Washington DC, US : May 30, 2026, Saturday 07:02 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बजेट २०८३/८४ : सुधारको संकेत कि महत्वाकांक्षी सपना ? अर्थविद्हरूको मिश्रित प्रतिक्रिया|ट्रम्प–इरान सम्झौता अझै अनिश्चित, ह्वाइट हाउसमा उच्चस्तरीय बैठकपछि पनि अन्तिम निष्कर्ष निस्किएन|ट्रम्पको निर्णायक घडी : इरानसँग सम्झौता कि थप तनाव ?|बजेट २०८३/८४ मा गैरआवासीय नेपालीलाई ऐतिहासिक सम्बोधन, एनआरएनएको स्वागत : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ नाराले पायो नीतिगत आधार|आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट समग्र रूपमा हेर्दा|नयाँ सोचसहित स्वर्णिमको बजेटः कर सुधारदेखि एआई फ्याक्ट्रीसम्म, ‘टेक हब’ नेपाल बनाउने महत्वाकांक्षी घोषणा|Breaking News : २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट, आगामी आर्थिक वर्षको बजेट – पूर्णपाठ|सरकारले बजेटमार्फत निजामतीसहित सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको आधारभूत तलब १० प्रतिशतले बढाउने घोषणा|Breaking News : इरान र अमेरिकाबीच फेरि तनाव|अमेरिकी सेनाले तेहरानविरुद्ध थप “आत्मरक्षात्मक” सैन्य कारबाही

केपी ओलीलाई बिद्या भण्डारीको कडा चेतावनी “म माझकिरातकी छोरी हुँ, खुट्टा कमाउदिनँ, राजनीतिमा आइसकेँ, अब फर्किन्न”, मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नु"

  NepalMother.com | ७ श्रावण २०८२, मंगलवार ०९:१०

ओली–भण्डारी विवाद गहिरिँदै : एमालेभित्र डरको वातावरण, भण्डारी भने ‘अडिग’

काठमाडौं / नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको सम्बन्धमा चिसोपन धेरै पहिले देखापरे पनि हालको अवस्थामा यो विवाद सतहभन्दा गहिरो तहमा पुगेको देखिएको छ। केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीले “विद्या भण्डारीको प्रवक्ता बन्नेलाई कारबाही गर्ने” कडा चेतावनी दिएका छन्, जसपछि पार्टीभित्र यो विषयमा खुलेर बोल्न कोही पनि तयार देखिएका छैनन्। आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् । ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ’, भण्डारीले भनेकी छन् । बिगतमा आफ्ना बिरोधीहरुलाई तह लगाउन, अरु पार्टी फुटाउन, खेलाउन र मन नपरेकालाई जेल देखि कुना पुर्याउन माहिर ओली लाई यदि बिद्या भण्डारीले बोले अनुसार गर्न सकिन भने यो ठुलो चुनौती हुने छ र एमाले फुटको संघारमा पनि पुग्न सक्ने अनुमान गरिएको छ ।

नेताहरू मौन, ओलीको कडापन

पार्टी बैठकमा विगतमा भण्डारीको पक्षमा खुलेर बोल्ने केही नेताहरू यसपालि भने शान्त र सतर्क देखिए। तीमध्ये एक नेताले भने, “हामीले बैठकमा भण्डारीको भूमिकाबारे केही बोल्यौँ तर खुलेर होइन, ओलीजीको चेतावनीपछि डरको माहोल छ।”

भण्डारी: “म राजनीतिमा आइसकेँ, अब फर्किन्न”

यसबीच पूर्वराष्ट्रपति भण्डारी भने दृढ अडानमा देखिएकी छन्। मंगलबार भंगालस्थित निवासमा केही पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा उनले भनिन्, “म माझकिरातकी छोरी हुँ, खुट्टा कमाउदिनँ। म राजनीतिमा आइसकेँ।” उनले आफूले २०३५–३६ सालदेखि एमालेमा योगदान दिएको र अहिलेको आलोचना कुनै व्यक्तिगत महत्वाकांक्षा नभएको दाबी गरिन्।

“पार्टीभित्र गुटबन्दी र आतंक नेतृत्वबाटै”

भण्डारीले पार्टीभित्रको गुटबन्दी नेतृत्वकै तहबाट सुरु भएको आरोप लगाइन्। “प्रदेश–प्रदेशमा गुट गठन, नेताहरूलाई बोल्न नदिने, डरको वातावरण सिर्जना गर्ने काम नेतृत्वबाटै भइरहेको छ,” उनको भनाइ थियो।

“उहाँलाई (ओलीलाई) मबाहेक अरू कोही देखिन्न”

भण्डारीले ओलीमाथि नेतृत्वमा अरूलाई स्थान दिन नचाहने आरोप समेत लगाइन्। “उहाँलाई लाग्छ, पार्टीमा मबाहेक नेतृत्व गर्न सक्ने कोही छैन। अरू त केटाकेटी हुन् भन्ने मानसिकता छ,” उनले भनिन्।

कार्यक्रम र नियुक्तिमा मतभेद

मदन भण्डारीको हीरक जयन्ती मूल समारोह समितिका सम्बन्धमा पनि ओली–भण्डारीबीच असहमति देखिएको छ। भण्डारीले उपाध्यक्षमध्ये एकजनाको नेतृत्वमा समिति बनाउने प्रस्ताव राखेकी थिइन्, तर ओलीले उपाध्यक्षहरू नै ‘कममा छन्’ भनेर अस्वीकार गरे। जनसंगठन प्रमुखको नेतृत्वमा बनाउने प्रस्तावमा पनि ओलीले सकारात्मक प्रतिक्रिया दिएनन्।

सदस्यता पेन्डिङ विवाद

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरण अझै ‘पेन्डिङ’ रहेको भनिएपछि भण्डारीले ओलीलाई सोधेकी थिइन्, “सदस्यता पनि पेन्डिङमा हुन्छ?” जवाफमा ओलीले ‘राजनीतिक निर्णय गर्नुपर्छ’ भनेका थिए। त्यसपछि भण्डारीको पहलमा च्यासलमा ओली–भण्डारीबीच भेटको तयारी भएको थियो।

ओलीको सुझाव र भण्डारीको अडान

भेटमा ओलीले राष्ट्रपति पद निर्विवाद भएकोले राजनीतिमा सक्रिय हुँदा आलोचना झनै बढ्ने र गणतन्त्रविरोधीलाई हौसला मिल्ने भन्दै सावधानी अपनाउन सुझाएका थिए। तर भण्डारीले आफू अघि बढिसकेको र अब फर्किने अवस्था नरहेको स्पष्ट पारिन्।

“राष्ट्रपतिको उम्मेदवारी हुँदा पनि परिवार खुसी थिएन”

भण्डारीले विगत सम्झँदै भनिन्, “२०७० सालमा मलाई सभामुख बन्न प्रस्ताव आएको थियो, तर सक्रिय राजनीतिमा बस्न चाहेकाले मानेको थिइनँ। राष्ट्रपति बन्ने बेला पनि मेरा छोरीहरू खुसी थिएनन्।”

भण्डारीको राजनीतिक पुनः प्रवेशले एमालेभित्र गहिरो मतभेद र असहजता सिर्जना गरिरहेको छ। ओली नेतृत्वले कडा चेतावनी दिइरहे पनि भण्डारी अझ सशक्त रूपमा अगाडि बढ्ने संकेत दिँदै छिन्। यसले पार्टीभित्रको शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्न सक्छ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशबारे निर्णायक बहस चलिरहेका बेला पार्टीले उनको राजनीतिक पुनः सक्रियतामाथि औपचारिक रूपमा प्रतिबन्ध लगाउने तयारी अघि बढाएको छ।

च्यासलस्थित पार्टी मुख्यालयमा सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा भण्डारीको भविष्यबारे बहस चर्किँदै गएको छ। स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सचिवालय र पोलिटब्युरोमार्फत विधान संशोधन गरेर ओलीलाई तेस्रो कार्यकाल सुनिश्चित गर्न आन्तरिक कसरत तीव्र बनाइएको छ। सोही सन्दर्भमा भण्डारीको पुनः सक्रियताले चुनौती सिर्जना गर्न सक्ने देखिएपछि उनलाई रोक्ने रणनीति बनाइएको हो।

भण्डारीका पक्षधरलाई ‘न्यून बोल्ने मौका’

बैठकमा योजनाबद्ध रूपमा भण्डारी पक्षधर नेताहरूलाई बोल्न नदिइएको आरोप लागेको छ। एक नेताका अनुसार, “अध्यक्ष ओलीको निर्देशनमा भण्डारीको पक्षमा बोल्न चाहने नेताहरूलाई निष्क्रिय तुल्याउने प्रयास गरिएको छ।” यसबारे मंगलबार भण्डारीले आफ्नै निवासमा पत्रकारहरूसँगको कुराकानीमा असन्तुष्टि जनाउँदै भनिन्, “मेरो पक्षका नेताहरूलाई बोल्न रोकिएको छ, जुन स्वीकार्य छैन।”

केन्द्रीय कमिटीमा ‘राजनीतिक निषेधको प्रस्ताव’ तयारी

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटीले भण्डारीबारे निर्णय लिने तयारीमा रहेको पुष्टि गरेका छन्। स्रोतका अनुसार पार्टीभित्र “पूर्वराष्ट्रपति जस्तो गणतन्त्रको प्रतीकात्मक पदमा बसेको व्यक्तिले प्रत्यक्ष दलगत राजनीतिमा आउनु गणतन्त्रको मूल्य र आस्थामाथिको अपमान हो” भन्ने तर्कसहित पार्टी प्रवेश रोकिने सम्भावना बलियो बनेको हो।

‘राष्ट्रपति पदको गरिमा’ माथि बहस

प्रमुख प्रचारक राजेन्द्र गौतमले बैठकपछि सञ्चारकर्मीसँग भने, “संविधानमा राष्ट्रपतिको प्रमुख कार्य नेपालको एकता र नेपाली सेनाको परमाधिपति हुनु भनेर उल्लेख छ। यस्तो पदमा रहेका व्यक्तिले कुनै राजनीतिक दलमा औपचारिक रूपमा संलग्न हुनु सामान्य वा प्राविधिक कुरा होइन—यो संवैधानिक अभ्यास र प्रणालीप्रतिको जनआस्थामा असर पार्ने गम्भीर राजनीतिक विषय हो।”

गौतमका अनुसार अधिकांश केन्द्रीय सदस्यहरूले पनि राष्ट्रपतिको पद गुमाइसकेका व्यक्तिहरूले दलमा आउने नआउने विषय पार्टीको नीतिगत निर्णयद्वारा स्पष्ट गर्नुपर्ने मत राखेका छन्। “यो विषय पार्टीको एक सदस्यको बारेमा मात्र होइन, दीर्घकालीन अभ्यास, सन्देश र संविधानको भावना प्रतिको जिम्मेवारीसँग जोडिएको छ,” गौतमले भने।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।