Washington DC, US : March 13, 2026, Friday 12:26 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे|निर्वाचन आयोगद्वारा १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल

“ज्ञानेन्द्रका नातिहृदयेन्द्र राजा बनेमा कांग्रेस र देउवाको पनि समर्थन रहने छ” - नेपाली कांग्रेसका नेता लोकेश ढकाल

  NepalMother.com | ८ जेष्ठ २०८२, बुधबार १७:२०

काठमाडौं / नेपाली कांग्रेसका नेता लोकेश ढकालले पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि समर्थन रहने दाबी गर्नुभएको छ।

राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राजावादीहरूले आन्दोलन चर्काइरहेका बेला प्राइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ढकालले देउवाले संवैधानिक राजसंस्थालाई नकारात्मक रुपमा नहेरेको र हृदयेन्द्र राजा बनेमा आफ्नो समर्थन जनाउने संकेत समेत गरिसकेको खुलासा गर्नुभयो।

नेता ढकालले कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले समेत हिन्दु राष्ट्र र संवैधानिक राजासहितको व्यवस्थाबारे जनमत संग्रहमा जान सकिने अभिव्यक्ति दिएको उल्लेख गर्दै पछिल्लो समय कांग्रेसभित्र पनि राजासहितको प्रजातन्त्रका पक्षमा सोच बढ्दै गएको टिप्पणी गर्नुभयो।

ढकालले नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको संवैधानिक राजतन्त्रको अवधारणा स्मरण गर्दै प्रजातान्त्रिक शक्तिहरू र राजसंस्थाबीचको सहकार्यबाट मात्र मुलुकको सार्वभौमिकता र लोकतन्त्र सुनिश्चित हुन सक्ने धारणा व्यक्त गर्नुभयो।

यस्तै, नेता ढकालले चैत्र १५ गते तीनकुनेमा भएको झडप सरकारको गैरजिम्मेवार व्यवहारका कारण भएको बताउनुभयो। सरकार पक्षबाट अत्यधिक बल प्रयोग भएकाले घटना हिंसात्मक मोडमा गएको आरोप लगाउँदै ढकालले घटनाबारे छानबिन आयोग गठन नगर्नु सरकारले गरेको ठूलो गल्ती भएको बताउनुभयो। साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भ्रातृ संगठनहरूलाई उक्साएको कारण यस्ता घटना दोहोरिएको उहाँको आरोप थियो।

वर्तमान संविधान दलहरूकै त्रुटिपूर्ण सहमतिबाट बनेको आरोप लगाउँदै ढकालले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, निर्वाचन प्रणाली जस्ता महत्वपूर्ण विषयहरू जनमत संग्रह नभइ आन्तरिक सहमतिबाटै संविधानमा समावेश गरिएको बताउनुभयो।

उहाँले अहिले पनि नेपाली कांग्रेस अग्रसर भई राजनीतिक सहमतिबाट संसदमार्फत जनभावना अनुसार संविधान संशोधन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

राजासहित देशका सम्पूर्ण शक्ति र पक्षहरू एक ठाउँमा आएर गम्भीर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउँदै ढकालले नेपाली जनतालाई केन्द्रमा राखेर राष्ट्रको हितमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

यसै बीच नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाकाबारे भइरहेको प्रचारप्रति आपत्ति जनाएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै सभापति देउवाको धारणा भन्दै प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारको खण्डन गर्नुभएको हो ।

कांग्रेसका नेता लोकेश ढकालले कांग्रेस सभापति देउवाले संवैधानिक राजसंस्थाबारे नकारात्मक नरहेको बताउनु भएको थियो । देउवाले हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा आफ्नो समर्थन रहने सन्देश राजसंस्था पुनःस्थापना आन्दोलनसमक्ष पठाएको उहाँले एक संचारमाध्यममा अन्तर्वार्ताका क्रममा दाबी गर्नुभएको थियो। त्यसपछि विभिन्न संचारमाध्यममा उक्त कुरा सार्वजनिक भएको थियो ।

त्यसको खण्डन गदैै कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको बताएको छ ।

कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य भएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, उहाँले कहि कतैं नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम संचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो । जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।’

यसअघि आजै कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजसंस्थाबारेको धारणा भन्दै सञ्चारमाध्यममा आएका समाचारहरू भ्रमपूर्ण र अनैतिक रहेको बताउनु भएको थियो ।

कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले सामाजिक सञ्जालमार्फत यस्तो बताउनु भएको थियो ।

देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धिहरू अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको संविधानको संरक्षण र संवर्द्धनका लागि सधैँ प्रतिबद्ध रहेको उहाँले भन्नुभएको थियो। ‘नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका उहाँ अथक योद्दा हुनुहुन्छ।’

कसैले क्षणिक स्वार्थपूर्तिका लागि राजसंस्थाबारे देउवाको धारणा भनि मिडियामा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक कार्य भएको उहाँले स्पष्ट पार्नुभएको थियो। देउवाले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरा मनगढन्ते ढंगले प्रचारमा ल्याउनु पत्रकारिताको धर्म नभएको पनि विश्वकर्माले उल्लेख गर्नुभएको थियो ।

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।