छ।

नेपाली राजनीतिमा षड्यन्त्र सिद्धान्त (Conspiracy theory) र यो प्रवृत्ति गहिरो छ। नेपालको ऐतिहासिक अस्थिरता, भ्रष्टाचार, कमजोर शासन, विकासमा ढिलाइ र विदेशी प्रभावबारे शंका गर्ने संस्कृतिले षड्यन्त्र सिद्धान्तलाई बढवा दिएको छ। जनता आफ्ना नेताहरू र संस्थामाथि भरोसा गर्न सक्दैनन्, त्यसैले “लुकेका खेल” को कथा छिटो विश्वास गर्छन्। नेपालका ९५ प्रतिशत राजनीतिका विश्लेषक र बुद्धिजिबी भनाउने हरुको काम नै यहि षड्यन्त्र सिद्धान्त (Conspiracy theory) को ब्यापार गर्नु हो । यस्तै हावादारी कुरामा हामी नेपाली जनता सधै रनभुल्ल छौं र चेत खुलेन भने परिरहने छौं ।

केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम, माधवकुमार नेपाल, शेरबहादुर देउवा, आरजु राणा देउवा लगायतका नेताहरूले पटक पटक षड्यन्त्र सिद्धान्त (Conspiracy theory) लाई राजनीतिक हतियार बनाएका छन्। धुर्त ओली, प्रचण्ड, रवि षड्यन्त्र सिद्धान्त (Conspiracy theory) को ब्यापारमा अबल देखिएका छन् भने अरु पनि पछि पछि देखिन्छन । प्रचण्डले आफ्नो जनयुद्धलाई “साम्राज्यवाद र प्रतिक्रियावादीहरूको षड्यन्त्रविरुद्धको संघर्ष” भनेर समर्थन जुटाए। माधव नेपालले पार्टी फुटलाई “बाहिरी चलखेल” भनी चित्रित गरे। शेरबहादुर देउवा र उनका वरिपरिको नेतृत्वले पनि प्रायः आफ्नो कमजोरी ढाक्न विदेशी हस्तक्षेप, दरबारिया खेल, वा विरोधी दलको गुप्त षड्यन्त्र भनेर प्रस्तुत गरे। रविले सहकारी काण्ड लुकाउन अनेक अनेक भाषा प्रयोग गरे र गर्दै छन् समग्रमा षड्यन्त्र सिद्धान्त (Conspiracy theory) बाट कुनै दल, कुनै नेता अलग छैन, मात्रा थोरै धेरै मात्र हो ।

कम्युनिस्ट विचारधारा भएकाहरुमा यो प्रवृत्ति अझै प्रबल छ। कम्युनिजमले वर्गसंघर्षलाई आधार मान्छ “हामी (श्रमजीवी वर्ग) विरुद्ध उनीहरू (पूँजीपति, साम्राज्यवादी, प्रतिक्रियावादी शक्तिहरू)”। यो सोचले स्वाभाविक रूपमा शत्रु निर्माण गर्छ र हरेक असफलता बाहिरी वा गुप्त शक्तिले गराएको हो भन्ने तर्क सजिलो बनाउँछ। इतिहासमै हेर्दा सोभियत संघदेखि चीन, उत्तर कोरिया, क्युबा, भेनेजुएला सम्म कम्युनिस्ट नेतृत्वले आफ्ना नीतिगत असफलता र जनअसन्तुष्टिलाई “विदेशी शत्रु” को चाल भन्दै ढाकेको छ। नेपालमा पनि त्यही नक्कल हुँदै आएको छ।

उदाहरणका रूपमा हालैको GenZ आन्दोलनलाई पनि “विदेशी शक्तिको खेल” वा “पुराना राजावादी वा प्रतिक्रियावादीको षड्यन्त्र” भनेर प्रचार गरियो। अघिल्ला राजनीतिक घटनाहरू मदन भण्डारी र जीवराज आश्रितको दाशढुंगा दुर्घटना, राजा वीरेन्द्र र दरबार हत्याकाण्ड, चूच्चे नक्सा विवाद, महाकाली र कोशी सन्धि, लिपुलेक र कालापानी विवाद यी र यस्ता कयौं सवालमा, हरेक प्रकरणमा नेताहरूले जनभावनालाई उक्साउन र आफ्ना स्वार्थ बचाउन षड्यन्त्र सिद्धान्त (Conspiracy theory) प्रयोग गरे, षड्यन्त्रको कथा बुने। यस्ता घटनाबारे वास्तविक अनुसन्धान अपूरो हुँदा वा निष्कर्ष स्पष्ट नहुँदा अनुमानले ठाउँ पाउँछ र षड्यन्त्र सिद्धान्तले जनमत कब्जा गर्छ।

यसले समाजमा गहिरो असर पार्छ। सत्य खोज्ने प्रयास कमजोर हुन्छ, भावनामा राजनीतिलाई चलाउने बानी बस्छ, जिम्मेवारीबाट नेता र पार्टी उम्किन्छन्। लोकतान्त्रिक संस्थाहरूमा विश्वास घट्छ र जनता अझै निराश र दिशाहीन हुन्छन्।

निष्कर्षमा भन्नुपर्दा, नेपालमा षड्यन्त्र सिद्धान्तको संस्कृति ऐतिहासिक अस्थिरता, नेताको सत्ता स्वार्थ र जनताको गहिरो अविश्वासबाट जन्मिएको हो। विशेषगरी कम्युनिस्ट र शक्तिप्रेमी दलहरूले यसलाई प्रचार र नियन्त्रणको हतियार बनाएका छन्। जबसम्म तथ्य, पारदर्शिता र जवाफदेहितामा भरोसा बढाइँदैन, यस्ता कथाले राजनीति र समाज दुवैलाई भ्रम र विभाजनतर्फ लैजाने खतरा रहिरहन्छ। सबैलाई चेतना भया !

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।