टंक पन्त
नेपालाको मात्र होइन बिश्वको इतिहास पनि केही न केही अध्ययन गरेकै थिए । नेपालमा भएका राजनीतिक परिवर्तनका लागि भएका ०४६ पछिका सबै आन्दोलनमा सहभागी पनि भएकै हो । ०४६को आन्दोलनमा कलेजको बिद्यार्थीको हैसियतले सहभागी भैयो भने त्यसपछि भएका दश बर्षे जनयुद्ध, ०६२, ०६३को ऐतिहासिक जनआन्दोलन, संबिधान निर्माण लगायतका लोकतान्त्रिक आन्दोलनलाई पत्रकारिताको बिद्यार्थीको हैसियतले नजिकबाट हेर्ने र लेख्ने काम गरे । आम नागरिक समक्ष जे भएको छ त्यहि जस्ताको तस्तै पस्किने काम गरेको पनि ३३ बर्ष नाघेछ । शान्ति , बिकास , मानब अधिकार र स्वतन्त्रताका लागि भएका कैयौ संघर्षहरुमा घटेका घटनाहरु कहाली लाग्दा नै थिए । जघण्य मानब अधिकार उल्लंघनका घटना भएकै थिए । दश बर्षे सशस्त्र द्धन्द्ध जनयुद्धमा राज्य र आन्दोलनकारीवाट भएका जघण्य अपराधिक घट्नाहरु सम्झिदा अहिले पनि मुटु नै पोल्छ । अहिले पनि त्यसमा देखिएका दोषीलाई कारवाहीको दायरामा ल्याइएको छैन । किनकि सत्तामा पालैपालो बसेका जिम्मेवार भनिएका दलका नेता , ब्यूरोक्रेसीका केही अधिकारीहरु , सुरक्षा निकायका उच्च अधिकारीहरुको भूमिकाले कारवाहीमा नल्याउनका लागि काम गरेको छ । देशमा गणतन्त्र आन्दोलनबाटै आयो तर जनताको अपेक्षा बिना संघीयता लादियो अनि प्रारंभ भयो पुनः कुशासन र लूटतन्त्र । परिवर्तनका लागि लडेका कतिपय राजनीतिक दल र नेताहरुमा चढेको अहं घमण्ड मात्र होइन अब त हामीलाई कस्ले दिन्छ चुनौति भन्ने सोचको बिकास हुदै गयो । आम नागरिकले नेता र दलले संघर्ष गरेर परिवर्तन त गरे तर परिबर्तनलाई जनभावना अनुसार काम गर्नुको साटो आफन्त , आफ्ना र गूटलाई संस्थागत गर्ने गरी कुशासनमा लिप्त भए भन्दै पनि आए । आफनो मात्र स्वार्थमा ब्यूरोक्रेसी , संवैधानिक निकाय सहित अन्य सेवा क्षेत्रमा रहेका धेरै सहभागी भए । केही प्रतिशत इमान्दार पनि थिए तिनीहरु छायांमा परे । त्यसको कटू आलोचना हुदा पनि संबिधान, कानूनको खिल्ली उडाउदै घमण्ड अहंले सीमा नै नाघ्यो । सच्चिन गरिएका आग्रहलाई खिसिट्यूरी गर्ने काम भयो । अति भएपछि खति हुन्छ भनेझै ०८२ भाद्र २१ गते युवाहरुले भ्रष्टाचार बिरुद्ध , सुशासन र केपि ओली नेतृत्वको एमाले काग्रेसको सरकारवाट भएको सामाजिक संजाल बन्द बिरुद्ध भाद्र २३ गतेका लागि प्रदर्शनको घोषणा गरे । युवा बिद्यार्थीहरु स्वस्तफुर्त रुपमा देशका प्रमुख शहरमा उत्रिए । पहिलो दिन २३ गते नै शान्तिपुर्ण प्रदर्शनमाथि सरकारले सयौ राउण्ड अश्र्र्र‘ुग्यास , हवाइ फायर मात्र प्रहार गरेन कि अबोध युवा युवतीमाथि अन्धाधुन्द गोली ठोक्यो । म लगायत मेरो अफिसका साथीहरु अश्र्रुग्यास खादै घटनाको प्रत्यक्ष प्रसारणमा जुटेका थियौ । हाम्रै आंखा अगाडि ती युवाहरु रगताम्मे भएर ढले । टाउकाकोे गिद्धी क्षतबिक्षत हुने गरी गोली लागेपछि अस्पताल नपु¥याउदै कैयौको ज्यान गयो । ज्यान जोगाउन कलेज र घर भित्र पसेका युवाहरुलाई पनि प्रहरीले छोडेन । पचासौ हजार युवाहरु सडकमा थिए । प्रदर्शनकारीहरु १९ जना एकै दिन ठहरै भए । देशमा रोजगारी नदिने सरकार , शिक्षा स्वास्थ्यका लागि मतलब नगर्ने भ्रष्ट शासकहरुवाट देशमा बढ्दै गएको चरम भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर सडकमा उत्रिएकामाथि गरिएको आक्रमणले देश युवको रगतले लत्पतियो । झण्डै १५ सय घाइते भए । अहिले सम्म घाइते र सुरक्षाकर्मी सहित थप १८ जनाको दुखद निधन भैसकेकोे छ ।
दिनभरि आखा अगाडि युवाहरु ढलेको घाइतेहरुको अबस्था सहितको समाचार बनाएर घर फर्किदा १० मा पढ्दै गरेको मेरो छोरा समाचार हरेर निकै स्याड भएको देख्दा मेरो आंखावाट आशु नै आयो ।दिनभरि अश्र्रु ग्यासले रसाएका आंखा थामिएको थिएन । म जस्तै साथीहरुलाई कस्तो नराम्रो गरी गोली हानेर मारेको रहेछ है पापा भनी छोराले भन्दै थिए ।राति अबेर सम्म छोराले निद्रा नै लागेन भन्दै छटपटिदा मैले सम्झाउने प्रयास त गरे तर मलाई लाग्छ त्यस दिन प्रत्येक घरका बच्चाहरु र अभिभावकहरु बिछिप्त भएका थिए । तर के गर्ने पत्रकारिता गर्ने हामी जस्तोसुकै कठीन अबस्था र रगताम्य मैदान हुंदा पनि घटनाको यथार्थ आम नागरिकमा पु¥याउने भूमिकावाट पछि हट्न नहुने । त्यति मात्र कहां हो भन्न र लेख्न पनि मन सिरिङ्ग हुन्छ आन्दोलनको दोस्रो दिन अफिसमा काम सकेर राति साढे ९ बजे घर फर्किदै गर्दा धेरै ठाउं ठाउंमा आगो बलेको थियो ।आगो र उत्तेजित भीडबाट तर्किदै सिंहदरवार ,सुकेधारा हुदै चक्रपथ पुग्ने वेला भाटभटेनी दनदनी बोलिरहेको, वारीपारीवाट ढुगा हान्ने काम प्रदर्शनकारीले गरेका । आफनै गाडीमा एक्लेै छु फनक्क फर्किउ भने भाग्यो भन्लान् झम्टिएलान् भन्ने डर भो । तत्काल निर्णय गरे जे होला अगाडि बढ्छु भनेर आगो आगोमा ढुगा मुडामा गाडी ठोक्काउदै अगाडि बढे तीन मिनेट पार गर्न कैयौं दिन जस्तो लाग्यो मात्र होइन अनेक कुरा सम्झिए दुइ हप्ताका लागि नर्वे गएकी छोरीले पटक पटक कुनै हालतमा बाहिर निनिस्कनु है पापा । यस्तो बेला अफिस नगएर जागीर जान्छ भने जावस भनिरहेको कुरा मात्र होइन घरमा दाजुको अबस्था त्यस्तो छ आदि के के सम्झे सम्झे । चोक कटेपछि नयां जीवन पाएको अनुभूति गरे । त्यो घटना र संघीय संसद जलिरहेको बेला भित्रै प्रदर्शनकारीले यी मिडिया पनि झोले त होइनन् भनी लगाएको आखाको तारो र आफनै आखा अगाडि ती अबोध युवाहरु ढलेको झल्को अहिले पनि दिमागमा घुमिरहेको छ । मिति नाघेका अश्र्रुग्यासको प्रहारले आखामा पानी छम्किैदै रिपोर्टिङ्ग गर्दा कतिपय बेला आफैलाई पनि कतै केही त हुने होइन भन्ने हुन्थ्यो नै । तर अरुको भन्दा कमजोर होइन थप राम्रो सामग्री लिने ध्येयको हुटहुटी पहिले देखिको थियो र यस पटक पनि स्रोत साधनले भ्याए सम्म कमी हुन दिइएन । फिल्डमा म सहित साथीहरु युवगाहा मगर , चन्द्र धामी , दिनेश लोहनी, जेपी श्रेष्ठ, बिजेश शाक्य सहितको टिम लागेका थियौं । अफिसमै रहेर भूमिका खेल्ने साथीहरुको योगदान पनि उत्तिकै थियो । हरेक अभाव बिर्सिएर ज्यानको वाजी थापेर पत्रकारले जस्तोसुकै अफ्ट्यारोमा पनि भूमिका निर्बाह गर्ने गरेका छन् । पहिलो दिनको कहाली लाग्दो सरकारी हस्तक्षेपवाट अन्तरराष्ट्रिय समुदायले गंभीर चिन्ता मात्र गरेन सरकारले चरम मानब अधिकार उल्लंघन गरी कालो दिनको रुपमा परिणत गरायो भनी सरोकार राखे । त्यो सरोकार राख्नु भनेको नेपालको छबि माथि थप दाग लाग्नु हो । तर सरकारलाई त्यसले छोएन । सत्तासाझेदार दल नेपाली कांग्रेसका पदाधिकारीको दबावमा गृहमन्त्री सम्मले राजीनामा त दिए तर पश्चाताप भने गरेनन् । सत्तामा गएपछि यथार्थ पक्ष जस्तो ब्याक्तिले पनि भूल्दो रहेछ भन्ने यो घटनाले पुनः साबित गरेको छ ।
पहिलो दिनको घटनाले आम नागरिक , युवा बिद्यार्थीहरुको रगत यति तात्यो कि त्यस दिन राति शायद कोही पनि सुत्न सकेनन् । तर राज्यको नेतृत्व गरेकाले माफी मागेर राजीनामा दिनुको साटो उल्टै उडाउने काम गरे । अहं घमण्ड र दम्भले सीमा नाघेको झल्को स्पष्ट देखिन्थ्यो । अहं र घमण्डले यो खालको वीऊ रोपेकै हो । एकातिर अबोध बालक बालिकामाथि चरम दमन अर्कोतिर सरकारको बहुलट्ठीपनको कारण दोस्रो दिन युवाहरु मात्र होइन अभिभावक पनि देशब्यापि रुपमा सडकमा उत्रिए । जेनजी समूहले आह्वान गरेको प्रदर्शनमा अन्य नदेखिने शक्ति पनि मिसियो । अनि संघीय संसद भवन , सिंहदरवार , सर्बोच्च अदालत सहित अन्य अदालत, राष्ट्रपति भवन , प्रधानमन्त्री निवास , मन्त्री निवास , राष्ट्रिय उद्योगहरु , भाटभटेनी सुपरमार्केट , पांचतारे होटल , अन्य महत्वपुर्ण सरकारी कार्यालय ,पार्टी कार्यालय , नेताका घर मात्र होइन , प्रहरी चौकी माथि चार घण्टाको वीचमा ध्वंस हुने गरी आगो मात्र लगाइएन कि तोडफोड पनि गरियो । भेटिएसम्मका नेतालाई कुटने काम पनि भयो । नेपाली सेना सहितका सुरक्षा निकायको अगाडि संसद भवन जल्यो , सिंहदरबार जल्यो , सर्बोच्च अदालत ध्वस्त भयो । सिंहदरवार र सर्बोच्च अदालत सहित महत्वपूर्ण सरकारी कार्यालय ध्वस्त मात्र होइन देशको इतिहास नै खरानी भएको छ । प्रधानमन्त्री निवास, नेपाली सेनाको परमाधिपति राष्ट्रपति कार्यालय समेत ध्वस्त हुंदा सुरक्षा निकायले किन जोगाउन सकेन । स्वभाविक रुपमा गंभीर प्रश्न अहिले सर्बत्र छ । प्रधानमन्त्री , मन्त्रीहरु भगाभाग हुन थालेपछि बल्ल प्रधानमन्त्रीको राजीनामा आयो । समयमै संकटकाल घोषणा गर्न सिफारिश गरेर राजीनामा दिएको भए यो क्षति नेपाली सेनाले हुन दिने थिएन ।
प्रहरीलाई हतियारले सुसज्जित र बलियो नबनाउने ,नेपाली सेनालाई निर्णय गरेर आदेश नदिने अनि आफनो अकर्मण्यता ढाकछोप गर्न दल र नेताहरु लागेको प्रति आफनो गंभीर ध्यानाकर्षण भएको सबद्ध पक्षले जिम्मेवार निकाय समक्ष राखेको दावी पनि छ । सत्तामा गएपछि सामदाम षडयन्त्र चलखेल पनि नछोड्ने, पार्टीको नेतृत्वमा पुगेपछि हिड्न सकुञ्जेल हस्तान्तरण गर्न नखोज्ने प्रबृत्तिले पनि आम नागरिकहरु वाक्क दिक्क भएका छन् । अहिले यो संकटको घडीमा पनि मूल नेतृत्वमा अब हामी नेतृत्वमा बस्दैनौ अभिभावक भएर युवा पुस्तालाई हस्तान्तरण गर्छौ भन्न नसक्ने कस्तो नृलिप्तता हो । कस्तो घमण्ड हो । आज भागेर सुरक्षा निकायको शरणमा बस्नुपर्छ भन्ने यिनीहरुले सोचेका थिए त ? दुइ दिनमै यो खालको बिध्वस र निर्दोष युवाको हत्या नेपालमा त के बिश्वमै यस्तो भएको थिएन । देशको सार्वजनिक संपत्ति खरानी भएको छ खर्बोैको नोक्सान भएको मात्र होइन फेरि देश धेरै बर्षका लागि पछाडि परेको छ । प्रदर्शनकारीको माग अनुरुप संसद बाहिरवाट सरकार त बन्यो तर संबिधान र कानूनको ढोका के हुन्छ ? भाद्र २४ गते नरसंहार भएपछि रातिदेखि नेपाली सेनाले देश नियन्त्रणमा लिएको छ अर्थात सेनाको समन्वयमा शान्ति कायम गर्ने प्रयास भएको छ ।यो सकारात्मक पक्ष हो तर प्रदर्शनको दोस्रो दिन पनि करफूयू त थियो तर लाखौ जनता सडकमा उत्रिए , जेलहरु पनि तोडिए त्यति मात्र होइन राति सम्म तोडफोड आगजनी भयो । यति ठूलो क्षति र बिध्वंस भयो कि अहिले पनि यो हद सम्म आफ्नै देशको सम्पत्ति स्वाहा गरिन्छ भन्ने प्रश्नले टाउको भनिएको अबस्था छ तर यथार्थ रुपमा भन्नुपर्दा कालो धब्बाको रुपमा भदौ २३ र २४ गतेका दिन नेपाल अंकित भएको छ । वास्तवमा नेपाल रहे मात्र हाम्रो शीर ठाडो हुने हो हामी नेपाली हौ गौरव गर्ने पनि नेपाल रहेमा न हो त्यसैले नेपाललाई नयां संरचनामा लगेर पूर्ण रुपमा परिवर्तन गर्नृपर्छ । त्यसका लागि संयम भएर एक मतका साथ निर्णयमा पुग्नुपर्छ अब प्रत्यक्ष निर्वाचित कार्यकारीको नेतृत्वमा मुलुक संचालन गर्ने गरी अगाडि बढ्नुको बिकल्प छैन । भ्रष्टहरुलाई कारबाही गर्ने , भ्रष्टाचार गरेर अकुत सम्पत्ति जोडेकाहरुवाट खोसेर ध्वंस भएका संरचना पुननिर्माणमा लगाउनुपर्छ । होइन र फेरि पनि केबल सत्तामा जानका लागि नयां अनुहार गएर मात्र हुदैन । कार्यशैलिमा आमूल परिवर्तन आबश्यक छ त्यहि नै युवाहरु र आम नागरिकहरुको माग हो यो मुलुकले थेग्न नसक्ने संघीयता जस्ता बिषयमा कठोर भएर निर्णय गर्र्र्ने पर्छ र जनताका उपलब्धि घटाउने होइन .
tanka.panta@gmail.com
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !
हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
नेपाल मदर डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ ।
नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ । Email: nepalmotheramerica@gmail.com rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)
Our Team:
हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका
(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)
नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********
कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया