राष्ट्रपति पौडेलको लिखित सम्बोधन : संवैधानिक दायराभित्रै निकास खोज्दैछु, सबै पक्षलाई संयमता र सहकार्यको अपिल
काठमाडौं, भदौ २५ । देशमा जेनजी आन्दोलन तीव्र बन्दै जानुका बीच राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायराभित्र रहँदै निकास दिने सबै सम्भावित प्रयास भइरहेको बताएका छन्। उनले नेपाली जनतालाई सम्बोधन गर्दै मुलुकमा लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न सबै पक्षसँग संयमता र सहयोगको आह्वान गरेका हुन्।
राष्ट्रपतिले लिखित सन्देशमार्फत भनेका छन्, “देशको अहिलेको विषम परिस्थितिमा संवैधानिक दायराभित्रै रहेर मुलुकलाई कसरी निकास दिने, लोकतन्त्रको जगलाई कस्तो गरी सुरक्षित राख्ने र शान्ति सुव्यवस्था कसरी कायम गर्ने भन्ने विषयमा म निरन्तर विचार–विमर्श र छलफलमा संलग्न छु। आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधान खोजिने विश्वास दिलाउँछु। सबै दाजुभाइ तथा दिदीबहिनीलाई संयमित रहन र शान्ति कायम राख्न सहयोग गर्न हार्दिक अपिल गर्दछु।”
जेनजी आन्दोलनमा मृत्यु ३४ पुग्यो, सयौं अझै उपचारमा
क्र.स. | नाम थर | उमेर | ठेगाना | लिङ्ग |
---|---|---|---|---|
१ | श्रीराम चौलागाईं | १९ | नख्खुलेक | पुरुष |
२ | सुलभराज श्रेष्ठ | २५ | नेपालगञ्ज उपमहानगरपालिका–१, बाँके | पुरुष |
३ | बुद्धि बहादुर तामाङ | ४२ | कीर्तिपुर न.पा.–२, काठमाडौं | पुरुष |
४ | गौरव जोशी | २१ | धनगढी | पुरुष |
५ | योग बहादुर श्रेष्ठ | २९ | बाहबिसे न.पा.–६, सिन्धुपाल्चोक | पुरुष |
६ | ईश्वर बहादुर अधिकारी | २६ | वन्सथली, काठमाडौं | पुरुष |
७ | सन्तोष विवक | २७ | बेलका नगरपालिका–४, उदयपुर | पुरुष |
८ | आयुष थापा | १९ | टोखा न.पा.–८, काठमाडौं | पुरुष |
९ | मिषल सारु मगर | १८ | अर्घाखाँची | पुरुष |
१० | छत्रमान खड्गीमी | ६० | धनकुटा | पुरुष |
११ | विमल भट्ट | २२ | गोर्खा | पुरुष |
१२ | काशी आलम ठकुर | २४ | नख्खुलेक | पुरुष |
१३ | विजय चौधरी | ३२ | सिराहा | पुरुष |
१४ | अभिषेक चौलागाईं | २१ | दोलखा | पुरुष |
१५ | बिनोद मर्झन | ३० | ललितपुर महानगरपालिका–७ | पुरुष |
१६ | दिल नारायण तामाङ | ४२ | काभ्रे मेमाल गाउँपालिका–७ | पुरुष |
१७ | योगेन्द्र न्यौपाने | २३ | दुबाटोके, भक्तपुर | पुरुष |
१८ | प्रविन कुदाल | २१ | संखुवासभा | पुरुष |
१९ | उमेश महत | २२ | चावहिल | पुरुष |
२० | नितिका गौतम | १७ | गौशाला | महिला |
२१ | अर्जुन भट्ट | २२ | नख्खुलेक | पुरुष |
२२ | देव कुमार सुवेदी | २३ | नख्खुलेक | पुरुष |
२३ | सौम्य किशोर श्रेष्ठ | नख्खुलेक | नख्खुलेक | पुरुष |
२४ | सुवास पोखरेल | नख्खुलेक | नख्खुलेक | पुरुष |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मंगलबारसम्म जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। राजधानी काठमाडौंसहित देशभरका विभिन्न अस्पतालहरूबाट प्राप्त तथ्याङ्क यस्तो छः
-
सिभिल अस्पताल, काठमाडौं – ६ जना
-
राष्ट्रिय ट्रमा सेन्टर – ८ जना
-
भेरी अस्पताल, नेपालगञ्ज – ५ जना
-
एभरेष्ट अस्पताल, काठमाडौं – ३ जना
-
फ्रन्टलाइन अस्पताल, काठमाडौं – ३ जना
-
केएमसी अस्पताल, काठमाडौं – २ जना
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – २ जना
-
बयोधा अस्पताल, काठमाडौं – २ जना
-
बीएनसी अस्पताल – १ जना
-
त्रिवि शिक्षण अस्पताल – १ जना
-
इलाम अस्पताल – १ जना
डा. बुढाथोकीका अनुसार, “हाल विभिन्न अस्पतालहरूमा १,३६८ जना घाइतेको उपचार भइरहेको छ। त्यसमध्ये ९४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ६४ जना गम्भीर घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा सारिएको छ।”
देश संकटपूर्ण अवस्थामा, सहकार्य अपरिहार्य
राष्ट्रपतिले अराजकता र हिंसा थप फैलन नदिन सबै सरोकारवालालाई संयमता अपनाउन आह्वान गरेका छन्। उनले हिंसात्मक गतिविधि रोक्न, घाइतेको उपचार र मृतकका परिवारलाई आवश्यक सहयोग गर्न राज्य संयन्त्रलाई समेत निर्देशन दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
विभिन्न राजनीतिक दल, नागरिक समाज, शिक्षक, विद्यार्थी तथा अन्तर्राष्ट्रिय समुदायले पनि जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्नेतर्फ सरकारले तत्काल कदम चाल्नुपर्ने बताइरहेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नुपर्ने बताएकी छन् । बिहीबार (भदौ २६) एक विज्ञप्ति जारी गर्दै संवैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनु पर्ने बताएकी हुन् ।
“प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद् जस्ता संस्थाहरू कायम नै छन् । त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रिपरिषद् गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ,” विज्ञप्तिमा भनिएको छ, “यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ । संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ ।”
नेकपा (एमाले)ले अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्नेमा जोड दिएको छ ।
पार्टी सचिवालयका तर्फबाट बिहीबार (भदौ २६) महासचिव शंकर पोखरेलले वक्तव्य जारी गर्दै युवापुस्ताका सरोकार सम्बोधन गरिनुपर्ने उल्लेख गरेका छन् । उनले सार्थक संवाद थाल्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानकर्षण गराएका छन् ।
प्रतिक्रिया