Washington DC, US : February 16, 2026, Monday 09:48 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

ओली, लेखक, शेर बहादुर, प्रचण्डहरुको राहदानी रोक्का गर्ने बारे छलफल, सुशीलाले रास्ट्रलाई सम्बोधनमा के भनिन ?

  NepalMother.com | ९ आश्विन २०८२, बिहीबार १४:०४

प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक अनिश्चितताबाट निकालेर आगामी २१ फागुनमा निर्वाचन सम्पन्न गराउने सरकारको मुख्य उद्देश्य रहेको स्पष्ट पार्दै सम्पूर्ण राजनीतिक दल र नागरिक समाजलाई चुनावमा सहभागी भई सहयोग गर्न आह्वान गरेकी छिन्।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी र संविधान संशोधन जस्ता विषय अहिले तत्काल सम्भव नभएको बताउँदै, संवैधानिक संशोधन आवश्यक परे चुनावपछिको नयाँ संसद्ले मात्र गर्ने स्पष्ट सन्देश दिइन्। उनका अनुसार, वर्तमान सरकारको जिम्मेवारी स्थिरता कायम गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउनु हो, शासकीय प्रणाली परिवर्तन गर्नु होइन।

करिब दुई सातादेखि दलहरूसँग दूरीमा रहेकी प्रधानमन्त्री कार्कीले यस सम्बोधनमार्फत राजनीतिक शक्तिलाई खुलेर चुनावी प्रक्रियामा जोडिन आग्रह गरिन्। उनले भनिन्, “२१ फागुनमा निर्धारित निर्वाचन सफल बनाउन सरकार आवश्यक जनशक्ति, सुरक्षा व्यवस्था र कानुनी तयारी अघि बढाइसकेको छ। युवा पुस्ताको चाहना र आकांक्षा पूरा गर्न सबै दल र पक्षलाई जिम्मेवार हुन आग्रह गर्छु।”

प्रधानमन्त्रीले देश बाहिर रहेका नेपालीलाई मतदान अधिकार दिनेबारे पनि छलफल सुरु भएको जानकारी दिइन्। साथै उनले विगतमा भएका ठूला भ्रष्टाचार प्रकरणबारे सरकारलाई छोटो समयमै पर्याप्त जानकारी भइसकेको बताउँदै ती घटनामा संलग्नलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने घोषणा गरिन्।

उनले भनिन्, “विगतमा भएका अनियमितता र भ्रष्टाचारबारे विस्तृत छानबिन हुँदैछ। दोषी जो कोही भए पनि कानुनी प्रक्रियाबाट कारबाही गरिनेछ। सरकार जनताको विश्वास जित्न र पारदर्शिता कायम गर्न प्रतिबद्ध छ।”

सरकारले जेन–जी आन्दोलनपछिका दमन, ठूला भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण प्रकरणमा संलग्न ठहरिएका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्ने तयारी थालेको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले यसबारे गम्भीर छलफल अघि बढाएको सरकारी स्रोतहरूले जनाएका छन्।

उच्च स्रोतका अनुसार, हालै मन्त्रिपरिषद्को बैठकले जेन–जी आन्दोलनताका प्रदर्शनकारीमाथि भएको गोलीकाण्ड र बल प्रयोगमा जिम्मेवारी लिएका कार्यकारी नेतृत्व तथा भ्रष्टाचार र अवैध सम्पत्ति संकलनमा संलग्न ठहरिएका व्यक्तिहरूलाई कानुनी कारबाहीतर्फ अघि बढाउने योजना बनाएको छ। तत्कालका लागि उनीहरूको राहदानी रोक्ने तयारीलाई प्राथमिकता दिइएको छ।

स्रोतले भने, “जेन–जी आन्दोलन दमनमा संलग्न र ठूला आर्थिक अनियमिततामा मुछिएका शीर्ष तहका नेताहरूको पासपोर्ट रोक्का गर्ने विषय अन्तिम चरणमा छ। कारणसहितको पत्राचार अध्यागमन विभागमा पुगेपछि औपचारिक निर्णय हुनेछ।”

सरकारले राहदानी रोक्का गर्ने वाचलिस्टमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको नामसमेत रहेको बताइएको छ। यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र केही अन्य नेताहरूको घरमा सम्पत्ति शुद्धीकरण विभागले मुचुल्का उठाइसकेको छ।

गत दिनहरूमा सम्पत्ति शुद्धीकरण विभागका टोलीहरूले देउवा, दीपक खड्का, प्रचण्ड र ओलीको निवासमा पुगेका थिए। जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले यी घरहरूमा आगजनी गरेपछि जलेको नगद र अमेरिकी डलरसहितको रकम भेटिएको भिडियो र प्रमाण सार्वजनिक भएका थिए। देउवाको पक्षले भने भेटिएको स्थानलाई ‘पानी ट्यांकी’ मात्र भएको दाबी गर्दै पैसाबारे स्पष्ट अस्वीकार गरेको छ।

सरकारले राहदानी रोक्का अघि कानुनी पक्षबारे अध्यागमन विभाग र राहदानी विभागसँग विस्तृत सल्लाह–मसलाह गरेको छ। नेपाल राहदानी ऐन २०७६ अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, संगठित अपराध, आतंकवाद वा अनुसन्धानरत अन्य गम्भीर अपराधमा मुछिएका व्यक्तिको राहदानी रोक्न सकिने व्यवस्था छ। अदालत वा अनुसन्धान अधिकारीको पत्राचारमा आधारित भएर मन्त्रालयले पासपोर्ट रोक्का गर्न सक्ने स्पष्ट कानुनी आधार पनि छ।

अहिलेसम्म औपचारिक निर्णय नभए पनि, सरकारले संवैधानिक प्रक्रिया र कानुनी मापदण्डअनुसार यी कदम चाल्नुपर्नेमा जोड दिएको छ। पासपोर्ट रोक्कासँगै ठूला अनियमितता र जेनजी आन्दोलनको दमनमा मुछिएकाहरूमाथि गहिरो छानबिन र कानुनी कारबाही अघि बढाइने संकेत मिलेको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।