१.
नबोल्न हुन्न हुन्न है विवादहीन जिन्दगी
लिई सकें दिई सकें करोड लाख बन्धकी
तिमी थियौ म जो थिएँ, र जिन्दगी थियो कहाँ ?
बनाउने विचार हो वसन्त वाग जीवनी ।
२.
समाजवादको कुरा, सुधारवादको कुरा
उमेदवार मैं बनें सहर्ष चढ्न टाकुरा
म आउने छु ताजगी बनेर प्रष्ट रोशनी
बनाउने विचार हो वसन्त वाग जीवनी
३.
पगाल्न गाल्न हैन जो, संगाल्न पाल्न चाहियाे
खुला कुरा सफासफी, अँगाल्न चाल्न पाइयो
जवाफदेहिता लिने बहाल मित्र छन् धनी
बनाउने विचार हो, वसन्त वाग जीवनी ।
४.
पुराण पारदर्शिता नलेख्न लेख्न पाइयो
समस्त वाञ्छनीय छन् म सङ्ग प्यार लाइयो
जुवा र तास फालियो, झलल्ल झल्झली मणि
बनाउने विचार हो वसन्त वाग जीवनी ।
५.
चुनाव चाहना थियो चुनाव पञ्च काइदा
गमेर बस्न मन्सिए थपक्क खान फाइदा
बकाइदा रमाइला फराकिला कुरा बनी
बनाउने विचार हो वसन्त वाग जीवनी ।
क्रमशः
१.
हराभरा अझै धरा बनाउनै छ उर्वरा
उखालिएर फालिऊन् समस्त भ्रष्टकोे जरा
नवीन कार्ययोजना लघार्न दुष्ट भ्रष्ट हो
भनिन्छ जे सबै कुरा यथार्थ सत्य प्रष्ट हो ।
२.
युवा उमेदवार छन् चुनाव लड्न हौसिने
सचेत बृद्ध छन् सबै प्रयासमा समेटिने
विकास गर्न देशको कला र काव्य चाहिने
भनेर भन्न पाइयोस् भयो निकास पाइने ।
३.
दवावमा कुनै कसै नपर्नुहोस् कतै भनें
विनम्र भक्ति भावले स्वराष्ट्र दास मैं बनें
प्रशस्त चोट खाइयो, अनर्थ दोष लाइयो
परन्तु कर्ममा दरो बनेर पाे रमाइयाे ।
४.
छ ध्यान बालबालिका समस्त सामुमा रहे
सुधार गर्न चेतना प्रसन्न दृष्टिमा रहे
नफस्न लोभ स्वार्थमा म बाँड्छु जो सचेतना
सुधार थालनी छिटो गरिन्छ फाल्न वेदना ।
५.
उपासना गरी बसें सदैव सत्य धर्मको
सपार्न सभ्यता अझै युवा लिऊन् सकर्मको
म भित्रका विचारमा छ शुद्ध भावना सफा
स्वयं छ लेखिने शनै अधर्म मासिने कथा ।
६.
म भन्छु फस्न हुन्न है कदापि भ्रष्ट चालमा
प्रसन्न बन्न हुन्न है अनर्थ व्यर्थ जालमा
गरिन्छ रोग शोकको विनास जो अवश्य हो
लिएर आउने सफा उज्यालिने भविष्य हो ।
७.
गरीवको कुरा सुनौँ, सुनौँ कुरा बुझौँ अझै
अनाथ नाथ पारिने निकाल्न चाल होस् सबै
विमर्श होस् विचारमा सतर्क स्वच्छ लाै अब
छु ल्याउने समाजमा विवेक पोस्न वास्तव ।
८.
खुला भनें सबै कुरा, लिएर जोश जाँगर
समर्थ होस् प्रचारमा पवित्रता उजागर
नदेखिऊन् कुनै दुखी, बनाइयून् सबै खुसी
युवा छ लम्कने जहाँ सुझाव विज्ञको बुझी ।
९.
जुवा नखेल है युवा विचार होस्, विमर्श होस्
तिमी सँगै छ आँकुरा, उकारिने प्रयास होस्
बजारमा हजार छन् अनर्थ स्वार्थका कुरा
म दिन्छु काव्यका कुरा, समाल बढ्छ आँकुरा ।
क्रमशः
**********
गर्न आनन्द खेती
मालिनी छन्द
२०८२/०६/०८
अचम
(अभिनव व्यास)
तनहुँ, नेपाल ।
१.
नगर गर कि वास्ता जिन्दगी एक खेल
सरल सहज बढ्दा काव्य चाहन्छ मेल
समुचित सुविधाको गर्न चाहेर चर्चा
कवि मन अकुलायो छर्न चाहन्छ पर्चा ।
२.
अभिनव हुन आयो व्यास बन्ने शुभेच्छा
विकिरण पर फाल्ने साथ पाल्ने सदिच्छा
मन खुस अति पार्ने गर्न थाल्दा तपस्या
सकस यदि उदाए कुच्न पर्ला समस्या ।
३.
मधुर मधुर वाणी ज्ञान विज्ञान ढोका
सरल छ तरिका जो फाल्न निर्धक्क धोका
धवल मन छ उस्तै प्रेमको पुष्प थुङ्गा
सहजसित चलाओस् मोक्ष तार्ने छ डुङ्गा ।
४.
उचित छ कवि चल्ने मूल बाटो चिनेको
हजुरसित छु सङ्गै पल्ट कैयौँ हिँडेको
प्रचुरतम प्रभामा गर्न आनन्द खेती
मलजल पसिनाले सिँच्छु बाधा लखेटी ।
५.
विपरित क्रम चल्ने प्रष्ट मास्ने इरादा
असल मन हुनेमा भन्न पर्दैन ज्यादा
कतिपय बहुलाए धर्म अध्यात्म मासी
अनुचित घटनामा हुन्छ दोषी खलाँसी ।
६.
परिचित कवि बन्ने ठोस सन्देश छोडी
सरल असल बन्ने हुन्छ उत्साह जोडी
उपज सहज राम्रो पारिने हुन्छ गोडी
कसर असर उखेल्ने हुन्छु लौ झार तोडी ।
७.
असहमत भएकामा शीघ्र औचित्य बोध
समुचित तरिकाले हुन्छ उत्पन्न शोध
रहर अब छ जाग्ने तर्न जो मोक्षधाम
गलत जति पछार्दा हुन्छ लाग्ने लगाम ।
क्रमशः
**************
उम्रुन् नयाँ आँकुरा
शार्दूलविक्रीडित छन्द
२०८२/०६/०७
अचम
(अभिनव व्यास)
तनहुँ, नेपाल ।
१.
गर्ने गर्छु टिपोट शुद्ध मनले आज्ञा मिलोस् निर्मला
लेख्ने चाख छ सक्छु काव्य कसरी गर्ने सबैको भला
लाै उत्साह छु चाहने हजुरको सौजन्य सङ्लो अझ
विस्तारैसित चालिने कदममा रोज्नेछु उस्तै पथ ।
२.
पाएको वरदान मान्छु म खुला बन्दै नयाँ चालमा
स्वेच्छापूर्वक लेखिने हरफ छन् आनन्दले हालमा
ऊर्जा पाउन योग्य आज म भए थाप्दैछु झोली अब
होस् विस्तारित कर्म शुद्ध छरितो सद्धर्मकोे वास्तव ।
३.
हेर्नोस् अक्षर शब्द वाक्य रचना कस्तो भयो याे अनि
लाै सल्लाह दिनोस् कुशाग्र मनले भन्दैछ स्रष्टा मणि
बाटो छानिन पर्छ तीव्र गतिमा टेक्ने चुली, टाकुरा
आओस् काव्य विधानबाट गतिला उम्रून् नयाँ आँकुरा ।
४.
सोझै बात यथार्थ राख्छ कवि याे, झुक्ने छ पर्दा अझ
बोक्ने ढाढस बक्सियोस् हजुरले उम्दा चुनी गौरव
सादा जीवन उच्च सोच क्षमता होस् पूर्ण विस्तारित
भन्ने चाख चलाख मूर्त भरियोस् तत्काल प्रस्तावित ।
५.
गाढा चिन्तनमा पसौं म कसरी जिम्मा लिने कामको
माैका माफिक दत्त चित्त म बनौं चिन्ता बिना नामको
बक्सेको गुरुदेवबाट सुविधा संस्कार भर्ने नयाँ
साझा काम बनोस् विकास पथमा होस् निर्मला योजना ।
क्रमशः
***********
पढ्दै छु आफ्नै कथा
शार्दूलविक्रीडित छन्द
२०८२/०६/०७
अविचल आस्था मणि
तनहुँ, नेपाल ।
१.
डाक्दा अक्षर प्रेमले हरफमा आई बसेका गुनी
बन्ने सेवक तत्वज्ञान गहिरो बोकी तपस्वी मुनी
भर्ने कौतुक सर्वमान्य कविता पार्ने यशस्वी चुनी
सच्चा साधक वृत्तिसाथ कविको वर्षा बन्यो मन्सुनी ।
२.
भन्छन् रूप छ सक्कली गजबको आफ्नै भनी पाठक
ऐनामा मनको उपस्थित हुने संस्कारमा व्यापक
आएका रस सारमा सफलता सन्तोष साधारण
गाढा स्वत्व महत्व आत्म बलको पाएँ असाधारण ।
३.
पढ्दा पाठ सबै खुलस्त रचना आफ्नै मनोज्ञानमा
छन् भावान्वित साधना सफलता झैँ फूल उद्यानमा
सारा अङ्ग प्रत्यङ्गमा नसनसा उन्मुक्त आराधना
गर्ने पाठ सिकाउँछन् अनुभवी उत्साहमा कामना ।
४.
बाँड्ने सार्थक प्रेरणा कवि बने आलोकमा प्रस्तुत
सेवामा जनको समर्पित हुने छन् धारणा वस्तुत
यस्तै अर्थ सजाउने हृदयमा छन् साथ संग्ली परी
खुल्छन् प्वाँख रमाइलो किसिमले उड्दा म डाँफे चरी ।
५.
संस्कारोचित प्रार्थना छ कविको आयो जवानी खडा
जम्मा गर्न सघाउने मजबुती संसारका सम्पदा
आत्मामा शुभ मान्यता सरलता छन् व्याप्त बन्दै सफा
लाग्यो वाचन काव्यको जब गरेँ पढ्दै छु आफ्नै कथा ।
क्रमशः
********
भन्दै थिए ती मुनी
शार्दूलविक्रीडित छन्द
२०८२/०६/०६
अविचल आस्था मणि
तनहुँ, नेपाल ।
लाखौँ जन्म अगाडिबाट घुमियो जो देश देशान्तर
देहात्मा पनि एक झैँ हुन गयो मेटी सबै अन्तर
कोठी चिन्हल गोप्यमा छ अहिले जस्तो थियाे त्याे अघि
हाँसो मन्द
राधाकृष्ण बनेर घुम्न पुगियो नाचेर वृन्दावन ।
भन्दा हुन्छ कुरा प्रकष्ट मनकाे के के छ ऐले सब
पाएको अधिकार स्वच्छ रसिलो प्रज्ञा खुला गौरव
ज्ञाता जीवन शोध बोध छ बुझेँ सत्कारमा यो भनें
के भन्ने शुभ चाहना छ मलिलो आचार राख्ने बनें ।
के कस्तो मनमा छ त्याे तुलबुली मिल्ने भए त्याे सुनी
पूजा गर्न छु आउने चरणमा यो छैन है बैगुनी
सङ्गै बस्न बिताउने रहरमा बाँकी छ लाखौँ जुनी
आए भन्न स्वयं प्रकष्ट लयमा भन्दै थिए ती मुनी ।
भिन्नै स्वच्छ विचार खेल्छ मनमा बुझ्दै गएँ त्याे पनि
भन्ने नारद जो थिए रहरले उत्साहकी छौ धनी
निर्माता मनसाय दिव्य गतिलो छौ जे भनें नायिका
लेख्दा गीत हुने भयौ पनि भने हाँसी स्वयं गायिका ।
सच्चा मानव भावना छ सुकिलो श्रद्धा नमस्कारमा
खेल्ने पावन भावना छ गतिलो भन्छन् चमत्कारमा
थप्नै पर्दछ के भने हजुरले ऐले भयोे त्याे पनि
फोटो एक पठाउनोस् सब कुरा खुल्ने गरी जीवनी ।
************
प्रतिक्रिया