कुनै पार्टी, कुनै नेता, तिनका कार्यकर्ता, कसैले पार्टी कार्यालय र आफूहरू बन्ने, बनाउने, उठ्ने बाहेक देश बनाउने, देश उठाउने बारे बोलेको सुन्नु भो ??
हो यही फोहोरी राजनीति देखेर घृणा लाग्छ त्यसैले म न त कुनै पार्टी वा सङ्गठन मा छु, न त भोलि हुने छु । तर जहाँ भए पनि, जहाँ रहे पनि आफ्नो प्राण भन्दा प्यारो जन्मभूमिलाई माया गर्न भने छाडिन्न ।
जन्मभूमिबाट कुनै लिनु छैन, सकेको योगदान दिन भने छोडिने छैन स्वतन्त्र भएरै, स्वतन्त्र रहेरै, ( हुन त यो स्वतन्त्र भन्ने पवित्र शब्द पनि अपहरणमा परिसकेको छ गलत मान्छेहरूबाट, त्यसैले गलत अर्थ नलागोस्, वास्तविक स्वतन्त्र भन्न खोजेको हो ) आफ्नो क्षेत्रबाट अर्थात् गीत सङ्गीत, साहित्य, कलाकारिता, सामाजिक क्षेत्र र पत्रकारिताका माध्यमबाट ।
नेपाली हामी रहौँला कहाँ नेपाली नरहे ! सबैको चेत खुलोस् । बेलैमा खुलोस् । हामी परदेशी हुन बाध्य भए पनि अब कुनै पनि नेपाली हामी जस्तै परदेशी बन्न बाध्य नहोउन । प्रार्थना र कामना ।
यसो भन्दै गर्दा देश लुटेर खान पल्केका ब्वाँसा नेता र तिनका विवेक शून्य झोलेहरू, मतियारहरू हामी परदेशमा खुन र पसिना सिञ्चित गरेर जीविकोपार्जन गर्ने लाखौँ नेपालीहरू माथि खनिँदै भन्छन् – विदेशमा बसेर ठुलो कुरा गर्ने ? हामी खुसी छौँ नेपालमै, नेपाल आएर कुरा गर, नेपालका बारेमा कुरा गर्ने तिमीलाई अधिकार छैन ।
यसो भन्ने ती अबुझहरू, विवेक बन्धक राखेर ओली, देउवा, प्रचण्डहरूका पाउ मोल्ने नालायकहरू हरेक वर्ष डिभी भर्न र विभिन्न राजदूतावासमा भिसा अप्लाइ गर्न जान भने छाड्दैनन्, उनीहरू न सुध्रेका छन्, न सिक्न चाहन्छन्, न सिक्ने छन् । तर यिनका घर घरमा रहेका यिनका जेंजी पुस्ताहरू नै यिनीहरूलाई प्रश्न गर्न, थुक्न तयार पार्दैछन् । सत्य बोल्दा लेख्दा तितो लाग्ला तर वास्तविकता यही हो ।
प्रतिक्रिया