नयाँ अन्तरिम सरकार बन्यो, संसद भंग भयो तर संबिधान जीवित छ । यदि यो संबिधान अन्तरगत नै सरकार चल्ने हो भने यो सरकार केही गर्ने सक्दैन। आफै राजा बनेर केन्द्र देखि गाउँ गाउँ सम्म लुटेर खान पाएका एमाले कांग्रेस माओबादीहरुले फेरि टाउको उठाउन थालेका छन् । देशले ठुलो क्षति व्यहोरेको छ र अब कहाँ बाट कसरि उठ्ने पुरै अन्यौल छ । जेंजी हरु असंगठित छन् , बालेंन परिपक्क देखिन्नन, हर्क ढुंगा बोक्ने भन्दा माथि उक्लिन सक्ने छैनन । झनै बेथिति बढ्ने र भारतीय चलखेल तिब्र हुने सम्भावना छ । सेना र प्रहरीको मोरल झनै बढी गिरेको र कमजोर देखिन्छ। यो सबै देख्दा अब नेपाल कुन दिशामा अघि बढ्छ भन्न गार्हो छ । पशुपति नाथले चलाएको भनिने नेपालका अबका दिन झनै कठिन र भयाबह देखिन्छन । मानौं या नमानौं यस पटक पनि जे भयो भारतकै हात थियो । उतैले गर्ने छ जे गर्ने छ तितो यथार्थ यही हो।
उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मणिपुरको सार्वजनिक सभाबाट नेपालप्रति मित्रताको सन्देश पठाउँदै नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। हिंसाग्रस्त मणिपुरको पहिलो भ्रमणका क्रममा उनले दुई छिमेकी राष्ट्रबीचको गहिरो सम्बन्धलाई पुनः पुष्टि गर्दै भने,
“नेपाल भारतको घनिष्ठ मित्र हो। हामी साझा इतिहास र विश्वासले जोडिएका छौँ र सँगै अगाडि बढिरहेका छौँ।”
मोदीले अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीलाई १.४ अर्ब भारतीय नागरिकका तर्फबाट बधाई दिँदै नेपालको शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नेमा विश्वास व्यक्त गरे। उनले कार्कीलाई महिला सशक्तीकरणको प्रेरक उदाहरण भन्दै प्रशंसा गरे र हालैको आन्दोलनका क्रममा नेपाली युवाले सडक सफा गरी पेन्ट गरेको दृश्यलाई “नेपालको नयाँ उदयको संकेत” भनेर सम्बोधन गरे।
नेपालमा केपी शर्मा ओलीको राजीनामापछि जेनजी समूहको सार्वजनिक मतदानमार्फत प्रस्तावित कार्कीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी हुन्। उनलाई शान्ति कायम राखी आगामी मार्च ५ मा हुने निर्वाचनको तयारी गर्ने जिम्मेवारी दिइएको छ। मोदीले अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोच्च राखेको भन्दै नेपाल सरकारलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए।
यसैबीच, नेपाली कांग्रेसले शनिबार सार्वजनिक गरेको कार्यसम्पादन समितिको निर्णयले आन्तरिक विवाद चर्काएको छ। जेनजी प्रदर्शनकारीको आक्रमणबाट पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सख्त घाइते भई उपचाररत रहेकाले उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक बसेको थियो।
बैठकले आन्दोलनमा मारिएका युवाप्रति श्रद्धाञ्जली र घाइतेको उपचारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए पनि सभापति देउवाको स्वास्थ्यलाभको कामना नगरेको र घटनाबारे स्पष्ट धारणा नदिएको भन्दै पार्टीभित्र प्रश्न उठाइएको छ। केन्द्रीय सदस्य उमेशजंग रायमाझीले भने,
“मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको पक्षमा रहेको कांग्रेसले संवेदनशील विषयमा स्पष्ट धारणा राख्न नसक्नु दुःखद् हो। यस्तो संयन्त्रले सिंगो कांग्रेसलाई प्रतिनिधित्व गर्न सक्दैन।”
बैठकमा देउवामाथि भएको आक्रमणलाई संवेदनाहीन ढंगले सम्बोधन नगरेको भन्दै केही सदस्यहरूले नेतृत्वको शैलीमाथि पनि असन्तुष्टि व्यक्त गरेका छन्।
बैठकमा सिंहदरबारसहित राज्य र निजी सम्पत्तिमा भएको क्षतिको छिटो आकलन गरी पुनर्निर्माण योजना बनाउन आग्रह गरिएको छ। तर, देउवा र आरजु राणामाथिको आक्रमण, जसले कांग्रेसको मनोबल नै प्रभावित पारेको छ, त्यसमाथि न्यूनतम संवेदना समेत व्यक्त नगरेको निर्णयले पार्टीको आन्तरिक एकता र विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ।
मोदीको बधाई सन्देश र भारतको समर्थनले नेपाल–भारत सम्बन्धमा सन्देशमूलक प्रभाव पार्ने देखिए पनि नेपाली राजनीतिक वृत्तभित्र आन्तरिक मतभेद, नेतृत्वको संवेदनशीलता, र जेनजी आन्दोलनपछिका चुनौती अझै मथिंगल बनेर रहेका छन्।
प्रतिक्रिया