Washington DC, US : April 19, 2025, Saturday 04:40 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|गणतन्त्र खतरामा पर्‍यो भन्दै गणतन्त्र जोगाउन लागि ओली, देउवा र प्रचण्डको आज बालुवाटारमा बैठक सम्पन्न, संगै गृहमन्त्री लेखक पनि|हेर्दा हेर्दै मेरो देश त लुटी खाने खाल भयो !|कार्टुन|केनेडीको हत्या सम्बन्धी करिब १०,००० पृष्ठका अभिलेखहरू सार्वजनिक|पोखरा विमानस्थल : १० अर्ब रुपैयाँभन्दा बढी अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष|अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीमा गोली चल्यो, दुई जनाको मृत्यु, ६ भन्दा बढी घाईते, बन्दुकधारीको २० वर्षका फिनिक्स इक्नर|ट्रम्पले सय दिन भित्र के के गरे ? के के भयो ? यसरी चल्ला अमेरिका ? विश्व के होला ?|डोनल्ड ट्रम्पले जनवरी २० मा दोस्रो कार्यकाल सुरु गरेपछि …|दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता नै अनिश्चित|आजकल !

गणतन्त्र खतरामा पर्‍यो भन्दै गणतन्त्र जोगाउन लागि ओली, देउवा र प्रचण्डको आज बालुवाटारमा बैठक सम्पन्न, संगै गृहमन्त्री लेखक पनि गृह मन्त्रालयले दियो कमल थापाको जस्तै चेतावनी, २०६२/२०६३ तिर कमल थापाले हरेक दिन कर्फ्यु जारी गर्थे र आन्दोलनकारीले तोडिरहन्थे !

  NepalMother.com | ६ बैशाख २०८२, शनिबार १०:४५

गणतन्त्र खतरामा पर्‍यो भन्दै गणतन्त्र जोगाउन लागि ३ दल एमाले काँग्रेस र माओवादीका प्रमुखहरुको आज बालुवाटारमा बैठक सम्पन्न । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । उनीहरूसंगै गृहमन्त्री रमेश लेखक पनि ।

यसै बीच अराजकता फैलाउने गतिविधि सह्य नहुने भन्दै गृह मन्त्रालयले चेतावनी दिएको छ । यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई कारबाही गरिने गृहका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनबमोजिम कारवबाही हुने व्यहोरा सूचित गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ताले आइतबार (वैशाख ७) काठमाडौंमा प्रदर्शन गर्न लागेका छन् । त्यसक्रममा निषेधित क्षेत्र तोड्नेसम्बन्धी अभिव्यक्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
उता विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकले आइतबार (वैशाख ७) पनि प्रदर्शन जारी राख्ने भएका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक १८ दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् ।

आइतबार पनि त्यसलाई निरन्तरता दिइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । “२०८२ वैशाख ७ गते ने शि महासंघको जुलुस तथा विरोधसभा कार्यक्रम बिहान ९ः०० बजेबाट दिउँसो १२ः०० बजेसम्म हुने कुरा जानकारी गराउँछौँ,” उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

शिक्षकले यसअघि मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने गरेका छन् । आइतबार भने बिहान ९ देखि मध्याह्न १२ बजेसम्म प्रदर्शन गरिने सुवेदीले जनाएका छन् ।

२०६२/२०६३ तिर कमल थापाले हरेक दिन कर्फ्यु लाउथे र आन्दोलनकारीले तोडिरहन्थे !! कमल थापाले भोलि त साँच्चिकैको कर्फ्यु भन्थे फेरि गति उहीँ हुन्थ्यो र केही दिनमा आन्दोलन सफल भा जस्तै अहिले पनि ओली र लेखकले यस्ता विज्ञप्ति निकाल्दा पुरानो झल्को आउने क्या हेर्नुस त !

May be an image of text

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।