Washington DC, US : April 10, 2026, Friday 12:33 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मध्यपूर्वमा जारी अस्थायी युद्धविराममाथि गम्भीर प्रश्न उठ्न थाले|बहुचर्चित सुन तस्करी प्रकरणसँग जोडिएको मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा सहितका व्यक्तिविरुद्ध गम्भीर आरोप|Breaking News : अमेरिका–इरानबीचको बढ्दो तनावबीच अन्ततः अस्थायी सहमतितर्फ, इरानले दुई हप्ताको युद्धविराम स्वीकार गरेको घोषणा, अमेरिका–इरानबीच भएको दुई हप्ते युद्धविराममा इजरायलले पनि समर्थन|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त

एमाले बैठक, ओली–विद्याको बिग्रिंदो समीकरण र नयाँ शक्ति संघर्ष विद्यादेवी भण्डारीको नाम एमालेको सचिवालय बैठकमा उठ्नु केवल एक सामान्य प्रसंग थिएन। यो संकेत हो – एमाले अब नेतृत्व संक्रमणको मोडमा छ!

  NepalMother.com | ४ श्रावण २०८२, शनिबार २०:४१

विद्या भण्डारीको एमाले सदस्यता नै विवादमा, अध्यक्ष बन्ने बाटो सहज छैन

 नेकपा (एमाले) को नेतृत्वमा फर्कने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नै विवादमा परेको छ। दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा उनका बारेमा व्यापक बहस भयो, जहाँ अधिकांश नेताहरूले भण्डारीको सदस्यता नवीकरण हुन नसक्ने स्पष्ट तर्क प्रस्तुत गरे।

सदस्यता विवादको जड के हो?

एमालेको विधानको धारा ८(क) अनुसार, स्वेच्छाले पार्टी परित्याग गरेमा सदस्यता स्वतः समाप्त हुन्छ। भण्डारीले २०७२ सालमा राष्ट्रपति निर्वाचित भएपछि औपचारिक रूपमा एमाले परित्याग गरेकी थिइन्। अब उनी पुनः सक्रिय राजनीतिमा फर्कन चाहे पनि सदस्यता नवीकरण होइन, नयाँ सदस्यता प्रक्रिया पूरा गर्नुपर्ने भनाइ बैठकमा उठाइएको हो।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा यो नै प्रष्ट पारे। उनी भण्डारीको बढ्दो सक्रियताबाट खुसी देखिएनन, र विधानको व्यवस्थाको आधारमा सदस्यता स्वतः समाप्त भइसकेको तर्कमा जोड दिए।

ओली–भण्डारी सम्बन्धमा दरार ?

बैठकमा ओलीले ठट्टाको शैलीमा विधान व्याख्या गर्दा उपाध्यक्ष युवराज ज्ञवालीले आपत्ति जनाउँदै धारा ९(३) उल्लेख गरे — जसमा ‘विशेष जिम्मेवारीमा खटिएका सदस्यको सदस्यता यथावत् रहने’ भनिएको छ। ज्ञवालीले भण्डारी पार्टीकै निर्णयअनुसार राष्ट्रपतिको भूमिकामा पुगेकी हुनाले सदस्यता नवीकरण हुनुपर्ने तर्क राखे। तर ओलीले तत्काल निर्णय नगरी केन्द्रीय कमिटी बैठकमार्फत निर्णय गर्ने संकेत गरे।

नेताहरूबीच मतभेद

बैठकमा पोलिटब्युरो सदस्य कृष्ण राई, आनन्द पोखरेल, गोकुल बास्कोटाजस्ता नेताहरूले भण्डारीको भूमिकाबारे खुला र स्वागतयोग्य धारणा राखे। उनीहरूका अनुसार पार्टीले उनलाई निषेध गर्नुको साटो जिम्मेवारी दिनुपर्छ।

तर अर्का नेताहरू—विशाल भट्टराई, पार्वत गुरुङ, महेश बस्नेतले भने भण्डारीको राजनीतिक पुनरागमन लोकतान्त्रिक मर्यादासँग मेल नखाने दाबी गरे। विशेष गरी बस्नेतले “राष्ट्रपतिको पद गरिमायुक्त हो, त्यसपछि पार्टी राजनीतिमा फर्कनु नैतिक गल्ती हो” भन्दै स्पष्ट विरोध जनाए।

अध्यक्ष ओलीमाथिको दबाब र कविता

बैठकमा अध्यक्ष ओलीमाथि चौतर्फी दबाबको चर्चा भयो। नेता विशाल भट्टराईले “ओलीमाथि घेराबन्दी भइरहेको” भन्दै सावधानी अपनाउन सुझाव दिए। नेतृ ज्वालाकुमारी साहले ओलीको प्रशंसामा कविता नै वाचन गरिन्।

पदाधिकारीको संरचना पनि विवादित

साथै, पार्टी पदाधिकारीको संख्या र पदविहरूको पुनः संरचनाबारे प्रस्तावमा पनि असहमति देखियो। उपाध्यक्ष विष्णु पौडेलको प्रस्तावमा उपाध्यक्ष घटाउने र वरिष्ठ उपाध्यक्ष हटाउने उल्लेख थियो, जसप्रति अग्नि खरेल, कृष्ण राई, अरुण नेपालजस्ता नेताहरूले आपत्ति जनाए। उनीहरूले उपमहासचिव तीन र सचिव सातजनालाई निरन्तरता दिनुको औचित्यमाथि पनि प्रश्न उठाए।

एमालेभित्र पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियताको विषयले गहिरो बहस जन्माएको छ। पार्टीभित्र शक्ति सन्तुलन, विधानको व्याख्या, र भित्री असन्तुष्टिहरू अब सतहमा आउन थालेका छन्। अध्यक्ष ओली स्वयं पनि निर्णायक मोडमा छन् — भण्डारीलाई समेट्ने कि दूरी कायम राख्ने?

साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकले यी सबै विषयमा औपचारिक निर्णय लिने सम्भावना छ। त्यो निर्णयले न केवल भण्डारीको भविष्य, तर एमालेको नेतृत्व भविष्यको बाटो पनि निर्धारण गर्नेछ।

नेकपा (एमाले) को हालै सम्पन्न सचिवालय बैठकमा एक अनौठो र अर्थपूर्ण प्रसंग उठ्यो – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता। यो प्रसंग कुनै संयोग मात्र थिएन, बरु एमालेभित्रको बढ्दो शक्ति संघर्षको संकेतस्वरूप आएको विषय हो।

ओली र भण्डारीको सम्बन्ध : राजनीतिक समिकरणको आधार

विद्यादेवी भण्डारी केपी शर्मा ओलीकै निकट विश्वासपात्र रहिएकी नेतृ हुन्। २०६९ सालमा झलनाथ खनाललाई पाखा लगाएर ओलीले पार्टी नेतृत्व सम्हालेपछि उनले भण्डारीलाई महिला नेतृत्वको प्रतीक बनाएर अगाडि सारे। संविधानसभा सदस्य, रक्षा मन्त्री हुँदै उनले नेपालको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य पनि ओलीकै रणनीतिक संयोजनको प्रतिफल थियो।

राष्ट्रपति भएसँगै उनले सत्ता भन्दा पनि सत्ताको शक्ति प्रयोगमा रुचि देखाइन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा जस्ता नेताहरूसँग टकरावमा उत्रिँदै, ओलीलाई सघाउने भूमिका निर्वाह गरिन्। जसका कारण उनलाई “ओलीको राजनीतिक कवच” भनिन्थ्यो। तर २०७९ सालमा उनको कार्यकाल समाप्त भएसँगै सक्रिय राजनीति पुनः रोज्ने संकेत उनले समय-समयमा दिँदै आइरहेकी छन्।

किन राजनीति फर्किन खोज्दैछिन् भण्डारी ?

१. ओलीको उत्तराधिकारी बन्ने आकांक्षा : एमालेभित्र भविष्यको नेतृत्व को हातमा जाने भन्ने बहस चर्किरहेको छ। ओली उमेर र विवादका कारण कमजोर हुँदै गएका बेला उनले आफ्ना विश्वासपात्रहरूमा भरोसा गर्न चाहन्छन्। भण्डारी पनि आफूलाई एक सम्भावित विकल्पको रूपमा अघि सार्न चाहन्छिन्।

  1. राजनीतिक संरक्षण र सुरक्षित भूमिकाको खोजी : राष्ट्रपतिको भूमिकाबाट बाहिरिएपछि भण्डारी न त एमालेको कुनै औपचारिक संरचनामा छिन्, न त उनमा प्रत्यक्ष प्रभावशाली सार्वजनिक उपस्थिति छ। पार्टीभित्र स्थान सुरक्षित गर्न उनले सशक्त भुमिका खोजिरहेको देखिन्छ।

  2. एमालेको महाधिवेशन नजिकिँदै : २०८२ को अन्त्यतिर हुने भनिएको एमालेको महाधिवेशनमा शक्ति सन्तुलन महत्वपूर्ण हुनेछ। भण्डारी महाधिवेशन अघि नै पार्टीको निर्णय प्रक्रियामा प्रभाव राख्न चाहन्छिन्।

ओलीको संकट र शक्ति सन्तुलन

अध्यक्ष ओली स्वयं अहिले अनेक दवाव र असन्तुलनमा छन्। पार्टीभित्रै ईश्वर पोखरेलजस्ता संरचनात्मक नेताहरू सशक्त हुँदै गएका छन्। ओली यो शक्ति सन्तुलनलाई व्यवस्थापन गर्न भण्डारीलाई ‘काउन्टर बल’ का रूपमा प्रयोग गर्न सक्ने सम्भावना प्रबल छ।

तर यही समीकरण उल्टिन पनि सक्छ। यदि ओली कमजोर भए वा पार्टीभित्र विरोध बलियो बन्यो भने भण्डारी स्वयं नेतृत्वको दाबी गर्न पनि अगाडि सर्न सक्छिन्। यसले ओलीकै नेतृत्वमाथि खतरा उत्पन्न गर्न सक्छ।

अब के हुन्छ?

  • ओली र भण्डारीबीच दूरी बढ्ने सम्भावना : यदि भण्डारीले नेतृत्वको दाबी गरिन् भने ओली त्यसलाई स्वीकार्ने मनस्थितिमा देखिँदैनन्। त्यसले नयाँ शक्ति संघर्ष जन्माउनेछ।

  • एमालेभित्र गुटहरू सक्रिय हुने : पार्टी महाधिवेशन नजिकिँदै गर्दा ओली–भण्डारी एक गुट, अर्कातर्फ युवावर्ग तथा पुराना नेताहरूको गुटबीच टकराव सम्भावित देखिन्छ।

  • एमाले विभाजनको सम्भावना : यदि शक्ति संघर्ष उत्कर्षमा पुग्यो भने, एमाले फेरि एक पटक विभाजनको संघारमा पुग्न सक्छ।

निष्कर्ष

विद्यादेवी भण्डारीको नाम एमालेको सचिवालय बैठकमा उठ्नु केवल एक सामान्य प्रसंग थिएन। यो संकेत हो – एमाले अब नेतृत्व संक्रमणको मोडमा छ। ओली आफैं पनि उत्तराधिकारी खोज्ने अवस्थामा छन् तर त्यो उत्तराधिकारी उनी आफैं बन्ने चाहना विद्यामान नेतृ विद्यादेवी भण्डारीमा देखिनु अर्को राजनीतिक खिचातानीको संकेत हो। यदि समयमै समन्वय भएन भने एमालेभित्रको यो द्वन्द्वले नेपाली राजनीतिमा फेरि नयाँ मोड ल्याउनेछ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।