Washington DC, US : March 14, 2026, Saturday 10:05 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|NRN को १२औँ महाधिवेशन तथा वार्षिक साधारणसभामा देशको आर्थिक भविष्य, लगानी र प्रवासी नेपालीको भूमिकाबारे व्यापक छलफल|Breaking News : इरानले प्रतिशोधात्मक आक्रमण, होर्मुज हुँदै जाने तेल आपूर्ति अवरुद्ध हुन थालेपछि विश्वव्यापी ऊर्जा संकट उत्पन्न|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न

अश्लीलता र विकृति फैलाउने गीतहरूलाई बहिष्कार गरौं तीज पर्व लक्षित केही आधुनिक गीतमा मौलिक संस्कृति र परम्परामाथि प्रहार भए, ती गीतलाई तुरुन्त प्रतिबन्ध लगाउ - राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल

  NepalMother.com | २६ असार २०८२, बिहीबार ०८:५३

तीज पर्वमा विकृति फैलाउने गीतमाथि प्रतिबन्धको माग, लोक सञ्चारकर्मी संघको गृहमन्त्रीलाई ध्यानाकर्षण

 राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीज पर्व लक्षित केही आधुनिक गीतमा मौलिक संस्कृति र परम्परामाथि प्रहार भएको भन्दै ती गीतलाई तुरुन्त प्रतिबन्ध लगाउन माग गरेको छ।

संस्थाले एक विज्ञप्ति जारी गर्दै ‘गाई कालो, गाईको दूध सेतो’ र ‘सल्ला दमार’ बोलका दुई तीज गीत नेपाली समाजको सांस्कृतिक मूल्य र नैतिक मान्यतालाई अपमानजनक ढंगले चित्रण गरेको भन्दै कडा आपत्ति जनाएको हो। ‘गाई कालो’ गीतमा ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वर छ भने ‘सल्ला दमार’मा राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाले आवाज दिएका छन्।

संस्थाको भनाइमा, पछिल्ला केही वर्षयता तीज पर्वको नाममा सार्वजनिक गरिएका धेरै गीतहरूले विकृति, भड्किलोपन, सांस्कृतिक अपमान र अश्लीलता समेटेका छन्, जसले नेपाली लोक संस्कृतिको मौलिकतालाई गम्भीर खतरा पुर्‍याएको छ।

व्यापारिक लोभमा परेर तीजको अपमान

“केही स्वार्थलोलुप कलाकार, युट्युबर र म्युजिक कम्पनीहरूले तीजलाई व्यापारिक फाइदाको भर्‍याङ बनाउँदै समाजविरोधी, विकृत र भड्किला गीतहरू उत्पादन र प्रसारण गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ, “यी प्रवृत्तिहरू सम्पूर्ण तीज परम्पराको बदनाम गर्ने दिशातर्फ उन्मुख छन्।”

May be an image of 13 people and text

प्रशासन र नियामक निकायलाई कारबाहीको माग

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो, कलाकार महासंघलगायत सम्बन्धित निकायहरूलाई यस्ता आपत्तिजनक गीत निर्माण तथा प्रकाशन गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ।

संस्थाले तीज पर्वको सांस्कृतिक गाम्भीर्य जोगाउन यस्ता गीतहरूमाथि प्रतिबन्ध लगाउन तत्काल कदम चाल्न सरकारसमक्ष आग्रह गर्दै गृहमन्त्री रमेश लेखकलाई औपचारिक भेटघाट समेत गरेको छ।

“तीज केवल महिलाहरूको नाचगानको चाड मात्र होइन, यो नेपाली नारीको आत्माभिव्यक्तिको पर्व हो,” विज्ञप्तिमा भनिएको छ, “यसको सौन्दर्य र गरिमालाई भंग गर्ने कुनै पनि प्रयत्नप्रति हामी चुप बस्नेछैनौं।”

संस्थाले आगामी दिनमा पनि यस्ता सांस्कृतिक अपमानको विरुद्ध सचेतना, निगरानी र कानुनी दबाब अभियानलाई निरन्तरता दिने जनाएको छ।

तीज पर्व नजिकिँदै गर्दा नेपाली लोक संस्कृतिमा आधारित केही गीतहरूले अश्लीलता र विकृति फैलाएको भन्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले दुई गीतमाथि औपचारिक रुपमा प्रतिबन्धको घोषणा गरेको छ।

संस्थाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘गाई कालो, गाईको दूध सेतो’‘सल्ला दमारमा’ बोलका तीज गीतहरूले नेपाली मौलिक परम्परा, नारी पर्वको गरिमा र सांस्कृतिक शालीनता माथि प्रहार गरेको आरोप लगाउँदै ती गीतहरूको प्रसारण तथा प्रकाशनमा पूर्ण रोक लगाएको हो।

‘गाई कालो’ गीतमा ध्रुव पुन र चन्द्रकुमारी शाहीले स्वर दिएका छन् भने ‘सल्ला दमारमा’ गीतमा राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको आवाज रहेको छ।

तिजको नाममा अश्लिलता फैलाउने दुई गीतलाई लोक संचारकर्मीले लगायो प्रतिबन्ध,कलाकारलाइ कारबाही

May be an image of text

प्रेस विज्ञप्तिको मर्म

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमको संयुक्त हस्ताक्षरयुक्त विज्ञप्तिमा भनिएको छ:

“तीज नेपाली महिलाहरूको सशक्तिकरण, धार्मिक आस्था, पारिवारिक एकता र संस्कृतिक गरिमाको पर्व हो। तर पछिल्ला वर्षहरूमा यस पर्वको नाममा अश्लीलता, भड्किलो शब्द र सांस्कृतिक अपमानलाई गीतमार्फत सामान्यीकरण गर्ने प्रवृत्ति बढ्दै गएको छ, जुन अत्यन्त खेदजनक र निन्दनीय छ।”

संस्थाले स्पष्ट रूपमा भनेको छ कि यस्ता आपत्तिजनक सामग्रीलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब तथा सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण नगर्न र नगराउन सबै सञ्चारमाध्यम र सरोकारवालाहरूलाई आग्रह गरिएको छ।

कारबाहीको माग र चेतावनी

लोक सञ्चारकर्मी नेपालले यस्ता गीत तथा भिडियो निर्माण, प्रकाशन र प्रसारणमा संलग्न व्यक्तिहरूविरुद्ध सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो, तथा कलाकार संगठनहरूलाई औपचारिक रुपमा कारबाहीको माग गर्ने जनाएको छ।

संस्थाले आगामी दिनहरूमा यस्ता विकृत प्रवृत्तिमाथि निगरानी, बहिष्कार र आवश्यक कानुनी तथा सामाजिक दबाबका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

सांस्कृतिक संरक्षणका लागि आह्वान

प्रेस विज्ञप्तिमा भनिएको छ:

“नेपाली लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रचार-प्रसार गर्नु सबै सर्जक, सञ्चारकर्मी, संगीतकर्मी, गायकगायिका, तथा आम जनमानसको साझा जिम्मेवारी हो। तीज पर्वमा सन्देशमूलक, मौलिक लोकधुन तथा भाषा बोकेका गीतहरूलाई प्रोत्साहन दिऔं। अश्लीलता र विकृति फैलाउने गीतहरूलाई बहिष्कार गरौं।”

तीज पर्वजस्ता पवित्र नेपाली चाडहरूमा मौलिकता, मर्यादा र सांस्कृतिक गौरव जोगाउनुपर्ने सन्देश बोकेको यो अभियानलाई संस्थाले देशभर विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। भविष्यमा यस्ता गीत तथा भिडियो निर्माण भएमा सर्वसाधारणले पनि चेतना र बहिष्कारद्वारा प्रतिक्रिया जनाउन संस्थाले आग्रह गरेको छ।

May be an image of 2 people and people studying

May be an image of 11 people, dais and text

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।