Washington DC, US : March 7, 2026, Saturday 02:39 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकी प्रतिनिधि सभामा ३७२ मतका साथ पारित भयो इरान “विश्वकै सबैभन्दा ठूलो राज्य–प्रायोजित आतंकवाद समर्थक देश” प्रस्ताव|कम्युनिष्ट सिध्याउने कलंक बने ओली !|अहंकार दम्भ र घमण्डको पहाड भत्किएपछिको जनअपेक्षा|ट्रम्प भन्छन इरानसँग वार्ताको एक मात्र विकल्प भनेको “निःशर्त आत्मसमर्पण”, इरानले युद्धका कारण ठूलो मानवीय क्षति भएको दाबी|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !|तितो सत्य : खड्ग प्रसाद शर्मा ओलीलाई नेपालको इतिहासले सधै सम्झिरहने छ तर नायकका रुपमा होइन !|ट्रम्पले बर्खास्त गरे गृहमन्त्री क्रिस्टी, मुलिन नयाँ गृहमन्त्री प्रस्ताब|अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको “अपरेशन एपिक फ्युरी” सातौँ दिनमा प्रवेश गर्दा मध्यपूर्वको सुरक्षा अवस्था झन् तनावपूर्ण|इरान युद्ध छैटौँ दिनमा प्रवेश, आक्रमण अझ तीव्र, क्षेत्रीय तनाव फैलिँदै|प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार देशभर भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न

मेयर बालेन शाह लाइ एक पछि अर्को झड्का, उधौली लागेकै हो त ? मेयर बालेन्द्र शाहको निर्देशनमा नियमविपरीत फ्रान्स भ्रमणमा गएका मेयर सचिवालयका कुमार व्यञ्जनकार र सुनील लम्सालको भ्रमण खर्च असुल्न महालेखा परीक्षकको कार्यालयले काठमाडौं महानगरलाई पत्राचार

  NepalMother.com | २१ बैशाख २०८२, आईतवार २२:५०

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा नियमविपरीत फ्रान्स भ्रमणमा गएका मेयर सचिवालयका कुमार व्यञ्जनकार र सुनील लम्सालको भ्रमण खर्च असुल्न महालेखा परीक्षकको कार्यालयले काठमाडौं महानगरलाई पत्राचार गरेको छ ।

सो भ्रमणबापत बेरुजु देखिएको करिब २० लाख रुपियाँ व्यञ्जनकार र लम्सालसँग असुलउपर गर्न महालेखा परीक्षकको कार्यालयले पत्राचार गरेको हो । फ्रान्समा गत वर्ष मे १४ देखि २५ तारिखसम्म चलेको ७७ औं चलचित्र महोत्सवमा सहभागी हुन मेयर साहलाई मात्र निम्तो आएको थियो तर नियमविपरीत सचिवालयका सदस्यहरु गएर महानगरको २० लाख खर्च गरेको पाइएपछि महालेखाले २० लाख बेरुजु औंल्याएको हो ।

स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले मेयरको आदेशअनुसार कानुनविपरीत मेयर सचिवालयका दुई सदस्यलाई फ्रान्स पठाउने निर्णय गर्नुभएको थियो । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन शुरू गरेको छ ।

मेयर सचिवालयका कर्मचरीलाई मेयर साहले फ्रान्स भ्रमणमा लगेको विषयमा अख्तियारले कामपासँग भ्रमणको सबै विवरण मागेको हो । तर, कामपाले पूर्ण विवरण अझै पेस गरेको छैन । प्रशासन विभागको असहमतिका बाबजुद प्रमुख प्रशासकीय अधिकृत परियारले मेयर शाहको आदेशमा उनीहरुको भ्रमण स्वीकृत गर्नुभएको थियो ।

स्रोतका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारले व्यञ्जनकार र लम्सालको खर्च रकम भुक्तानी गर्न कामपाको वित्त विभागलाई पटकपटक दबाब दिनुभएको थियो । परियारले वित्त विभागमा दर्जनौंपटक टेलिफोन गरी सरकारी खातामा रकम हाल्न दबाब दिइरहनुभएको छ । सो विषयमा जानकारी लिन तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारलाई सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन ।

सामाजिक सञ्जालमा नेपालको भ्रष्टाचार विरोधी युवा मेयरले गरेको ब्राजिल र फ्रान्सको भ्रमणको पछाडिका काला कर्तुतहरूले मेयर र उहाँको टिमको आर्थिक अपारदर्शिता छताछुल्ल हुने अवस्थामा पुगेको छ । स्रोतका अनुसार त्यस्ता १४ घटनाको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उजुरी परेको छ । सबै विषय छानबिनको क्रममा छ ।

यस्ता भ्रमणले एक मुलुक र अर्को मुलुकबीचको कूटनीतिक सम्बन्धमा समेत असर र प्रभाव पार्न सक्ने बताइन्छ । यस्ता भ्रमण गर्दा नेपाल सरकारको सहमति लिनुपर्ने नीति र विधि बनाइएको छ । स्थानीय तह वा नेपाल सरकारको ढुकुटीबाट खर्च हुने गरी गरिने यस्ता भ्रमण गर्नुपूर्व सहमति लिनुपर्ने व्यवस्था छ । तर, कामपाले मेयरबाहेक अन्य दुई सदस्यको विषयमा सहमति लिएको थिएन ।

फ्रान्सले हरेक वर्ष चलचित्र महोत्सवमा निमन्त्रणा पठाउने गर्दछ । त्यसमाथि अन्तर्राष्ट्रिय संस्था मेट्रोपोलिस बोर्डको बोर्ड अफ डाइरेक्टर्स कामपा पनि भएको नाताले मेयरलाई बैठकका लागि निमन्त्रणा आएको हो । त्यस्तो भ्रमणमा अनधिकृत व्यक्तिलाई किन र कसरी कामपाको खर्चमा लगियो भन्ने प्रश्न उठेको छ ।

स्थानीय तहका पदाधिकारीहरू विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७५ अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले विदेश भ्रमण गर्न सरकारको अनुमति लिनुपर्दछ । यी दुवै भ्रमणमा केवल मेयर साहलाई मात्र निमन्त्रणा आएको भए पनि कामपाकोे ब्यानरमा मेयरका तीन जना सहयोगीसमेत सहभागी भएका थिए ।

मेयर साहका दुई मित्रहरू व्यञ्जकार र सुनील लम्सालसहित अमेरिकातिर रहेका प्रवीण श्रेष्ठसमेतको अमेरिकादेखि ब्राजिलसम्मको सबै खर्च अर्थात् करिब ४० लाख रुपियाँ कामपाले व्यहोरेको पाइएको छ ।

गत असार १० मा बसेको कार्यपालिका बैठकबाट भ्रमणको खर्च अनुमोदन गराउन मेयर साहले त्यस दिनको बैठकको प्रत्यक्ष प्रसारण गर्न रोक लगाउनुभएको जिकिर गर्दै स्रोतले भन्यो– ‘त्यस दिनको बैठकमा खर्च अनुमोदन गर्ने एजेन्डा थिएन । तर, जालसाजीपूर्ण एजेन्डा अनुमोदन भयो । कार्यपालिकाको निर्णय सचिव प्रमुख प्रशासकीय अधिकृत परियारले प्रमाणित गर्नुभयो ।’

बैठक सकेलगत्तै प्रमुख प्रशासकीय अधिकृत परियारले मेयर साहको आदेशबमोजिम एजेन्डा तय भए पनि छलफल नै नभएको खर्च अनुमोदनको निर्णय प्रमाणित गर्नुभएलगत्तै वित्त विभागले भुक्तानी दिएको थियो । सरकारको स्वीकृत बेगर गरिएको भ्रमण तथा सो कार्यमा संलग्न सबै कर्मचारी तथा बिनास्वीकृति भ्रमणमा संलग्न सबैबाट असुलउपर गरी हदैसम्मको कारबाही गर्न आयोगमा उजुरी परेको थियो ।

उच्चस्रोतका अनुसार मेयर सचिवालयमा कार्यरत केही कर्मचारीले मेयर साहका स्वकीय सचिव भूपदेव साहलाई महानगरको खातामा रकम फिर्ता गरेमा सो विषयको उजुरीलाई अख्तियारले कारबाही नगर्ने सल्लाह दिएपछि यसबाट बच्न वित्त विभागलाई दबाब दिइरहेको बताइएको छ । – ईश्वरराज ढकाल/नेस

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।