Washington DC, US : April 19, 2025, Saturday 05:04 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार

“राज्य आतंक : शङ्ख फुकेर राज्यविरुद्धको अपराध गरेको कसुर” युनेस्को महासचिव अड्री अजोउले फोटो पत्रकार सुरेस रजकको हत्या प्रति गहिरो दुस्ख ब्यक्त गर्दै उनको मृत्युको गहिरो छानविनका लागि आग्रह

  NepalMother.com | २७ चैत्र २०८१, बिहीबार १०:३१

यो तस्वीरमा देखिएका दुईजना मध्ये चस्मा लगाउने चाहिँ वीर गोर्खाली मिडियाका संस्थापक प्रधान सम्पादक हुनुहुन्छ, उहाँले तीनकुने घटनामा प्रहरीमाथि अन्यले आक्रमण गर्दा जोगाउनु भएको थियो, प्रहरी माथि नै आगो लगाउन प्रयास गर्ने समूहलाई रोक्नु भएको थियो, उहाँ त्यहाँ रिपोर्टिंग गरिरहनु भएको थियो । तर उहाँलाई तीन कुनेमा शङ्ख फुकेर राज्यविरुद्धको अपराध गरेको आरोपमा सरकारले आज पक्राउ गरी म्याद थपेको छ । उहाँ शिव सेना नेपालको मजदुर विभागको प्रमुख भएकोले पनि अपराध भएको सरकारले भनेको छ । त्यसैगरी चस्मा नलगाउने चाहिँ युवा वैज्ञानिक हुनुहुन्छ । उहाँले नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा निःशुल्क रुपमा विरामीका लागि अक्सिजन प्लान्टहरुको मर्मत गर्ने, देशका विभिन्न अस्पतालका विरामीहरुका लागि अक्सिन सहयोग, र अन्य विभिन्न वैज्ञानिक सिर्जनशील निर्माण आविष्कारका कामहरु गर्दै आउनु भएको छ । उहाँ पनि नेपाः मिडियाका प्रधान सम्पादक समेत हुनुहुन्छ । उहाँलाई सरकारले नै अनुमति दिएको स्थानमा भक्तपुरदेखि तीनकुनेसम्म आएको भिडियोमा देखिएको भनेर राज्यविरुद्धको अपराध गरेको आरोप सरकारको छ । दुवै जनाले भिडियोमा ढुङ्गा हानेको, अन्य आपराधिक कार्य गरेको देखिएको छैन । मनोज सापकोटाले रिपोर्टिङ्ग गरिरहेको देखिएको छ । भने वैज्ञानिक जि सी भक्तपुरबाट सरकारले अनुमति दिएको स्थानसम्म आएको मात्र देखिएको छ। अब कार्यक्रममा उपस्थित जति सबैलाई पक्राउ गर्ने हो कि ! ( तस्वीर: ह्यूमन राइटस् डिफेन्डर)
– स्वागत नेपाल

*****

” म सुरेश रजकको हत्यालाई कडा शब्दमा निन्दा गर्दछु” : युनेस्को महासचिव अड्री अजोउ


यसै बीच युनेस्को महासचिव अड्री अजोउले फोटो पत्रकार सुरेस रजकको हत्या प्रति गहिरो दुस्ख ब्यक्त गर्दै उनको मृत्युको गहिरो छानविनका लागि आग्रह गरेकी छन्।

उनले भनेकी छन् , ‘म सुरेश रजकको हत्यालाई कडा शब्दमा निन्दा गर्दछु। उनको मृत्युको भएको परिस्थितिलाई गहिरो अनुसन्धान र छानबिनको लागि आह्वान गर्दछु र अपराधीलाई न्यायको दायरामा ल्याउने सुनिश्चितताका लागि अनुरोध गर्दछु। पत्रकारहरूले आवश्यक सुरक्षा र संरक्षणका साथ आफ्नो कर्तव्य निर्वाह गर्दा पाउनु पर्दछ।’

सुरेश रजक गत १५ चैतमा भएको राजावादी आन्दोलनका क्रममा एक घरमा आगजनी हुँदा जयान गुमाउन पुगेका थिए। उनी एभिन्यूज टेलिभिजनमा क्यामरा र भिडियो विभागमा कार्यरत रहेका थिए।

युनेस्कोले पत्रकारहरूको सुरक्षा सम्बन्धी दुई मुद्दालाई आफ्नो रिपोर्ट २०२१ र २०२० मा प्रकाशित गरेको छ, जुन विश्वका अभिव्यक्ति स्वतन्त्रता र मिडिया विकासका लागि महत्वपूर्ण मानिएको छ।

युनेस्कोले पत्रकारहरूको सुरक्षा प्रवर्द्धन गर्न विश्वव्यापी सचेतना, क्षमता निर्माण र पत्रकारहरूको सुरक्षा र दण्डहिनताका का मुद्दामा संयुक्त राष्ट्रसंघको कार्ययोजना लागू गर्ने समन्वय गर्ने काम गर्दै आएको छ।

May be an image of text

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।