Washington DC, US : November 11, 2025, Tuesday 12:23 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नाइजेरिया भीषण भिडन्तमा करिब २०० लडाकु मारिए|Breaking News : नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते|नेपालका आजका ३ समाचार : नेपाली कांग्रेसभित्र फेरि ठूलो विवाद, मधेश प्रदेशकी प्रदेश प्रमुख पदमुक्त, कर्मचारीमाथि कुटपिट|“टेरिफको विरोध गर्नेहरू मूर्ख हुन् ! प्रति व्यक्ति कम्तीमा २,००० डलर (धेरै उच्च आय भएका बाहेक) सबैलाई दिइनेछ।” – राष्ट्रपति डोनाल्ड ट्रम्प|Breaking News : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी, बीबीसीका न्यूज विभाग प्रमुख डेबराह टर्नेस र महानिर्देशक टिम डेवीले पदबाट राजीनामा|सरकारका ७ प्रमुख निर्णयहरू यस्ता, नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नियुक्त|अमेरिकी संघीय सरकार बन्द (शटडाउन) अन्त्य हुने संकेत, ८ जना डेमोक्रेट सिनेटरहरूले पार्टी लाइन तोडेर रिपब्लिकनको पक्षमा मतदान गरे|ट्रम्पले आफ्ना सहयोगीहरू रुडी जुलिआनी, मार्क मेडोज, सिड्नी पॉवेल लगायतलाई “पूर्ण, सम्पूर्ण र बिना कुनै शर्त” क्षमादान दिए|के हाम्रो नेपाली समाज अहिले देखिएको वा देखाइएको जस्तो छ, त्यही नै हाम्रो वास्तविक अनुहार हो त ?|“अपराधी जहाँ भए पनि, कति शक्तिशाली भए पनि, अन्त्यमा सजाय पाउनेछन्।”

सर्बाधिक आलोचित र बदनाम प्रधानमन्त्री ओली अरु माथि यसरी खनिए, कस्तो भयो आजको एमालेको सभा हेर्नुस जस्ताको तस्तै ! लोकतन्त्र दिवसको सम्बोधनमा ओलीले आगामी निर्वाचनको चिन्ता लिन कार्यकर्ता पंक्तिलाई आग्रह,  देशको कसलाई के मतलब !

  NepalMother.com | ११ बैशाख २०८२, बिहीबार ११:११

अहिले सर्बाधिक आलोचित र बदनाम देखिएका  प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुलाई जंगली र राक्षसी प्रवृत्ति देखाएर कस्तो शासन गर्न खोजेको भन्दै प्रश्न गरेका छन् । बिहीवार नेकपा(एमाले) ले काठमाडौंमा आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरे । उनले लोकतन्त्रको रक्षा र सुदृढिकरणमा लाग्न युवा कार्यकर्ताहरुलाई आग्रह समेत गरे । ” जनताको बलिदानको र संघर्षको अपमान गर्ने तथा सफलतालाई अस्वीकार गर्ने काम भएको भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध युवाहरुले लड्नुपर्ने, आफू सचेत भएर राम्रा कुरा स्वीकार गरेर अघि बढ्नुपर्ने, अबको समय युवाहरुको भएकाले आम्दानी, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने” उन ले बताए ।
‘देशमा संविधान नमान्ने, लोकतन्त्र नमान्ने, जनताको बलिदानको अपमान गर्ने, संघर्षको अपमान गर्ने र सफलतालाई अस्विकार गर्ने र त्यसलाई मजाक उडाउने काम भएको छ । प्रतिगमनतिर देशलाई लानका निम्ति जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, व्यक्तिका घरहरु, पार्टीका कार्यालयहरु, व्यापारिक घराना र मिडिया हाउसहरुभित्र आक्रमण गर्ने जंगली होइन राक्षशी प्रवृत्ति देखाएर फेरि जनतामाथि कस्तो शासन थप्न खोजेका छन् ? यस्ता कुराको सबैले सुन्ने र बुझ्नेगरी अस्वीकार गर्नुपर्दछ ।’ प्रधानमन्त्री ओली पार्टी राष्ट्रिय संकल्पका साथ अघि बढिरहेकै कारण चौतर्फी हमला भइरहेको समेत बताए ।

ओलीले सरकार भन्दा पनि आगामी निर्वाचनका बारेमा चिन्ता लिन कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् । सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यतिबेला नेकपा एमाले र कांग्रेसको सरकार एउटा संकल्पसाथ बनेको सरकार हो । यो स्थिरता र स्थायीत्वका लागि बनेको सरकार हो । यो केही लिएर अघि बढेको छ । सरकारको बारेमा होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’ उनले भनेका छन् । नेकपा एमालेले सधैं सरकार बचाऔं भनेर नहेर्ने बताउँदै सधैं चुनाव हेर्नुपर्ने बताए । ‘नेकपा एमालेले सरकार बनऔं, सरकार बचाऔं भनेर हेरिरहेको हुँदैन । नेकपा एमालेले सधैं चुनाव हेरेको हुन्छ । हामीले ७० को चुनाव भन्यौं । र ८४ को चुनाव भनिरहेका छौं । ढुक्कले मिसन ८४ मा लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भनेका छन् । कतिपयले सरकार ढल्छ भनेर भनिरहेको बताउँदै अहिलेको गठबन्धन स्थिरता र स्थायीत्वका लागि बनेको ओलीको भनाइ थियो ।

‘सरकार जान्छ, जान्छ भनेर भन्न थालेका छन् । लोकतन्त्रमा सरकार बन्दा लामो समयका लागि ५ वर्षका लागि बन्छ । यो तानाशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि कसैको वंशको शासन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘५० वर्षका लागि हुन्छ, २ सय ५० वर्षका लागि हुन्छ, १ सय ४ वर्षका लागि हुन्छ भनेजस्तो । हामीले भनेको स्थिरता जनताको अभिमतसहितको स्थिरता हो ।’ संसद्को बनोट अनुसार ठिक ढंगले देशलाई अघि बढाउन सकेसम्मका प्रयास नेकपा एमालेले गर्ने उनले बताए । ‘यस कुरामा चिन्ता नगर्नुस् । मिसन ८४ मा ध्यान दिनुस्,’ ओलीले सम्बोधनको क्रममा दोहोर्‍याए ।


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।