Washington DC, US : April 19, 2025, Saturday 10:51 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|गणतन्त्र खतरामा पर्‍यो भन्दै गणतन्त्र जोगाउन लागि ओली, देउवा र प्रचण्डको आज बालुवाटारमा बैठक सम्पन्न, संगै गृहमन्त्री लेखक पनि|हेर्दा हेर्दै मेरो देश त लुटी खाने खाल भयो !|कार्टुन|केनेडीको हत्या सम्बन्धी करिब १०,००० पृष्ठका अभिलेखहरू सार्वजनिक|पोखरा विमानस्थल : १० अर्ब रुपैयाँभन्दा बढी अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष|अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीमा गोली चल्यो, दुई जनाको मृत्यु, ६ भन्दा बढी घाईते, बन्दुकधारीको २० वर्षका फिनिक्स इक्नर|ट्रम्पले सय दिन भित्र के के गरे ? के के भयो ? यसरी चल्ला अमेरिका ? विश्व के होला ?|डोनल्ड ट्रम्पले जनवरी २० मा दोस्रो कार्यकाल सुरु गरेपछि …|दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता नै अनिश्चित|आजकल !

सन्जयको कौडा गीत “सालीनानी” फ्रान्समा सार्वजनिक

  NepalMother.com | २ बैशाख २०८२, मंगलवार १२:३१

  • Prasant Uprety

फ्रान्सको पेरिसमा पहिलो पटक मौलिक कौडा गीत ‘सालीनानी’ बोलको गीत सार्वजनिक गरिएको छ!प्रबासमा बिभिन्न समस्या बाबजुद पनि साँस्कृतिक ,साङ्गीतिक गतिबिधिहरु बढेको छ।

नयाँ वर्ष २०८२ को अवसर पारेर फ्रान्सको पेरिसमा पहिलो पटक छायाङ्कन गरिएको मौलिक कौडा “सालीनानी” गीतको विमोचन एवम् स्थानीय कलाकारको उपस्थितिमा भव्य सांस्कृतिक कार्यक्रम सँगै आइतबार नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम को साथ विमोचन गरिएको छ सालीनानीगीत मा शब्द सन्जय थापा मगरको रहेको छ भने स्वर पनि सन्जय थापा मगर र नबिन परियारको रहेको छ

जसमा एरेन्ज डोलराज बर्हाघर्र खैजडी दुर्गा गुरुङ निर्देशक आभाष आचार्य ,क्यामेरामेन :- सुमन हाङ राई, बिक्की गुरुङ कोरियोगारफ/मोडेल:- जेनी गुरुङ, केन्जल अधिकारी, सुजता मगर, सगुन गुरुङ, सविना कौशल, दिपा पुन साथैबाल- कलाकार रेजल मगर, फेरडिक गुरुङ हास्यकलाकार- महेन्द्र बोहोरा कलाकार:- साजन मगर, डम्बर बहादुर गुरुङ , कृपा गुरुङ, घनश्याम पौडेल टेक्निसियन:- महेन्द्र अधिकारी मेकअप सिर्जना विश्वकर्मा र व्यवस्थापन दिपक खड्का,राम थापामगर, यमकला पौडेल गङ्गा आचार्य ,एलिस राना, तारा दर्लामी किशोर ,नारायण न्यौपाने ढोन्डुबलामा हेन्सी कान्छाको रहेको थियो |

आफू प्रदेशमा भएर पनि नेपाल प्रतिको मायामोह दर्साउँदै नेपालको संस्कार र संस्कृतिलाई प्रवर्द्धन, सम्वर्द्धन गर्ने हेतुले पहिलो पटक मौलिक कौडा गीत सार्वजनिक गरिएको र प्रदेशको भूमिमा सहज नभए को तर सबै को साथ र समर्थनले गर्दा सम्भव भएकोले सम्पूर्णमा आफुहरु आभारी रहेको संजय र नबिनले बताउनुभयो र सम्पूर्णले सालीनानी गीत लाई माया गरिदिन पनि आग्रह गर्नु भएको छ सालीनानी गीत नयाँ बर्षको अवशरमा मारुनी स्टुडियो सँगै संजय थापा मगर युटुब च्यानल बाट सार्वजनिक गरिएको छ !यस गितमा निर्देशक आभाष आचार्य ज्युको कुशल निर्देशकीय क्षमता प्रस्ट देख्न पाईएको छ ।

May be an image of text

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।