Washington DC, US : May 25, 2026, Monday 08:21 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ कडा नियम लागू|नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित|cartoon|ट्रम्प जुनियरको विवाह समारोहमा सहभागी हुने कि नहुने भन्ने दुविधामा डोनाल्ड ट्रम्प|लगातार तीन आर्थिक वर्षसम्म स्थिर रहेको सरकारी कर्मचारीको तलब अब बढ्ने संकेत|अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले युरोपमा अमेरिकी सैनिक तैनाथीबारे सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास|अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकको जिम्मेवारी सम्हालिरहेकी तुलसी ग्याबार्डले पदबाट राजीनामा दिने घोषणा|डोनाल्ड ट्रम्प ले इरानविरुद्ध युद्धसम्बन्धी अधिकार प्रयोग गरिरहेको विषयमा अमेरिकी सिनेटमा ठूलो राजनीतिक चुनौती|चीनको राजधानी बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ बाहिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लाई दिइएको स्वागत समारोह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई केही दिनअघि गरिएको भव्य स्वागतसँग लगभग उस्तै|प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस

फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई पाँच वर्ष जेल सजाय

  NepalMother.com | ९ आश्विन २०८२, बिहीबार १३:५७

फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई आपराधिक साजिश (criminal conspiracy) को अभियोगमा पेरिसको अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ। आधुनिक फ्रान्सको इतिहासमै पहिलोपटक कुनै पूर्वराष्ट्रपति जेल पठाउने निर्णय भएको हो।

अदालतका प्रमुख न्यायाधीश नाथाली गाभारिनोले यो अपराधलाई “असाधारण गम्भीरता” भएको र “नागरिकको न्याय प्रणालीमाथिको भरोसा कमजोर पार्ने खालको” भन्दै तत्काल काराबास आदेश दिइन्। सार्कोजीलाई €१००,००० (करीब ८७ हजार पाउण्ड) जरिवाना तिर्न पनि आदेश दिइएको छ।

७० वर्षीय सार्कोजीले अदालतमा आफू निर्दोष भएको दाबी गर्दै यो फैसला विरुद्ध अपिल गर्ने घोषणा गरेका छन्। उनले भने, “यदि उनीहरू मलाई जेल सुताउन चाहन्छन् भने म टाउको ठाडो गरेर जेल सुत्छु। तर यो न्याय होइन, यो फ्रान्सकै अपमान हो।”

लिबियाबाट चुनावी चन्दा लिएको आरोप

यो मुद्दा २००७ को फ्रान्सेली राष्ट्रपति चुनावमा लिबियाली नेता मुहम्मर गद्दाफीसँग गैरकानुनी रूपमा चुनावी चन्दा लिएको आरोपमा केन्द्रित थियो। अभियोजन पक्षले सार्कोजी र उनका सहयोगीहरूले गद्दाफी शासनसँग “भ्रष्टाचार सन्धि” गरेको र त्यसको सट्टामा कूटनीतिक र व्यावसायिक फाइदा दिने वाचा गरेको दाबी गरेका थिए।

सार्कोजीले २००७ मा राष्ट्रपति निर्वाचित भएपछि गद्दाफीलाई पेरिसमा विशेष स्वागतसहित राज्य भ्रमण गराएका थिए। तर २०११ मा उनले नै नाटो नेतृत्वमा गद्दाफी शासनविरुद्ध हवाई आक्रमण गर्न सहयोग गरे, जसपछि गद्दाफीको शासन ढल्यो।

पहिलेका मुद्दा र थप कानुनी संकट

यो सार्कोजीको तेस्रो ठूलो कानुनी पराजय हो। यसअघि उनलाई एक न्यायाधीशलाई फाइदा दिने प्रयासमा “भ्रष्टाचार र प्रभाव किन्दै” गरेकोमा एक वर्ष कैद (इलेक्ट्रोनिक ट्यागसहित) र २०१२ को चुनावमा अवैध खर्च लुकाएको आरोपमा सजाय भइसकेको छ। यी दुवै मुद्दामा उनी अपिल गरिरहेका छन्।

लिबियाली चन्दा काण्डमा अभियोजनको प्रमुख साक्षी जियाद तकिएद्दिन हालै हृदयघातका कारण निधन भएका छन्। उनी पहिले गद्दाफीबाट नगद ल्याएको दाबी गर्दै आएका थिए तर पछि बयान फिर्ता लिएपछि मुद्दामा नयाँ शंका उठेको छ।

राजनीतिक प्रतिक्रिया

फ्रान्सेली दायाँपन्थी नेताहरूले सार्कोजीलाई समर्थन जनाएका छन्। पूर्व आन्तरिक मन्त्री ब्रुनो रेटायोले “उनीलाई साथ र मित्रता” प्रकट गरेका छन्। तर वामपन्थी नेतृ क्लेमेन्टिन ओत्यानले भने “टाउको ठाडो, तर हात फोहोर” भन्दै निर्णयको स्वागत गरेकी छन्।

सार्कोजी अझै पनि फ्रान्सेली दक्षिणपन्थी राजनीतिमा प्रभावशाली व्यक्तित्व मानिन्छन्। तर यो फैसला उनले पुनः सक्रिय राजनीतिक भूमिका खेल्न चाहेको योजनामा ठुलो धक्का हो।

यो सजाय सुरु कहिले गर्ने भन्नेबारे न्यायालयले केही हप्तामा जानकारी दिनेछ। सार्कोजीले भने अपिल गर्दै निर्दोष सावित हुने दाबी गरेका छन्।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।